ख्वप साकोसबाट दाप्चाको भिमसेनको साँस्कृतिक अबलोकन भ्रमण सम्पन्न


मंसिर १५, २०८२, सोमबार | विहान ११:४६ बजे | 180


ख्वप साकोसबाट दाप्चाको भिमसेनको साँस्कृतिक अबलोकन भ्रमण सम्पन्न

ख्वप साकोसको आयोजनामा यहि मंसिर १३ गते शनिवार ५५ वर्ष माथिका सदश्यहरुको भौगोलिक तथा साँस्कृतिक अध्ययन अवलोकन भ्रमण काभ्रे पलान्चोक जिल्लाको नम बुद्ध नगरपालिका वडा नं. ८ मा पर्न्ने दाप्चा भिमसेन ,पंच बुद्ध र नमबुद्ध दर्शन गरि सम्पन्न भयो | भ्रमणमा ९५ जना सदश्यहरुको सहभागिता रहयो | कार्यक्रमका प्रमुख अतिथी नेपाल मजदुर किसान पार्टीका सचिब तथा पुर्व सांसद प्रेम सुवालले साँस्कृतिक भ्रमणको महत्वमाथि प्रकाश पार्दै भ्रमणले सुचना प्राप्त हुने र भौगोलिक विषयवारे थप जानकारी प्राप्त हुन्छ | आफुले प्राप्त गरेको अनुभव र शिक्षा अरुलाई पनि जानकारी दिनु पर्छ भन्नूभयो| उहाँले दाप्चाको महत्व र त्यहाँ बसोबास गर्ने नेवार बस्तीवारे जानकारी दिन्दै दाप्चा पहिले पुर्वबाट भक्तपुर काठमाडौ छिर्ने मुख्य नाका हो | पहिले भोजपुर धनकुटा धरानबाट आएका मानिसहरु पुरानो जगातिमा रहेको पातीमा बास बसेर धारामा पानी खाएर काठमाडौं जान्छ | पाती पौवा दुङे धारा बहिरबाट आएका मानिहरु बास बस्नका लागी र पानी खानका लागि हो | पहिले पहिले दाप्चामा बिहान २:०० बजेदेखि मान्छेहरुको ओहर दोहर हुन्छ खसी बोका राँगो घ्यु ल्याउछ तर अरनिको राजमार्ग र बिपि राजमार्ग निर्माणका कारण दाप्चाका मान्छेहरुअन्यत्र शर्नुका साथैदाप्चामा ब्यापारिक शुन्यता आएको स्थानिय दाजुभाइहरुले जानकारी दिएको बताउनु भयो | उहाँले ब्यापार गर्नकै लागि पाटन र भक्तपुरका मानिहरु पनि धेरै वर्ष पहिले दाप्चामा बस्न आएको स्थानीय बासिन्दा सँगको भेटघाट र छलफलबाट थाहा पाएको बताउनु भयो | कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष उपेन्द्र सुवालले दाप्चाको विशेषता स्थानियको रहनशहनवारे प्रस्त पार्नु भयो | कार्यक्रममा नेमकिपा भक्तपुरका जिल्ला समितीका उपाध्यक्ष न्हुछे भक्त फोजुले स्थानिय बासिन्दा भेटघाटमा दाप्चा उपाध्यक्ष दाप्चाका स्थानीय बिष्णु भक्त श्रेष्ठले नेवारहरु एकजुट भइ आफनो कला, सँस्कृति र सम्पदा सरक्षण गर्नु पर्छ भन्नुभयो | स्थानिय पंचलाल श्रेष्ठले दप्चा मन्दिर सर सफाइ र ठाउँ ब्यबस्थापनका लागि कार्य गरिरहेको जानकारि दिन्दै यहि मंसिर १८ गते दाप्चाभिमसेन मन्दिरको खट जात्रा हुने भएकोले हेर्न आउनु हुन अनुरोध गर्नु भयो| ख्वप साकोसका अध्यक्ष राजकुमार लघुको सभापतित्व ग्रहन गर्दै ख्वप साकोसको अनुरोधमा भ्रमणमा आएकोम्क आभार प्रकट गर्दै बढी ब्याजको लोभमा टोलमा रहेको सहकारीमा बचत नगरी अरु बजारिया सहकारिमा बचट गरे लोभले लाभ लाभ लाभले बिलाब हुन सक्छ भन्नूभयो सम्पन्न भएको कार्यक्रममा संस्थाको स्वास्थ्य उपसमितिका लक्ष्मी नारायण सुवालले भ्रमणको महत्वमाथी प्रकाश पार्दै सहभागी सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नु भयो

फाेटाेमा हेर्नुहाेस्...

ख्वप साकोसबाट दाप्चाको भिमसेनको साँस्कृतिक अबलोकन भ्रमण सम्पन्न

Comments