पुरानो परिमार्जन हुन्छ
मंसिर १५, २०८२, सोमबार | विहान ११:३९ बजे | 60
कुमार लघु,ख्वप
पुरानोले विदा लिएर नयाँले पालुवा पलाउने अवसर नयाँ पुस्ताले लिने गर्न छोड्नु हुन्दैन् । जहाँ पनि नयाँले नयाँ नै नेतृत्व लिने र दिन गराै। यहाँ पुरानाले परिवर्तन ल्याउन सकेन नयाँले ल्याउने आसा सबैको दिमागमा पलाएकाछन् त्यस्तालाई अवसर दिऊ लिने गराै। कति त पुरानाहरू पनि राम्रा छन् । नरान्रा होईन् त्यस्ता पिडिले नयाँ सोच ल्याउनु पर्छ। बहुमतले भन्दा बहुमतलाई विचार र सिध्दान्तले नेतृत्वमा परिवर्तनमा ल्याएर जनताको ढोको पूरा गर्ने नेपाली माटो सुहाउँदो नेपालीहरूको विकास र चुनाैतीको आसा हुने रोड म्याप भएकालाई अवसर दिनुस् । अब आउँदा दिनमा २०८२/ फागुण २१ गते नेपाले सरकारले नेपालमा चुनाव घोषणा गरेको छ नि थाहा पाउनु भयो ? यो लेख चुनाबको सन्दर्भलाई लिएर आएको लेख हो । यो क्रान्ति डबल सपनाको कुराले भएको हुनुपर्छ। कसैले सोचेको थिएन् । कति नेता भनाउँदाहरूले तालिम शस्त्र युध्द अनेक तवरले गर्दा पनि परिवर्तन मुश्किलले मात्र व्यवस्था परिवर्तनसम्म भयो तर मानसिकतामा परिवर्तन ल्याउन नसकेर असफल भएका पार्टीहरूले माया मारे माया मार्न बाध्य भयो । कयाैँ पटक चुनावले प्रधानमन्त्री, मन्त्री र राज्य मन्त्री भए केही लछारेन । ०६२-०६३ सालमा बुहत्त शान्ति सम्झाैतामा आएका नक्कली कम्युनिष्ट भएर जनतालाई मारी लुटी शोषण दमन गर्दा पनि झुठको खेती गरि शत्तामा पुग्दासम्म डाडू पन्यू आफ्नो दाहिने हातमा हुन्दा असल कार्य गर्न नसक्या दलहरू फेरि आश्वासन बाँडन आउने चलखेल वुढाहरूले जनताहरूलाई जाल फिजाएर जालमा पार्ने कूटनीति लिई जनमानसमा जाने भ-याङ ठड्याउदै छन् , है मेरा नेपाली दाजु भाई दिदी बहिनी र आमा बुबाहरू यिनीहरूका कुराले तपाईको बोली बचनहरू उनीहरूकाे पोल्टामा पार्न हो कुरा लिएर फेरि एक पटक दिनु हुन अनुरोध गरि सोझो चोर भएर आउने छन् । कुनै विश्वास नगर्नु होला । यिनीहरूले सयाैँ आश्वासन दिए तर कुनै पनि काम गरेर जनताको हित गरेन है । देश वेच्ने ,देशको प्राकृतिक सम्पदाहरू छिमेकी देश भारतलाई दिई जनताले नदेख्ने गरि भारतसित इनाम लिने व्यक्तिहरू जामानसमा आउने छन् । त्यस्तालाई मत नदिऊ । तपाईहरूले नयाँ हामी सित जन्मस्थान चुनाव जितेपछि नछोडेका उम्मेदवार हाम्रा दु:ख सुखमा साथ दिने युवा पुस्तालाई र पार्टीलाई मत दिने हुनुपर्छ। चुनाव जित्ने पछि संसद जानुपर्छ,संसदमा र पार्टी वैठकमा गईरहनु पर्छ भनेर पैसा कमाउन र राजधानीमा चुनाव जितेर घर, निवास बनाउन व्यस्थ हुने गद्दार पार्टी र गद्दार गर्ने कुनै पनि नेता कार्यकर्ता समर्थक लाई तपाईको मत नदिनु हुन पनि अनुरोध छ । अहिलेका जनताको सेवा गर्नेहरू पनि कुनै देशको भारी बोकेर आएका नेता उम्मेदवार नक्कली देश सेवक हुन कि कति त यिनीहरूले सिफारिस गरेका ढड्डुहरू हुन है यहाँ विश्वासको संकट छ। एउँटा उखान छ । जो जोगि आए पनि कानै चिरेका हुन् रे है । त्यसैले विचार र सोच्ने बेला हो । भोट, मत दिन बहुत सोच विचार र छलफल गरि मात्र मतलाई सत्यको बाटो लिनेलाई दिनु हुन यो मेरो निर्णय गुर्नुहुन् अनुरोध छ । हाम्रा मतले नै हामीलाई अन्याय गर्ने र थिच्ने रहलान् । विगतका पुराना विचारका बहुला हात्तीहरूदेखी सावधान छ। यो चुनाव भनेको राजनीति र हामीमाथी शासन गर्ने अधिकार जनताले दिने अधिकार हो । हाम्रो मतले बहुमत आएकाहरूले हामी माथी नै शासन गर्ने बाटो दिने काम हो । नराम्रा परे त विगतका शासक र लाज पच्चेका कुकुरहरूले झै नगर्ने देशलाई र जनतालाई भलो गर्ने व्यक्ति र दललाई मत परोस् । फेरि पनि एकछाक मिठो खाना एकदिनको ज्यालाको पैसामा नविकिनु होस्। मत बेचेर पैसा लिए फेरि हामीलाई दिने पैसा मत लिएका ले नै फेरि पैसा उठाउन बेमानी , भ्रष्टाचार , घुस लिनेछन् । फेरि उहीँ नै काहानी र कथा दोहरिनेछन् । नेपाली जनताले सुखको कल्पनामा सिमित हुनेछ। मत भनेको शासकहरूलाई शासन गर्ने अधिकार दिनु हो। यो चुनावमा युवाहरूले गाउँ ठाउँमा सोझासिधा जनताहरूलाई शासकहरूले बेमानी गर्ने नीति कूटनीतिक कुराहरूले शिक्षित गर्ने र मन परिवर्तन गराउने अवसर हो । युवाहरूले सत्य कुराहरू जनतालाई बताउने समयको उपयोग गर्न यो लेख एकले आर्को साथी विध्यार्थी र परिवारलाई पढेर शेयर गर्ने अवसर पनि लिनु दिनु होला । जनताले बुझ्ने भाषामा आफ्ना मनका भावना जनतालाई सरलढंगले राख्नुहोस् । अन्तमा यति वेला नयाँ पुस्ता नै हो जनताको अध्याँरो लिगमा मैनवत्ति बालेर निश्चित लक्ष्यमा पु-र्याउने गन्तव्यमा लाने कार्य युवाहरूको जिम्मा हो । यति कुराहरू लेखेर जानकारी दिन्दै विदा हुन्छु । जनताको जय होस् । २०८२/०८/१५ गते
