ख्वप कलेजमा उद्यमशीलता प्रर्वधन प्रशिक्षण सुरु
मंसिर १४, २०८२, आइतबार | दिउँसो ०१:३६ बजे | 235
सुनिता गाइसी
भक्तपुर, म्ांसिर १४
ख्वप इन्कुवेशन ल्यावको आयोजनामा ख्वप कलेजमा उद्यमशीलता दोस्रो कोह्र्ट प्रशिक्षण तालिम आइतबारदेखि सुरु भयो । विद्यार्थीहरुलाई अध्ययनको साथै उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले ख्वप इन्कुवेशन ल्याबले मंसिरको १४ देखि १९ गतेसम्म स्नातक तहदेखि स्नातकोतर तहसम्मका विद्यार्थीहरुलाई प्रशिक्षण गर्ने भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपमेयर तथा ख्वप संचालक समितिका उपाध्यक्ष रजनी जोशीले युवा विद्यार्थीहरु सक्रिय रुपमा उद्यमशीलतामा लागेमा मात्र देशको आर्थिक विकास हुनेबारे बताउनुभयो । सामान्य कुरालाई पनि अध्ययन अनुसन्धान गरि व्यवसायको सुरुवात गरि आयआजर्न गर्न सकिने र अरुलाई समेत रोजगारी दिन सक्नेबारे जोशीले जोड दिनुभयो ।
कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले विद्यार्थीहरु उद्यमशील बन्नुपर्ने र कलेजले आवश्यक सहयोग गर्नेबारे बताउनुभयो । कार्यक्रममा आइडिया स्टुडियोका प्रमुख डा. छिरिङले पाठयपुस्तकबाट समाजसम्म पुगी उद्यमशीलताको विकास गर्नुपर्नेबारे बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्कुवेशन ल्यावका संयोजक अन्जु ग्वाछाले कार्यक्रमबारे प्रकाश पार्नुभयो साथै सदस्य उपप्राध्यापक प्रकाश नायभारीले पनि बोल्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
