ख्वप कलेजको आयोजनामा भएको ‘रिसर्च एन्ड पब्लिकेसन्स’ विषयक दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन
मंसिर १३, २०८२, शनिबार | विहान ११:०१ बजे | 115
भक्तपुर, मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजको आयोजनामा भएको ‘रिसर्च एन्ड पब्लिकेसन्स’ विषयक दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले विश्वविद्यालय र कलेजहरू अध्ययन तथा अनुसन्धान गर्ने थलो भएको बताउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूले नयाँ–नयाँ विषयमा अध्ययन तथा अनुसन्धानमा जोड दिँदै आएको बताउनुभयो ।
अनुसन्धानमा अगाडि बढेको देशले छिटो प्रगति गर्ने बताउँदै उहाँले विद्यार्थीहरूलाई पाठ्यपुस्तक सँगसँगै व्यवहारिक, नैतिक ज्ञान र अनुशासन पनि सिकाउनुपर्ने बताउनुभयो ।
हरेक खालको चुनौती सामना गर्ने शिक्षा विद्यार्थीहरूलाई दिनु नै शिक्षकहरूको सफलता हुने बताउँदै उहाँले नपाले अध्ययन र अनुसन्धानको लागि कलेजलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले गुणस्तरमा प्रतिस्पर्धाको नीति अवलम्बन गर्दै आएको बताउँदै उहाँले ख्वप सर्कलका हरेक विद्यार्थीलाई योग्य बनाउन शिक्षकहरू योग्य हुनुपर्छ भन्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप कलेजले वार्षिकरूपमा विभिन्न विषयहरूमा कार्यशाला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्दै विद्यार्थीलाई अब्बल बनाउने प्रयत्न गर्दै आएको बताउनुभयो ।
कार्यशालाका स्रोतव्यक्ति डा. टीकाराम गौतमले कार्यशालाको महत्वमाथि प्रकाश पार्दै भक्तपुर नपाले देश र समाजमा समर्पित कलेजहरू स्थापना गरी नागरिकहरूलाई दिँदै आएको सेवा सुविधा उल्लेखनीय रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा शिक्षकद्वय सुन्दर श्रेष्ठ र कमिनिका न्याइच्यार्इँले पनि बोल्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
