आजदेखि माछा मार्ने (ङालाकेगु) जात्रा सुभारम्भ
मंसिर १३, २०८२, शनिबार | विहान ०७:२२ बजे | 275
नारायणमान बनमाला
मातृ शताब्दीकालको देवगण र दानवबिच युद्ध विषयगत आधारमा संञ्चालित संस्कृतिलाई दिशाबोध गर्ने उद्देश्यका साथै असत्य माथि सत्यको विजयी हुने किम्वदन्ती अनुसार भक्तपुर नगरको मानव समाजमा आधारित ऐतिहासिक महत्व बाकेको जीवित रुपमा पुजिने प्रसिद्ध नेपालकै लामो जात्रा हुने श्री नवदुर्गा देवगन भवानीको जात्रा यस वर्षको जात्रा आज २०८२ साल मंसिर १३ गते नवमीको दिनदेखि काठमाडौ जिल्ला पशुपति क्षेत्र जय बागेश्वरी स्थान क्षेत्रबाट माछा मार्ने (ङालाकेगु) जात्रा सुभारम्भ हुने गर्दछ । वर्षको ८ महिना सम्मको मुकुन्दो सहितको जात्रा हरेक वर्ष बालाचरे पछि नवमी र दशमीको दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगन भेटघात तथा प्रसाद आदान प्रदान गर्ने गर्दछ । पशुपतिनाथका मुल पुजारी बाट नवदुर्गा भवानी लाई पुजा प्रदान गरी पशुपति को जल र मूल प्रसाद भैरवको बाहुल्यतामा चराउने चलन रहेको पाइन्छ । साथै पशुपतिको मूल चोकमा देवगणको नाच संगै भित्रका सम्पूर्ण देवताहरुलाई भेटघात गर्ने र पूर्वपतिको गुजेश्वरी देवतालाई नाचको रुपमा भेट गरिने गरि दक्षिण तर्फमा रहेको शिवालय चोकमा मू बां लिकेगु जात्रा गरि पशुपति विकास क्षेत्रको मूल पुजा ग्रहण गर्ने चलन रहेको छ । यसै गरि जय बागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम ङालाकेगु जात्राको लागि ख जुयगु ( बास वस्ने ) र रात्रीको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ ।सोहिदिन भोलि पल्ट विहान देखि बाराहि नाच सिम दुमको माछामार्ने नाच, संगै माहाकाली नाच बाट बेलुका सेतो भैरव ले माछामार्ने जात्रा गरि बेलुका सम्ममा सम्पूर्ण नाच सम्पन्न गरि पुन भक्तपुर नपा फर्किने चलन छ । सोहि स्थानमा देवता बनी जात्रा गर्ने देवगनहरुले आफ्नो देवताको मुकुन्दो, पोसाक देखि आवश्यक सामानहरु खर्पन अथवा खमू राखेर बोक्दै हिडेर जानुपर्ने परम्परा रहेको अहिले सम्म पनि यहि चलन आइरहेको छ ।
त्यसै लगतै पुन योमरी पुन्हि को दिन देखी मध्यपुर नगरपालिका थिमीमा पनि नवदुर्गाको ङालाकेगु जात्रा हुने क्रममा २०६६ सालमा केहि त्यहाका उसिंखलहरु र देवगनहरु विच अप्रिय घटना बाट जात्रा सञ्चालन बन्द भएको थियो । उक्त जात्रा सांचालन गर्न पटक पटक छलफल गरि जात्रा पुन सञ्चालन गर्ने कोसिस सफल हुन सकेन । सहमति हुन नसक्दा जात्रा ९ बर्ष सम्म बन्द भएको थियो । मानव समाज मा आधारीत दैनिक जिवन सम्वन्न्धि दिशा बोध गर्ने नवदुर्गाको जात्रा लाई परापूर्वा काल देखि चल्दै आइरहेको सस्कृतिलाई निरन्तर रुपमा अगाडि बढाउन ततकालिन मध्यपुर थिमी नगरपालिका का मेयर श्री मदन सुन्दर श्रेष्ठ ज्यू र सोहि नपा का वडा नम्वर ४ का वडाध्यक्ष श्री कुमार श्रेष्ठ ज्युको सक्रीयता र नवदुर्गा देवगनहरु विच पुन जात्रा सम्वन्धि व्यापक छलफल गरि आवश्यक जात्रामा शान्ति सुरक्षा, देवगणहरुलाई आर्थिक सहयोग खाना र जलपान को साथै बास बस्न उपयूक्त स्थान व्यवस्था गरि बाचाका साथ यस नवदुर्गा देवगन जात्रालाई हरेक वर्ष निरन्तरता दिने सम्झौता अनुशार यस वर्ष २०८२ मंसिर १८ बिहिबार योमरी पुन्हिको दिन देखी पुन जात्रा संचालन हुने भएको छ । सोहि लगतै सम्झौतमा भनपा को जनप्रतिनिधि ज्युहरु स्थानीय समाज सेवी ,देवगन परिवार र मध्यपुर नपा का मेयर वडाअध्यक्ष ज्यु र वडाका बुद्धिजीवि तथा वडाबासी हरुको रोवरमा मध्यपुर नपा मा दिर्घकालिन रुपमा नवदुर्गाको जात्रा सञ्चालन हुने ए्ेतिहासिक लिखित सम्झौता भएको थियो ।
यसै क्रममा मध्यपुर नपा मा नवदुर्गा जात्रा सात दिन सम्म हुने केहि स्थानहरुको परम्परा अनुसार ः
पहिलो दिन मंसिर १८ गते योमरी पुन्हिको दिनमा भनपा वडा नम्वर ९ गछे मन्दिर बाट देवगणहरुले सम्हेवजी ग्रहण गर्दै मुकुन्दो देखि गरगहना पोसाकहरु खमूमा राखेर बोकि दिउसो तिन बजे मध्यपुर नपा प्रस्थान गरिन्छ । चार बजे दिगुलि स्थानमा पुगेर सम्पूर्ण देवगणहरुले आ– आफ्नो पोसाक पहिरन गरि नवदुर्गा नाच जात्रा सुरु हुने गर्दछ । क्रमश दिगुलि बाट नाच प्रदर्शन गरि बेलुका मध्यपुरको बालकुमारी मन्दिर सटल पुगी बास बस्ने गरिन्छ ।
दोस्रो दिन मंसिर १९ गते विहान आठ बजे देखि मध्यपुरका चपाचो स्थान बाट गणेश कुमारी र सिमदुम चार जना देवगनहरुको तोलि बाजा सहित प्योमाद्यो नाच प्रदर्शन हुने गरि निश्चित स्थानमा केहि नाच प्रदर्शन गरिन्छ ।पुन बालकुमारी मन्दिरमा फर्किदै बेलुका सम्पूर्ण देवगणहरुको लयाकुमा ख प्याख नाच गरिन्छ । मध्यपुरमा पनि बारको हिसावले देवगनहरुको नाच प्रदर्शन हुने हरुमा वालंख भन्नेबार शनिबार आइतबार मंगलबार विहिबार मध्ये वालंमख बार सोमबार बुधबार शुक्रबार दिनमा पर्दछ ।देवगनहरुमा उन्नाइस वटा मध्ये खि,ं बाजा टं बाजा, कंस बाजा, भैरव, माहाकाली ,बाराही ,कुमारी ,धोमा पोमी, दातिमा पोमी, झिमा पोमी, गणेश, ब्रमायणी ,महेश्वरी, भद्रकाली, नकीं ,बालकुमारी, दुम, सिम, श्वेत भैरव गनिन्छ ।
तेस्रो दिन मंसिर २० गते पुन त्यहि दिनमा भुलाख्यो देखि प्योमा द्यो (चार जना देवगन)को नाच प्रदर्शन हुने क्रममा नवदुर्गा देवगनको छुटै पहिचान रहेको जात्रा मध्यपुर थिमीमा हुने गर्दछ । सोहि क्रममा भक्तजनहरुले आफ्नो क्षमता अनुसार घरमा भएको कुनै उत्पादन भएको वस्तु जस्तै धान , गहु मकै तरकारी खुर्सानाी मूला खेतबाट उत्पादन हुने चिज हरु थाल अथवा कुनै भाडोमा राखेर चढाउने चलनमा गणेश कुमारी सिमदुम चार जना देवतालाई आफ्नो चढाएको वस्तु बोकी भाषाको तालमा नाच प्रदर्शन गरि चढाउने चलन गरेको छ ।सोहि स्थानमा माछोको भाडा उत्पादन गर्ने प्रजापतिहरु ले पनि आफ्नो उत्पादन भएको कुनै भाडाकुडा लिएर देवगणलाई नाच प्रदर्शन गरि भाषाको तालमा चढाउने चलन रहेको छ । यसो गर्दा आफुले उत्पादन गरेको वस्तुमा बढि उत्पादन हुने कुनै नोक्सान नहुने जनविश्वास आशा का साथ नाच प्रदर्शन हुने जनमानसको आस्था रहेको छ । चपाचोमा निश्चित परिक्रमा गरि पुन टोलहरुमा नाच प्रदर्शन सम्पन्न गरी बालकुकमरी मन्दिरमा फर्केर सोहि दिन लायकु ख प्याख‘ जात्रा गरि नाच सम्पन्न गरिन्छ । वालमख बन्द हुने गर्दछ ।
चौथो दिन मंसिर २१ गते मध्यपुरको विभिन्न स्थान जत्रा गर्ने क्रममा स्थानीय वडा बासी हरुले टोलटोलमा देवगणहरुलाई द्योवोकेगु कार्यक्रम रहेको छ भने क्रमश अगाडि विहान अथवा बेलुका बालकुमारी सटलमा निम्तो दिने चलन छ ।सोहि दिन प्रसाद ग्रहण गरि पुन दथुटोलमा आएर बेलुका ख प्याख नाच प्रदर्शन गरी राति बालकुमारी मन्दिरमा फर्किने चलन छ ।
पाचौें दिन मंसिर २२ गते विहानै मध्यपुरको बाखाबजार हुदै नगदेश एरिया मा पनि प्याम्हा द्यो चार जना देवगन घुम्ने अथवा विभिन्न टोलटोल मा नाच प्रर्दशन गरि पुजा ग्रहण गने्र गर्दछ । साथै मध्येपुर बोडे मा पनि चार जना देवता बेलुका निर पुग्दै पुन बोडेको ल्याकुमा पुजा ग्रहण गर्दै नाच प्रदर्शन गरि विभिन्न श्रदालु भक्तजनहरुको गुठिमा देवता भित्राउने चलन अनुसार पुजा गरि सम्पूर्ण नाच सम्पन्न गरि बालकुमारी मन्दिरमै फर्किने गरिन्छ ।
छैटांै दिन मंसिर २३ गते चित्रपुर मध्यपुरकै गामचामा पनि चार जना देवताकै जात्रा प्रदर्शन गरि टोलमा नाच प्रदर्शन गरि पुन फर्किने गरिन्छ ।सोहि दिन बालकुमारी एरिया बजिगान्जा एरिया टोलटोलमा पुजा ग्रहण गरि बेलुका लोकेश्वर मन्दिर निर महत्वपुर्ण ख जुयगु बास बस्ने गरिन्छ । देवगनको सम्पूर्ण कालरात्री नाच प्रदर्शन गरेर पुजा ग्रहण गरि मु बां लिकेगु मध्यपुरको लाछि चोकमा खुल्ला क्षेत्र बाट मु बां लिकेगु जात्रा गरिन्छ । साथै मू बां को बली चढाई कालरात्री नै नाच सम्पन्न गरिन्छ ।
सातांै दिन मंसिर २४ गते अन्तिम दिन ङालाकेगु जात्राको रुपमा क्रमश बाराही को नाच प्रदर्शन गरिन्छ । सोहि लगतै शिमदुमको नाच विभिन्न स्थान टोलहरुमा घुम्न सकेपछि ङालाकेगु पहिलो चरन सुरु हुने गर्दछ । ङालाकेगु जात्रा दुमले सम्पन्न गरे लगतै पुन महाकाली नाच प्रदर्शन सुरु गरीन्छ । महाकाली नाच एक महिसासुर बद गर्ने नाचको रुपमा लिइन्छ भने नारी क्रोध नारी सुन्दरता भाव यस नाचले प्रदर्शन गित को बोल र बाजाको तालमा महाकाली नाच गरिन्छ । साथै सोही नाच संगै माछा मार्ने श्वेत भैरवको आवमन हुन्छ । भाषको तालमा गाटोकेगु जात्रा कुखुरा को भाले बली दिने श्वेत भैरवको नाच संगै माछा मार्ने सुरु गरिन्छ । भक्तजनको व्यापक सहभागिता हुने गरि हर्ष उल्लासका साथ भाषाको तालमा माछा खाने पेट दुख्ने ,लुगाधुने जात्रा सम्पन्न गरि पुन सम्पूर्ण देवगण हरुको अन्तिम नाच गं दिगु नाच प्रदर्शन गरि पुन बालकुमारी मन्दिरमा पुगी देवगनहरुले आआफ्नो मुकुन्दोहरु द्योछे माथी राखेर आफ्नो पोसाक सहित चोकमा आएर सर्वप्रथम आरति बाली नाच पनि मध्यपुर नपा बाट सुभारम्भ हुने प्रदर्शन गरी अन्तमा सम्पूर्ण भक्तजनलाइ विदावारी का साथ बेलुका राती भनपा मन्दिरमा देवताहरु बोकेर फर्किने चलन रहेको छ ।भने नवदुर्गा जात्राको महत्वपुर्ण नवदुर्गा नाच एक दैनिक जिवनमा आधारीत पारीवारीक भुमिका चेलिबेतिको दुखेसो सहकारी भावना पञ्च रंगको महत्व , केताकेतीको भुमीका , सरसफाईको शिक्षा, सत्य माथीको असत्य नाश भन्ने दिशा बोध यस नाचबाट हुने परम्परा पुन माघ संग्रान्तिबाट निरन्तर भनपामा सुर्यमदी टोल देखि दुई महिना सम्म विभिन्न स्थानमा नाच हुने चलन रहिआएको छ ।
आश छ यस संस्कृतिलाई सम्वन्धित निकाय तथा सम्पूर्ण भक्तजन हरुबाट अपार आवश्यक सहयोग प्राप्त हुने विश्वास गर्दछु ।
लेखक ः श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्था सल्लाहकार
नारायणमान बनमाला
नवदुर्गा देवगन
