बिद्यार्थीहरूलाई पोशाक बितरण
मंसिर १२, २०८२, शुक्रबार | राति ०९:१२ बजे | 115
2:18 PM
Ram
सिन्धुपाल्चोक मंसिर १२ गते । पार्टि प्यालेसको क्षेत्रमा आफ्नो छुट्टै स्थान वनाउन सफल न्यु एभरेष्ट पार्टि प्यालेस मध्यपुर थिमिले सिन्धुपाल्चोकको एक बिद्यालयका बिद्यार्थीहरूलाई पोशाक बितरण गरेको छ । पार्टि प्यालेसको सामाजिक उत्तरदायित्व कार्य अन्तरगत मंसिर १२ गते शुक्रवार सुनकोशी गाउपालिका वडा नं १ ठोकर्पा धारापानीस्थति श्री रक्तकाली आधारभुत बिद्यालयका बिद्यार्थीहरूलाई पोशाक तथा स्टेश्नरी सामाग्री बितरण गरेको हो । बिद्यालयका पुर्वबिद्यार्थी नविन तिमिल्सिनाको पहलमा प्यालेसका प्रमुख भक्तलाल श्रेष्ठले बिद्यालयका करिव ४५ जना बिद्यार्थीहरूलाई पोशाक तथा सामाग्री बितरण गर्दै बिद्यार्थीहरूलाई सानो सहयोग पर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी बर्ष पनि बिद्यार्थी संख्या बढेमा थप सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो । सोही अवसरमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले सिन्धुपाल्चोकको दुर्गभ यस ठोकर्पामा जनजातिको बाक्लो बस्ति जस्तै बिद्यालयमा जनजातिका बिद्यार्थीहरू अध्ययन रहेको र बिद्यार्थीहरूको लागि गरेको सहयोगकालागि धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो । सोही अवसरमा बिद्यार्थी अनिषा न्यौपानेले अहिलेको चिसो मौसममा पोशाक सहयोगले न्यानो वातावरण बनाई अध्ययन गर्नमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा बिद्यालयका प्रधानाध्याक शंकरराज भण्डारी, समाजसेबी परमेश्वर थापा श्रेष्ठ, सञ्चारकर्मी रामकृष्ण शंखदेव, पुर्व बिद्यार्थी नविन तिमिल्सिना लगायतका ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
