जाडो याम र बुढ्यौली : जाने सुख, नजाने दुःख
मंसिर १२, २०८२, शुक्रबार | साँझ ०४:४७ बजे | 875
श्रीधर लामिछाने
(हाल अष्ट्रेलिया)
नेपालमा यो जाडो याम हो र यो जाडोबैस तिर ढल्किदै छ / अनि हामी उमेर ढल्किदै गएकाहरुले सम्झिनु पर्ने उखान हो “बलियोबांगो बाघ लाइ बुडा खाडा माघ लाइ” / उखान तितो लागे पनि भन्न खोजेको के हो भने उमेर बढ्दै गर्दा जाडो मौसम मा हामी ज्येष्ठ नागरिकहरुलेआफ्नो स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु आवस्यक छ / अन्यथा दुख धेरै झेल्नु पर्ने हुनाले जाडो संग सम्बन्धित सचेतनाको निमित्त सानो लेख प्रस्तुत छ /
माथि उल्लेखित उखान ले हामी ज्येष्ठ नागरिक लाइ आफु स्वस्थ्य बस्न सचेत रहनु पर्ने बेला हो भन्ने तर्फ संकेत गर्छ / उसो त सबैको लागि जाडो मौसम स्वास्थ्य समस्या थपिने बेला हो त्यसमाथि बुढ्यौली तर्फ उमेर ढल्केका मानिसहरुको स्वास्थ्यमा चुनौती थप हुन सक्छ / विशेषतःज्येष्ठ नागरिकहरुले शतर्क हुनु पर्ने बेला हो जाडो मौसम /
थाहा पाउनु पर्ने कुरा के भने यति बेला कस्ता कस्तासमस्या आउंछन र त्यस बाट वच्न को लागि के कस्तो सतर्कता अपनाउनु पर्छ त्यस बारे बुझ्नु नितान्त आवस्यकता छ /
सामान्यतःजाडो महिनामा प्राय रुघा खोकी, मर्की( सर्दी जुकाम), घुंडा दुख्ने , टाउको दुख्ने लगायतका विभिन्न प्रकारका स्वास्थ्य समस्या आम मानिस लाइ हुने गर्छ / त्यसमा पनि बुढाबुढीको लागि त यस्ता सामान्य देखिने समस्याले नै पछी गएर निमोनिया, ब्रोंकाइटिस जस्ता जटिल समस्या पनि हुन सक्छ / त्यो भन्दा पहिले अर्को बुझ्नु पर्ने कुरा के पनि हो भने अक्सर उमेर बढ्दै जाँदा दम, बात, रक्त चाप, मुटुको रोग जस्ता धेरै समस्या ले घेर्न सक्छ / र त्यो पनि जाडो याम मा अझ बढी चुनौतिपूर्ण हुन्छन /
तसर्थ जाडो मौसम लाग्नु अघि नै होसपुर्याउन सकेको खण्डमा धेरै जोखिम बाट जोगिन सक्छ / अझ काठमाडौँ जस्ता उपत्यकामा त जाडो मौसम अझ प्रतिकुल हुन्छ किन भने यो मौसम मा धुलोको कण पनि तल वसेको हुन्छ र घाम बढ्दै जाँदा बाफ संगै माथि आउँदा त्यसले दमका रोगि लाइअझ धेरै असर पुर्याउने हुन सक्छ /
जाडो मौसममा हुन सक्ने समस्याहरु र तिनको निदान यसप्रकार छन् :-
बेलैमा खोप लगाउने:
पहिले जस्तो रोग लागेपछी मात्र उपचार गराउनु पर्ने बाध्यता अहिले छैन / धेरै रोग बाट वचाउने खोप आइ सक्यो / जाडो मा हुने स्वास्थ्य समस्या भनेको रुघा खोकी पनि हो तिनको लागि खोप उपलब्ध छन् त्यसैले समस्यामा पर्नु अघि नै फ्लु, निमोनिया जनै खटिरा आदि रोग आउन नदिनको लागि खोप लगाउनाले जोखिमबाट वच्न सकिन्छ /
फोक्सो जोगाउने:
बुढ्यौली उमेरमा फोक्सो जन्य समस्या धेरै हुन्छ त्यसैले छातीमा सिधै चिसो नपसोस भनि नाक मुख बाट चिसो घुस्न बाट रोक्ने वा न्यानो लुगा लगाएर वस्ने हिड्ने गर्नु पर्छ/ हिउँ पर्ने ठाउँमा छ भने नचिप्लिने जुत्ता चप्पल लगाउने गर्नु पर्छ /
मन तातो पानि पिउंदै रहने:
बेला बेला मन तातो पनि पिउंदै गर्ने ताकी शरीरमा पानीको मात्रा कम हुन नपाओस / पानीको मात्रा कम भयो भने धेरै किसिमका जटिलता आउन सक्छन/ फेरी तातो पानि पिउंदै गर्नाले शरीर लाइ तातो राख्न पनि मद्दत पुग्छ /शौच कर्म सजिलो हुन सक्छ / तर साँझपख भने धेरै पानी र झोल कुरा हुनु हुदैन / फेरी प्रोस्टेट को समस्या भएका मानिसलाइ राति पिसाब धेरै पटक लागेमा निद्र हराम हुन्छ / अरु स्वास्थ्य समस्या आउन सक्छ /
तातो तातो सुप पिउने:
दालको झोल, तरकारीको झोल, गेडागुडीको रस आदि पिउनाले शरीरमा पौष्टिकतत्वको पूर्ति हुन्छ र रोग लाग्नबाट पनि वच्न सकिन्छ /
घाम लागेपछी मात्रै घुमफिर गर्ने :
अन्य कुनै अभ्यास गर्न नसके पनि शारीरिक तथा मानसिक सक्रियताको लागि हरेक व्यक्तिको लागि हिड डुल तथा शारीरिक अभ्यास अतिआवस्यक छ /जाडो मस्हम मा घुमफिर पनि घाम लागे पछी गर्नु आवस्यक छ / किन भने चिसो विहानीमा घुन निस्किदा चिसोले दमक रोगि लाइ अझ बढी सताउन सक्छ / संक्रमण बढ्न सक्छ /
योग प्राणायाम र ध्यान:
बुढा बुढी को लागि झन् महत्वपुर्ण छ हिड डुल लगायतको शारीरिकएबम मानसिक योगाभ्यासहरु/ उठेर गरिने कठिन योग आसन गर्न नसके पनि सरल बिधि बाट गरिने सहज योगासन र प्राणायाम अनि ध्यानले मात्रै पनि मानिसको शक्ति बढाउँन अत्यन्त महत्वपूर्ण योगदान दिन सक्छ / त्यस्तै अनुलोम विलोम भास्त्रिका लगायतका प्राणायाम र ध्यानात्मक प्राणायाम गर्दै ध्यान लाइ नियमित गर्न सके अझ छिटो मान्छेको रोग अवरोधक क्षमता बढ्छ भन्छन विज्ञहरु / दम लगायतका समस्या निदानका लागि पनि सहयोगी हुन सक्छ /
पोषण युक्त खाने कुरा खाने :
दाल गेडागुडी राखेको खिचडी, जाउलो, सुप, फलफूलआदि पनि जाडो याममा जिउ तताउने उपाय हुन / बरु फलफुल खाँदा मनतातो पानीमा फलफुल डुबाएर खानु वेस हुन्छ / माछा मासु खानेको लागि चिकेन/ मटन/ अन्डा को सुपखाने/ शरीर बुढो हुदै जाँदा अपच हुने समस्या पनि बढ्दै जाने हुदै हल्का तर पोषिलो खानेकुराहरु खानु बान्छनीय हुन्छ / एकै पटक धेरै भन्दा पटक पटक तर थोरै थोरै खाने गर्नु वेस हुन्छ /
चिसो बाट जोगिने:
जाडोमा अक्सर पाका मानिसको हातगोडा चिसो हुने समस्या हुन्छ, त्यस्तो भएमा हल्का तातो पनि राखेर रबरको थैलोलेहात गोडा हल्का सेक्ने/ अगेनो वा सिधै आगोमा सेक्दा जल्ने वा पोल्ने जोखिम बढी हुन्छ / त्यति मात्र हैन चुलोको धुवाले दमको रोगि लाइ अझ हानी पुर्याउन सक्छ /
मधुमेह को बिरामी ले त अझ होस् गर्नु पर्छ किनकि हातगोडाको छाला लाटो हुन सक्छ र पोलेको थाह नपाउँन सक्छ /
न्यानो लुगा लगाउने :
घर बाहिर निस्कदा न्यानो लुगा लगाएर निस्कने छाती जोगाउने / नुहाउदा मन तातो पानीले मात्र नुहाउने / आफै नुहाउन नसक्नेहरुको लागि सहयोग गर्ने मानिसले त्यस्ता कुरामा ध्यान पुर्याउने गर्नाले ठुलो जोखिम बाट बच्नसक्छन / गाह्रो हुने गरि घर बाहिर चिसोमा गर्ने काम कम भन्दा कम गर्ने /
घामको न्यानो :
ठाउँ हेरी घप ताप्ने नताप्ने हुन्छ / सामान्यतः हाम्रो नेपाल मा जाडो याममा घाम मा ढाड सेकाएर वस्दा धेरै आनन्द हुन्छ तर अस्ट्रेलिया जस्तो मुलुकमा घाम ताप्दा पराबैजनी किरणले क्यान्सरजस्तोघाटक रोगको जोखिम हुन्छ / तराइमा नै पनि धेरै बेर घाम ताप्दा विचार गर्नु पर्ने हुन्छ /
जाडो मौषम भनेर राति कोठा भित्र अगेनु वा चुलो वा मकलमा आगो ताप्ने पनि चलन छ / यदि हावाको आवागमन राम्रो छैन भने आगो वा धुवाँ बाट निस्काशन हुने विषाक्त हावाले (ग्यास) ज्यान जान पनि सक्छ / तसर्थ सुत्नु अघि तापेको आगो बन्द गरेर वा निभाएर मात्र सुत्नु पर्छ /
त्यस्तै अर्को महत्वपुर्ण कुरा के हो भने उमेर ढल्कदै गएको बुढ्यौली उमेरका मानिसले बेला बेलामा जचाएर चिकित्शक्को सल्लाह बमोजिम गर्नु पर्छ / अन्यथा रोगले च्यापी सकेको पत्तै हुदैन र ठुलो जोखिम मोल्नु पर्ने हुन सक्छ /
यो सम्बन्धमा यौटा सत्यघटना भएको छ, काठमाडौँ कै एक जना करिव ६० नाघेका मानिस विदेस जाने सन्दर्भमा छोरीको सल्लाह बमोजिम चिकित्शककोमा जचाउन गएछन / जचाउने क्रममा चिकित्शकले व्यक्तिको उमेरलाई ध्यानमा राखेर इ सी जी पनि गर्न लगाएछन / उक्त व्यक्तिले मलाई केहि भएकै छैन किन इ सी जी गर्नु पर्यो सोधेछन / चिकित्शाक्ले तिन कारण दिए र भने एक त तपाई प्रेस्सरकोऔषधि खाने मानिस, दोस्रो उमेर साठीमाथि नै हुनु हुन्छ अनि तेस्रो तपाई विदेस यात्रामा जादै हुनु हुन्छ / एक चोटी हेर्नु राम्रो हुन्छ भनेछन / निज व्यक्तिले ठिकै छ भनि इ सी जी गरायेछन/ इ सी जी को रिपोर्टमा केहि संका गर्ने ठाउँ देखे चिकित्शक्ले अनि उनले इको कार्डियो र सी टि स्क्यान समेत गर्न लगायेछन/ ति दुवै रिपोर्टमा ति व्यक्तिको मुटुमा केहि ब्लकेज देखिएछ र चिकित्सकले निज लाइ भनेछन हेर्नुहोस तपाइको मुटुमा ब्लकेज छ / अब विदेश जानुअघि एन जी वो ग्राफ गरेर जानुहोस / विरामीले सो स्वीकारेर पुरा चिकित्सकको सल्लाह बमोजिम उपचारगरेर उनको ब्लकेज हटाई दिये अहिले स्वास्थ्य जीवन बाँचीरहेका छन/ भन्न खोजेको कुरा के हो भने उमेर अनुसार बेला बेला चिकित्सकको सल्लाह लिनु बुढ्यौली उमेरका मानिसको लागि अत्यन्त आवस्यक छ /
(लेखक 'सहज बुढ्यौली' पुस्तकका सर्जक हुन् )
