भक्तपुर बचतमा नौबाजा प्रशिक्षण सुरु
मंसिर १२, २०८२, शुक्रबार | साँझ ०४:३० बजे | 65
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको सांस्कृतिक उपसमितिको आयोजनामा बिहीबारदेखि नौ महिने नौबाजा प्रशिक्षण सुरु भएको छ । भक्तपुर बचतका सम्मानित व्यक्ति एवम् बाद्यगुरु पञ्चलाल लाछिमस्यू प्रशिक्षक रहेको उक्त प्रशिक्षणमा ४० जनाको उत्साहजनक सहभागिता रहेको संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भक्तपुरमै पहिलोपटक भक्तपुर बचतबाट सांस्कृतिक अभियान चलाएको बताउनुभयो । उहाँले समाजको सांस्कृतिक उत्थान र सामाजिक दायित्वको रुपमा सांस्कृतिक क्षेत्रमा पाइला चालेको भक्तपुर बचतले हालसम्ममा आर्थिकसँगै खेलकुद, स्वास्थ्य, शैक्षिक एवम् सामाजिक क्रियाकलापहरु गरिरहेको बताउनुभयो । सहकार्यबाटै सहकारी चलेको बताउँदै उहाँले आपूmले सिकेका बाजा अरुलाई सिकाएमा त्यसबाट आफ्नो व्यक्तित्व विकासमा सघाउ पुग्ने बताउनुभयो । सभ्य नागरिकको पहिचानलाई निरन्तरता दिनुपर्ने बताउँदै उहाँले अनुशासित र नियमित उपस्थितिले आफ्नो सिपलाई निखार्ने बताउनुभयो । उहाँले भक्तपुर बचतको ख्यातिलाई अझ उँचो राख्न लामो अवधिसम्म दिइने प्रशिक्षणलाई ध्यान दिनुपर्ने बताउनुभयो । बाजाको संरक्षण र सम्बद्र्धन गरी प्रशिक्षार्थीहरुले प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरको सांस्कृतिक क्षेत्रमा सहकारीको चलाएको अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।
नौ बाजाका प्रशिक्षक एवम् बाद्यगुरु पञ्चलाल लाछिमस्यूले अहिलेसम्मको प्रशिक्षणमा यस्तो सहभागिता कहिल्यै नपाएको उल्लेख गर्दै उहाँले यसलाई सिकाइ अवधिभरसम्मै कायम राख्नुपर्ने बताउनुभयो । उहाँले यो प्रशिक्षण संस्थाकै लागि पनि ठूलै उपलब्धी भएकाले संस्थाको उद्देश्य पूरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो । हरेक क्षेत्रमा अनुशासनको महत्व हुने भएकाले यो प्रशिक्षणको क्रममा पनि अनुशासित प्रशिक्षार्थीले बढी सिक्ने उहाँको भनाइ छ ।
धिमेमैचाको नाउँमा प्रख्यात बाद्य गुरुआमा इन्दिरा लाछिमस्यूले भक्तपुरको लोकबाजा र कला संस्कृतिलाई जगेर्ना गर्ने अभियानमा लागेको भक्तपुर बचतप्रति आभार प्रकट गर्दै उहाँले प्रशिक्षार्थीहरुले सिकिसकेपछि मञ्च आफै बन्दैजाने बताउनुभयो । उहाँले धैर्यताले नै मानिसलाई सफल बनाउने बताउँदै सबैले निरन्तरता दिनुपर्ने औंल्याउनुभयो ।
अर्का बाद्य गुरु रभिम कपालीले नौ बाजा परम्परागत लोक बाजा भएकाले यसको सम्बद्र्धन र संरक्षणमा भक्तपुर बचतले धेरै पहिलेदेखि नै ध्यान पु¥याइरहेको बताउनुभयो । साथै नौ बाजाको परिचय दिँदै भक्तपुर र अन्य जिल्लामा यसको प्रयोग र अहिलेको अवस्थाबारे उहाँले स्पष्ट पार्नुभयो ।
आयोजक समितिका संयोजक नारायण खोँजूले नौ बाजा प्रशिक्षण लामो छलफलपछिको निर्णय भएकाले भक्तपुरको सांस्कृतिक अभियानमा नौबाजा प्रशिक्षण भक्तपुर बचतको नयाँ पाइला भएको स्पष्ट पार्नुभयो । कार्यक्रममा आयोजक समितिका सदस्य प्रज्ज्वल प्रजापति पनि बोलनुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
