ध्वाकाले सजिएको भक्तपुर


मंसिर १२, २०८२, शुक्रबार | साँझ ०४:२६ बजे | 85


ध्वाकाले सजिएको भक्तपुर

कुमार लघु,ख्वप

नमस्कार सम्पूर्ण ख्वपवासी र देशका सचेत नागरिकहरूमा , आज मैले मिति २०८२/०८/१२ गते शुक्रबारको दिनमा मन्दिरै मन्दिरको शहर ख्वपको वारेमा थप ध्वाकाहरूको शहर पनि रहेछ भनेर थप्न चाहे किन कि पहिले ख्वप , खोपृङलाई अहिले भक्तपुरको नामले कहलिएकाे छ । ख्वपमा पहिले थुप्रै ठाउँको जता पनि ध्वाका छिरेर भक्तपुर शहर प्रवेश गर्ने भनेर बुझ्न सकिन्छ । जता पनि अहिले पनि ध्वाका वनाउन लामो ढुङ्गाले बाटोमा चिन्ह राखी राखेको पाईन्छ । हेराै भाइ बहिनीहरू यी निम्न लिखित ध्वाकाहरू हाल दुई चारवटा बाहेक पूर्ण निमार्ण बाहेक अरू सबै १९९० सालको भूकम्पले नष्ट गरेको म‌ैले अनुमान गरे । थाहा लिनुस् हाम्रो जानकारीमा रहेको अनुसार स्रोत भक्तपुर नगरपालिकाले निकालेको तथ्य अनुसार लेखक दिव्यराजको अनुसार ,भक्तपुर मासिक वर्ष ४२ भदाै अंक १० ने सं ११४५ ,ई सम्वत् २०२५ को मुताविक प्रतोली ध्वाकालाई भनिन्दो रहेछ है भाइ बहिनीहरू हामीले शब्द शव्दमा ख्याल राख्नुपर्छ । अब एकताल ध्वाकाहरू निम्न लिखितछन् ।

१) भक्तपुरको पूर्व तर्फ हामीले थाहा पाएको च्याम्हासिँह ध्वाका

२) पश्चिममा भार्वाचो ध्वाका

३) उत्तर तर्फ माहाकाली ध्वाका

४) दक्षिणमा माकचो ध्वाका

५) उत्तर पूर्वमा मूलध्वाका

६) ख्वप लायकू नजिक व्यासी तर्फ व्यासी ध्वाका आर्को

७) सुखु ध्वाका

८) लास्कू ध्वाका

९) खा‌ैमा ध्वाका

१०) ईट्टाछेँ ध्वाका

११) भेलुख्य ध्वाका

१२) भाै:ध्वाका म‌ैले थपे

१३) सानो व्यासी ध्वाका

१४) लुँ ध्वाका

यसरी अहिलेको भक्तपुर शहरलाई विभिन्न आकर्षक पुर्खाैली ध्वाकाले घेरिएर सजाएको सुन्दर वस्ती हाम्रो ख्वप,भक्तपुर शहर हुन्न् । यी सुनको ढोका बाहेक अरू ध्वाकालाई अध्ययन र मेरो विचारमा भूकम्पले मारमुर नै पारी निलेको अनुमान रहयो । उहीँ अंकमा राखेकेको ध्वाकाको तस्विर अनुसार १०० वर्ष भन्दा अगाडि विक्रम सम्वत् १९७८ अनुसार ईट्टाछेँ ध्वाका जनाएको छ ९० सालको अगाडि खिचिएको अभिलेख थियो । मैले यहाँहरूलाई कहिले काहीँ अरू लेखहरू लेख्दा भनेको थिए । शत्रुहरूलाई यस ध्वाकावाट सजिलै पस्न मुश्किल गराउन नै निर्माण भएको भनेर लेखेको थिए हो रहेछ। यस तथ्यले यो प्रमाणित गर्दछ। राजा पृथ्वीनारायण शाहले भक्तपुरमा आक्रमण गर्दा ध्वाकाले बल्ल मात्र ईटाछेँ ध्वाकावा प्रवेश गरेको चर्चा छ। अहिले मनमा सम्झना भयो भार्वाचो ध्वाका ठूलै आक्रमण र दुई दिनको भिषण लडाई पछि मात्र शत्रुको सेनाले भक्तपुरलाई हराई आत्मा समर्पण गराई भक्तपुर जितेको साँस्कृतिक विध्द पुरूषोत्तम लोचनको प्रवचन यही मिनिवस पार्कमा नेपाल भाषा साहित्य त:मुज्या सम्मेलनको प्रवचनामा भनाई एकताका सुनेको थिए । भक्तपुर अहिले पनि नाकाहरूमा मज्जाले सजिएको पाएकै छन् । कुनै आगन्तुकहरू आएर एकतक भएर ध्वाकामा नजर लगाउँछन् अनि मात्र शहर प्रवेश गर्छन् । अब हाल सालै सविस्तार साँस्कृतिक सम्पदाहरूलाई बिस्तारै भक्तपुर नगरपालिकाले नुन: निर्माण थालेको छ। त्यसैले मैले अहिले भक्तपुर ध्वाकाहरूले सजिएको भक्तपुर शहर भन्ने पनि फरक पर्ने छैन् । भक्तपुर,धन्यवाद , २०८२/०८/१२ गते

Comments