डा. राजवंशीको 'विक्रमसंवतदेखि लुम्बिनीसम्म ' लोकार्पित


मंसिर १०, २०८२, बुधबार | राति ०९:२९ बजे | 105


डा. राजवंशीको 'विक्रमसंवतदेखि लुम्बिनीसम्म ' लोकार्पित

काठमाडौँ। लिपि तथा इतिहासविद डा. श्यामसुन्दर राजवंशीको इतिहास र संस्कृति सम्बन्धी पुस्तक 'विक्रमसंवतदेखि लुम्बिनीसम्म ' लोकार्पित भएको छ । चिवहाल ठमेल, गौचरमा इखबरनेट मिडियाको आयोजनामा भएको कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङग, वरिस्ठ साहित्यकार श्री ओम श्रेष्ठ 'रोदन ' ,दिलबहादुर महर्जन, इखबर नेटका प्रधान सम्पादक प्रदीप सापकोटा लगायतले उक्त कृति लोकार्पण गरे। प्रमुख अतिथि जोशीले इतिहास कहिलेपनि पुर्ण नहुने बताउँदै सत्य अन्वेषण कार्यमा डा राजवंशी सफल भएको बताए । परम्परागत कुरालाई तथ्यले थप कुरा वाहिर ल्याएको उनको भनाई थियो । लोकार्पित कृतिमाथि चर्चा गर्दै पुरातत्त्व महानिर्देशक प्रधानाङगले नयाँ नयाँ तथ्यले पुस्तक भरिएको बताइन । तथ्य र प्रमाणको आधारमा इतिहास केलाइएको पनि उनले बताइन । डा .राजवंशीले अभिलेखविज्ञको रुपमा धेरै तथ्य पुस्तक मार्फत वाहिर ल्याएको हुँदा कृति इतिहासका पाठक, अध्येता, अनुसन्धानदाता लगायत सबैको निम्ति उपयोगी भएको बताईन । नेपाल स्रष्टा समाजका अध्यक्ष समेत रहेका रोदनले पुस्तक महत्वपुर्ण रहेको बताए। उनले इतिहास सधैँ खोजको सबाल रहेको बताउँदै कृति त्यतैतिर उन्मुख भएको ले सबै सामु कृति पुर्याउन पर्नेमा जोड दिए । कृतिकार डा .राजवंशीले आफ्नो निम्ति आजकोदिन सुखद भएको बताउँदै पाठकको प्रतिकृया आफुले चाहेको बताए । इखबर नेटका प्रधान सम्पादक प्रदीप सापकोटाले सन्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व दिल बहादुर महर्जन ले गरेका थिए । कार्यक्रममा प्रकाशन गृहका प्रबन्धक बसन्तराम नकर्मीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा मन्चासिनहरुलाई रास्टमान तुलाधरले खादा अर्पण गरेका थिए। कार्यक्रम चिबहाल परिवार, ठमेल र अशोक चैत्य जिणोद्वार एवं संरक्षण समिति ले सहकार्य गरेका थिए।

फाेटाेमा हेर्नुहाेस्...

डा. राजवंशीको 'विक्रमसंवतदेखि लुम्बिनीसम्म ' लोकार्पित

Comments