पहिलो सेवाग्राहीलाई गरियो सम्मान
मंसिर १०, २०८२, बुधबार | दिउँसो ०१:२१ बजे | 90
भक्तपुर । ११ औं उद्योग दिवसको अवसरमा उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरमा सेवा लिन आउनु हुने पहिलो सेवाग्राहीलाई सम्मान गरिएको छ । कार्यालय प्रमुख राम प्रसाद कुस्माले सेवाग्राहीलाई सम्मान गरेका हुन् । उद्योग तथा वाणिज्य कार्यालयका सूचना अधिकारी लक्ष्मीप्रसाद कासुलाले दिवसको अवसरमा आएका पहिलो सेवाग्राहीलाई सम्मान गरिएको जानकारी गराए ।
