मिठ्ठो भाषणमा नलहसिनुस्


मंसिर १०, २०८२, बुधबार | विहान ११:३९ बजे | 75


मिठ्ठो भाषणमा नलहसिनुस्

कुमार लघु,ख्वप

कोशी नदीमा धेरै पानी बगिसके त्यस्ता नाठे नेताहरूको मिठो भाषणमा नलहसिनुस्। यसैमा नेपालीको कल्याण हुन्छ । युवा नेता इमान्दार त्याग तपस्या गरेको नेता आवश्यक छ । कोही युवाले मीठो भाषणले आकर्षण त दिएको छ । व्यवहार ठपकै छ । तर कूटनीतिक क्षेत्रमा अनुभव र जनताको आकाँक्षा बुझ्न नसकेर पछि परेकाछन् । जनताले बुझ्नु पर्छ र नयाँ नेता खोज्नेहरूले बुझ्न खोजेको खोइ ? देशमा शासकहरू प्रशासन तीन थरीकाछन् । राष्ट्पतिको ,प्रधानमन्त्रीको र सैनिकको ल हेर्नुस् । आ आफ्ना च्यानल हुन्छ। यी तीनै निकाएको एकमत चाहिन्छ । तब मात्र देशमा सुमधुर शासन व्यवस्था अगाडि वढ्नेछ । यी निकायहरूको खोइ समन्वय समन्वयको गोप्य वैठक र निर्देशन नभईकन माथिलो निकाएदेखी तल्लो निकायसम्म छुट्टाछुट्टै नीति निर्देशनको परिपालन र निर्देशन आवश्यक हुन्छ । शासन व्यवस्थामा कुसस्कार बसिसकेको हुनाले कुसस्कार नहटाई शासन शान्तसित गर्न र जस्को सुकै शासन व्यवस्था हो राष्ट्पति र प्रधानमन्त्री भन्नेपनि असम्भव छ । शासन व्यवस्था शान्त सित गतिमा हिड्नलाई अलिक समय लाग्छ । मलाई अग्रजहरूले भनेकै थियो हेर बाबु कुनै पनि मान्छे राम्रो र असल भएर हुन्दैन् देशमा जनता र जनताका छोराछोरीहरूलाई जन्मजातै सिष्टममा वस्न नसिकाएसम्म देशले गति लिने छैन् । शासन व्यवस्था सिष्टममा अलि कडा हुनुपर्छ र जनतालाई घर र स्कूलिङ्गदेखी नै प्रसिक्षित गरेर मात्र देशमा शान्त हुन्छ। यहाँ नेता समाज सेवी, सेवकहरू , जनताहरू वकिल ,न्यायधिस, सेना, पुलिस ,प्रोफेसरहरू ,शिक्षकहरू घुस खाने लिने स्वार्थीहरू छन् । यस्ता घुस खानेहरूलाई मृत्युदण्ड दिने कानून संविधानमा संशोधन गरेर व्यवहारमा नल्याएसम्म शासन व्यवस्थामा शुलभ तवरले शासन चलाउन कठिन हुन्छ । ल हेर्नुस् मेरो सरकार भनेर पठाएका स्वकिए सचिवले नै स्वार्थ पूर्वक नातागोता राखेर नराम्रो सन्देश दियो । यता नजिकको मेरो भन्ने प्र. लाई कस्तो फसाद है । बोल्ने ठाउँ नै भएन् । आन्दोलनकारीहरू अलि हतासिएको मानसिकताले देखाउन थाले । यता कार्यवाही गर्छु भन्नेहरू अलि ढिलै भएको जनगुणासो छ है । पाठकहरूले अवलोकण गरिरहेकै हो । काम गर्न तपश्यावाट फल पाउन त अलिक समय त लाग्छ नै उद्देश्य र लक्ष्यमा पुग्न त झ्वाट कठिन पो छ। हामीलाई मेरो सरकार भनेर परिकल्पना गरे अनुसार भए त हुन्थो नि । तर असम्भव छ । कानूनी क्षेत्रमा असल मानव नभए सम्म त आस गर्नु नै हो । फल रोपेर यहि वर्ष फल नपाक्ने त हजुर माहानुभवहरूलाई जानकारी भएको हो । सबैले तातै खाऊ जिउँदै मराै भनेर कहाँ हुन्छ? ख्वाउनेले आफूलाई कानून लाग्छ भनेर पछि हटेको हुन्छ । एकै चोटि ठूलो प्वाल ताल्न त समय पो लाग्छ । यता पुरानादलहरूसित वैठक बस्न नि पुराना घाउले पिप र रगत बगेर घाउ आलै छ। अब कुरा आउँछ यदि तिमीलाई त्यसरी अपदस्त गरे भने तपाईंको मन कस्तो लाग्या होला ? मनले एक पटक सोच्नु अहिले विपक्षमा वसेर हेर्नुस् । मानु हुन्छ ? जरूर तपाईले स्थिति सम्हालनलाई सहय हुने छैन् । अहिले त विपक्ष पनि दामाडोल गर्न उद्दत रहेकोले स्थितिलाई साम्य पार्न पो खोज्ने ह‍ो । फकाउँदै एक दुई पाईला गर्दै अगाडि वढ्ने जमर्को पो चलिरहेको हो मित्रहरू सबैले आ आफ्नो ठाउँवाट सयमता अप्नाउनु नै कल्याण हुन्छ भन्ने ठम्याई छ है । जुन ठाउँमा नराम्रो गरिरहेको छ त्याहाँ गई पठाई स्थिति सम्हाल्न वैठकमा पक्ष र विपक्षकाहरूले समाधान गर्ने उपाय ल्याउनु नै असल छन् । नत्र धन जनको ठूलो नोक्सान हुनेछ । २०८२/०८/१०/ भक्तपुर

Comments