ठूलो व्यासी पोखरी


मंसिर ९, २०८२, मङ्गलबार | साँझ ०५:३५ बजे | 100


कुमार लघु,ख्वप

नमस्कार भाइ बहिनीहरू सानो र ठुलो होस् पोखरी हाम्रो प्राण हो। पोखरीले हाम्रो जिउ ज्यान वचाउँछ। यसलाई मनन गरेर आजलाई मैले पोखरीलाई कथा वस्तु छानेको छु। नानी बाबुहरू हामीले पोखरीमा जथाभावी प्रवेश र खेल्न हुन्दैन् । जहाँ होस् पानी र पोखरीवाट जहिले वच्नुपर्छ। यो व्यासी पोखरी मानव सृष्टिकाल देखि थियो । पोखरी करिव १ रोपनी क्षेत्रफलमा फैलिएको अनुमान हो । यो ठूलो व्यासी पोखरी नामाकरण गरेको पाइन्छ। पहिला त्यो पोखरीमा पर्खालले घेरिएको थिएन् । बिस्तारै मैले थाहा पाउँदा वच्चा वेलामा पूर्वि दक्षिण कुनाको पहिरोले झरेको थियो । जन गुनासो पछिमात्र बल्ल वनाएको थियो । त्यो समयदेखि पूरा पर्खालले पोखरी घेरिएको देखियो । पहिले सन्तानहरूलाई अहिलेको जस्तो माया ममता हेर विचार गरेको पाईन्दैन् । किन कि वच्चाहरू पोखरीमा खसेर मर्थो । कतिको वच्चाहरू खसेर दु:ख हुन्थो । यो हुनुको कारण उति वेला परिवार नियोजनको कुरा धेरै पछि आएर हो। छोराछोरी धेरै हुन्थो । स्याहार र कम मायाले छोराछोरीहरूलाई जताततै खेल्न छोड्थो । पोखरीमा ढोका वन्द नगरेर पनि अकालमा वच्चाहरूको मृत्यु हुन्थो । जनमानस कम शिक्षित थियो । अर्को कुरा खेती पाती गर्न बृढबृढाहरूलाई देखभाल गर्न छोड्थे । सम्हाल्न वृढवृढाहरूलाई कठिन थियो। त्यसैले पानीमा खेल्न गएर खसेर डुवेर ज्यान जान्थो। व्यासी पोखरीमा वच्चाहरू डुवेर ज्यान गएको थाहा थियो । पहिले पोखरीमा हात खुट्टा अनुहार धुन्थे । धेरै पहिले हरियो लेऊले पानी ढाकेर हैदान थियो । एक दिन अचानक माछा पाल्ने कुरा ल्यायो । माछाले हरियो लेउ खाने हुनाले फाइदा हुने कुरा थाहा पायो माछा पालेर नै लेउ समाप्त भयो । माछा पालेर आर्थिक आम्दानी वढेको र पोखरीमा लेउ नलागेर जनताहरू दङ्गदास थिए। आर्थिक स्रोत जुटेपछि टोलको लठ्ठा र अन्य स्थानहरूमा चिम राखेर टोलमा चोर र चोर्न आउने भयलाई पन्छाउन सहयोग मिल्यो र अध्याँरो ठाउँलाई उज्यालो वनाई सुविस्ता दियो । स्थानीय जनताहरूको पहलमा पोखरीको आर्थिक स्रोतले नै सन्तुष्ट थिए । कोही त मेरो घरतिर चिम बाल्न र राख्न आएन् भनी असन्तोषलाई यदाकदा पोखेको पाइछ । माछा पालन र आर्थिक स्रोत मानेर कार्य गर्ने एउटा समिति थियो । अहिले पनि त्यो समितिले कार्य गरेको पाइछ । विगतमा र वर्तमानमा कार्य र्गर्ने कार्य समितिका पदाधिकारीहरूलाई धन्यवाद दिनु पर्ने हो । अहिले पनि माछा पालन गरेको छ । हरेक पोखरीमा माछा पालन गरेर आर्थिक आम्दानी गर्न सकिन्छ । यो कुरा स्वर्गको कुरा इन्द्रालाई सुनाउने भन्या जस्तो हो । माछा पालन गर्दा स्कूलका र टोलका भुराहरूलाई मन बहलाउन सकिन्छ । वच्चाहरू रमाईलो मान्छन्। पोखरीका फाईदाहरू धेरै छन् । म यहाँ फाईदाहरू दुई चारवटा मात्र उल्लेख गर्दछु। जस्तो नानी बाबुहरू र भाई बहिनीहरूले कथा पढ्नु पर्छ । हामीहरू माहुरीले झै फूलमा रसलाई रस्वादान लिए झै हामीले कथामा रस चुस्न जान्नुपर्छ र स्वाद लिन जानेमा हाम्रो दिमाग तन्दुरूस्त हुने विश्वाश दिलाउन चहान्छु । अभिभावकले पनि स्वाद चाख्न अनुरोध छ। पानीले घर वनाउँदा माटो मुछ्न सकिन्छ ।

१) ईट्टाहरू भिजाउन

२) ईट्टा पखाल्न सकिन्छ।

३) टोलमा आँगन सफा गर्न सकिन्छ ।

४) शाैचालयमा सफा गर्न उपयोग गर्न सकिन्छ । यस्तै अन्य कममा पनि पानी प्रयोग गरेर फाइदा लिएकाछन् । पानीलाई वचत गर्न पर्छ । वरपर हावा चिसो हुन्छ। ठूलो व्यासी त्यसैले अन्य ठाउँ भन्दा चिसो वातावरण छ । पोखरीले गर्दा धुलाे हावापानीले सोसेर लिन्छ । वरपर कम मात्र धुलो उड्छ। पोखरीलाई हाम्रो सास्कृतिक सम्पदामा गन्निछ। सम्पदाहरूमा यो ठूलो व्यासी गनिएकाछन्। व्यासी टोलमा दुईवटा पोखरी छन्। एक वटा सानो पोखरी भगवान देवता नजिक छ । अहिले टोलवासीहरूले दुईवटै पोखरीलाई संरक्षण माया ममताले जोगाएकाछन् । अहिले दुई टै पोखरी सफाछन् । हेर्न लाएकछन् । स साना नानी बाबुहरूलाई कहिले कहिले माछा जम्प गरेको र माछा सललल पाैडेको देखेर मनलाई चन्चल बनाउने माैका लिन सकिनेछ। माैकामा बालबालिकाहरूलाई स्कूल र घरका अभिभावकहरूलाई चहाछन् दिने माैका लिनु हुन अनुरोध छ । अन्तमा आज पोखरी विषयमा यति मात्र लेखेर विदा हुन्छु। भक्तपुरमा नाम कहलिएका थुप्रै पोखरीहरू छन्। ती पोखरीहरू दुई चारवटा नाम लेख्दछु । ती हुन्न। नपुखु पोखरी भाज्या पोखरी ,सिध्द पोखरी, रानी पोखरी र कमल विनायक पोखरी हुन्।

धन्यवाद , २०८२/०८/९ गते

Comments