आयो है दोश्रो परीक्षा
मंसिर ६, २०८२, शनिबार | राति ०८:०० बजे | 115
कुमार लघु,ख्वप
नमस्कार भाइ बहिनीहरू यहि महिनाको क्यालेेण्डर अनुसार नगरपालिकाले र इशान एकेडेमिकले निकालेको कार्यक्रम फलो गर्नेहरूले परीक्षा सुरू गर्ने वेला आयो है । सतर्क रहनुस् है । वर्तमानको कथा परीक्षा मंङ्गसिर ९ वा १० गतेवाट परीक्षा सुरू हुने वाला छ । विध्यार्थी भाइ बहिनीहरूले तयारी थाल्नु पर्ने बेला भै सक्यो । शिक्षक शिक्षिकाहरूले प्रस्न पत्रहरू तयारी गरि अभ्यास गराएको हुनुपर्छ । शिक्षक शिक्षिकाले आ आफ्नै हिसावले तयारी गरेको हुनुपर्छ । शिक्षकले र शिक्षिकाले जाँचमा आउन सक्छ है भनेर पूरा अभ्यास गराएको होला है । विध्यार्थीहरूले शिक्षक र शिक्षिकाहरूले पाठहरू पढाउँदै अभ्यास गराएको हुन्छ । अभ्यास पनि अवलोकण गरेर कापि जाचि सकेको होला । जुन सर र मिसले जाँचेको कपिलाई फेरि परीक्षा अगाडि अध्ययन गर्नुपर्छ। किताब अध्ययन गरेर हेरेर परीक्षा दिने गर्नुपर्छ । जसरी फूटवल खेलाडीले म्याच आयो कि फूटवल बढि खेलेर, खेलेर खेल जिताए जस्तै हामी विध्यार्थीले पनि खेलाडीले जसरी अभ्यास वढी गरि जिताए सरी किताब र अभ्यास गरेको कपिमा लेखिएको अभ्यास हेरेर र कितावहरू अध्ययन गरि सफलता पूर्वक परीक्षामा समाहित भएर परीक्षामा सफल होआै । परीक्षामा सकारात्मक सोचको आवश्यकता छ । परीक्षामा सफल हुन त्याग तपश्या मेहनत र इमान्दारीता आवश्यक छ । भाइ बहिनीहरूले आजकलको जमानामा आमा बुबाहरूलाई, गुरु र गुरूआमाहरूलाई ठग्नु हुन्दैन् । आमा बुबा र दाईहरूलाई ठग्नेहरूले भविश्यमा पश्चाताप नगरी सुखै छैन् । परीक्षामा मेहनत नै चाहिन्छ। विना मेहनत पास भएर र सीप नसिकिकन भविश्य अन्धकार हुन्छ । तपाईहरूले भविश्यलाई ख्याल राख्नु आवश्यक छ । भविश्यमा देश चलाउने र हाक्ने जिमेवारीता आउनेछ । यो ख्याल होईन् साँचि हो । परीक्षाको निम्ति हरेक तवरले आफैले परीक्षा पूर्व तयारीमा लाग्नु नै असल कार्य हो । परीक्षा त आफ्नो खूवी देखाउने वेला हो । म परीक्षामा सफल बन्छु भने आँट हुनुपर्छ । परीक्षामा सफल बन्छु पर्छ । परीक्षालाई हेलचेक्राई गर्नु हुन्दैन् । परीक्षामा सजक बनुनै सफलता हो । खूव पढ्नु पर्छ । पढेर प्रस्नहरू हेर्ने उत्तर खोजेर धरमै हप्ताै अगाडि देखि पूर्व तयारीमा रहनुपर्छ । जब परीक्षा आयो तब पढ्न थालेमा कमजाेर र परीक्षाको तनावले ज्वोर आउनवाट जोगिन जान्नुपर्छ । शरिरलाई चाहिने आवश्यक पोषण युक्त खानेकुराहरू खाने गर्नुपर्छ । शरीर तन्दुरूस्त राख्न नि जानुपर्छ । समय मिलाई आफ्नो योजना मुताविक पाठहरूको अध्ययन गर्ने गर्नाले आफूलाई परिपक्वतामा राख्छन् । विगतको प्रस्न पत्रहरू जति सकिन्छ उति अभ्यास गर्नु राम्रो हो । परीक्षाको निम्ति मानसिक तवरले तयारी गर्नु असल हो। हामीले हाम्रै निम्ति पढ्ने हो । पढाइ आमा बुबालाई होईन् है । छोरछोरीहरू आमा बुबा र शिक्षक शिक्षिकाहरूले पढ्नु भनेर भन्नु भयो भन्ने रिसाउने र सर र मिसहरूलाई दु:ख दिनेहरूले भविश्यमा गएर धोका खाए पछि मात्र सर र मिसले भनेको मैले नतेरेको मनमा राखेर कुना पसेर रूनेहरू छन् । भाइ बहिनीहरू आजले ३-४ दिन मात्र बाकी छ । परीक्षालाई अनुशासनमा बसेर परीक्षालाई उपयोग गर्ने गर्नुस् । परीक्षा तीन महिनामा हुन्छ । विध्यार्थी जीवन त परीक्षाले नै सक्रिय भई समय जान्छ याद गर्नु होला । विध्यार्थीको काम नै पढ्नु लेख्नु र परीक्षामा सफलत दिनु मूख्य कुरा याद रहोस् । हसत् परीक्षाको सफलताको कामनाका साथ उत्ताेत्तरको कामना सहित विदा हुन्छु । मन सफा हुनुपर्छ । मेहनती र प्रयासले सफलता दिलाउँछ । धन्यवाद , २०८२/०७/६ शनिवार , होली गार्डेन इ, सेकेण्डरी स्कुल व्यासी , भक्तपुर
