स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन


मंसिर ४, २०८२, बिहीबार | राति ०९:०४ बजे | 145


स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन

भक्तपुर जिल्लामा प्रमुख जिल्ला अधिकारीको पदभार ग्रहण गर्नुभएका प्रमुख जिल्ला अधिकारी श्री उमेशकुमार ढकालज्यूलाई स्वागत तथा उद्यमी व्यवशायी बिच परिचायत्मक कार्यक्रम गरियो ।सो अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले आफु देशको विभिन्न देशमा १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी रुपमा कार्य गरिसकेको बताउनु हुन्दै आफु जुन जिल्लाम गएपनि स्थानीय उत्पादनलाई प्राथमिकता दिएको स्मरण गर्दै भक्तपुर सास्कृतिक पर्यटकीय तथा ऐतिहासिक जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा पदभार ग्रहण गर्न पाएकोमा खुशि व्यक्त गर्दै यहाँका लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रवर्द्धन गर्ने कार्यमा साथै साथ सहयोग रहने विचार व्यक्त गर्नुभयो । साथै उहाँले आफ्नो कार्याकक्षमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने गरेको बताउनु हुन्दै यहाँका स्थानीयले मेला महोत्सव गर्नुपर्ने र मेला महोत्सव गर्दा मनोरन्जनका साधन भन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिन्दै समाजलाई अगाडि लैजान घरेलु तथा साना उद्योगको अहम भुमिका भएको हुन्दा निर्धक्क भई उद्योग संचालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले स्थानीय उत्पादनको महत्व स्थानीयलाई बिषेश जानकारी हुने हुनाले स्थानीय स्तरमा उत्पादिन बस्तुलाई स्थानीय सरकारले अपनत्व लिनुपर्ने बताउनु भयो ।त्यसैगरी अर्का पुर्व अध्यक्ष सत्यनारायण प्रजापतिले नेपाल घरेलु तथा साना उद्योग महासंघको २०७८ सालमा गरेको महाधिवेशनको समयमा तत्कालिन समयमा विरगंजको प्रमुख जिल्ला अधिकारीको रुपमा महासंघको अधिवेशन गर्न सहयोग गर्नुभएको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो । उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले भक्तपुर घरेलु तथा साना उद्योग सघसग विगतदेखि विभिन्न कार्यमा सहकार्य गरी विभिन्न तालिम मेला तथा अन्तरक्रिया कार्यक्रम गरि रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा गो लोकलका संयोजक विरेन्द्र जतिले संघले अभियानको रुपमा संचालन गरिरहेको गो लोकल कार्यक्रमको औचित्य माथि प्रकास पार्नुभयो भने निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले विगतमा जिल्ला प्रशासन कार्यालयले साना उद्यमीहरुलाई गर्नुभएको सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता साथ र सहयोग पाउने अपेक्षा राख्नुभयो ।संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा पुर्व अध्यक्ष लक्ष्मण ग्वाछा उपाध्यक्ष हरिगोपाल त्वायना तथा सचिव श्रीजना कक्षपतिले पनि संघको योगदान बारे चर्चा गर्नुभयो ।

Comments