उद्यमशिलतासम्बन्धी एकमहिने प्रशिक्षण हुँदै


मंसिर ३, २०८२, बुधबार | साँझ ०४:४९ बजे | 65


उद्यमशिलतासम्बन्धी एकमहिने प्रशिक्षण हुँदै

कीर्तिपुर । कीर्तिपुर क्षेत्रमा पहिलो पटक मंगल बहुमुखी क्याम्पसमा उद्यमशिलता सहयोग कार्यक्रम (इन्टरप्रेनरसिप सर्पाेट प्रोगाम) शुरु हुँदैछ ।
यही मंसिर ६ गते शनिबारदेखि क्याम्पस भवनमा ३० जना विद्यार्थीहरुलाई एकमहिने प्रशिक्षण दिइनेछ ।
कसरी व्यवसायी, उद्यमी बन्ने, कसरी सञ्चालन गर्ने, कसरी भावी योजना तय गर्ने, कानुन बुझ्न, बजार रणनीति, व्यवस्थापन आदिबारे विभिन्न व्यवसाय र व्यवस्थापनविद्हरुले प्रशिक्षण दिनेछन् ।
उद्यमी बन्ने विद्यार्थीहरुलाई डा.जीतेन्द्र डंगोल, डा. सुनिल चित्रकार, डा.राजुभाई मानन्धर, सञ्जय घिमिरे, विनेश श्रेष्ठले प्रशिक्षण दिनुहुने यस प्रशिक्षण कार्यक्रम संयोजक भावना महर्जनले बताउनुभयो ।
एक महिने प्रशिक्षणबाट उत्पादित उद्यमीहरुका एकल वा संयुक्त उद्यमी प्रस्तावलाई विश्वविद्यालय अनुदान आयोगले करिब आधा करोडसम्म अनुदान दिने क्याम्पस प्रमुख प्रदिपकुमार महर्जनले जानकारी दिनुभयो ।

Comments