वाला चतुर्दशी


मंसिर ३, २०८२, बुधबार | विहान ११:२५ बजे | 90


वाला चतुर्दशी

सुनील सापकोटा

“ वाला ” शब्द वल (बल) र वालय (दोष हटाउने) दुवै अर्थ संग जोडिन्छ। यसैले आज २०८२ सालको वाला चतुर्दशी भन्नुको अर्थ मनको अन्धकार हटाएर आत्मामा नयाँ बल जन्माउने दिन रहेछ । वाला चतुर्दशी (वालयानी चतुर्दशी) हिन्दु नेपालीहरूले मनाउने एक महत्वपूर्ण धार्मिक पर्व हो। यो मुख्यतः कार्तिक / मार्ग कृष्ण चतुर्दशीका दिन पर्छ । ठीक तिहार सकिएपछि र महाशिवरात्रि झैँ यो पर्व पनि शिव उपासना संग सम्बन्धित पर्व हो। यो दिन शिवजीको,आराधना ,प्रायश्चित पितृ स्मरण र पुण्य प्राप्ति को लागि अत्यन्त शुभ मानिन्छ। विशेष गरी दोष, कमजोरी, पाप, नकारात्मक भावनाहरू लाई त्याग्ने दिन भनेर पनि मानिन्छ। अन्त्यमा यो पर्वको महत्व बुद्ध धर्म झैँ मनको अन्धकार हटाएर आत्मामा नयाँ बल जन्माउने दिन रहेछ भन्ने कुरा हिन्दुशास्त्रमा उल्लेख गरिएको पाइन्छ। आज यस पर्वको सबैमा शुभकामना । धन्यवाद !

Comments