के अब नेपालमा पनि हुन्छ ?
मंसिर ३, २०८२, बुधबार | विहान १०:२४ बजे | 55
कुमार लघु,ख्वप
अब जेन्जीको आन्दोलन बंङ्गलादेशको कपि भएर नेपालमा आएको हो । भन्त मैले सुनेको जस्तो सुन्या थिए त्यस्तै नै निश्चित हो । केही समय त कुर्नु परेको थियो । नेपालीले कुनैले पनि आन्दोलन बेठिक थियो भनेर भनेको सुनेन् है । नेपाली जनतालाई त्यो जेन्जी -z ले गरेको आन्दोलन ठिक ठानेको भयो। मात्र आन्दोलन गरेकाहरूले देशको खिलापमा नजाउन भने चाहान त छ है । आन्दोलन गर्नेहरूले पनि अर्काको बहकाउमा आन्दोलन नहोस् भन्ने चाहाना त है छ। आन्दोलनको परिणाम सविस्तार आउने छ। यस्तो हेर्दा विधुत तर्फ अलि वक्याैता तिर्न तिराउन सफल भएको छ जस्तो लाग्यो । अपराधिहरूलाई कार्यवाही गर्न सकेको देखिया छैन् । ज्यान मार्नेहरूलाई जेलमा कोच्न सकेको छैन् । हामी कहाँ पनि अपराधिहौलाई ज्यान नै लिएर सजाए ल्याउनलाई तरखर भै राख्या हो कि जस्तो स्थिति आउन सक्छ । भाइ बहिनीहरू ज्यानको बदला र खुनको बदला खुन नै भनेर लेखेको र कितावहरूमा यदाकदा पढ्न र सुन्न नपाएको होईन् । मैले पनि कहि कही पढेको छु । के नेपालमा त्यो बंगलादेशको परिस्थिती अहिले आउने छ? नेपालीले सम्भव त गरेको छ । अब नृपालमा के हुन्छ ? आन्दोलन पछि सबैलाई जागिर मै लोभ लागेको छ । अब त मेरा मान्छे मन्त्री र प्रधानमन्त्री भए भन्ने मानसिकता रहेको जेन्जी-z को समर्थकहरूमा विचार नपलाएको होईन् ,पलाएकै छ । जति देश र जनताको निम्ति आन्दोलनमा सरिक भएर ज्यान अर्पण गरे र घाइते भएका छन् अब कसरी जिउँने र मैले सानोतिनो राेजगारी पाए हुन्छ भन्ने गुणासो गरेकै । अस्पतालको बेडमा होस् जहाँ होस् । संसार जस्तो सुकै तानाशाह होस् र समाजवादी विचारका मानव होस् अलि लोभ र डाहा गर्ने नै छन् । परिवारवाट अगाडि बढेर देश र जनताको निम्ति त्याग हाम्रो देशकाले जनताले गर्न सकेको देखिन्दैन् । मानिस भएपछि त्यागी हुन सक्नु पर्ने मानिसले सिध्दान्त बोकेको हुनुपर्ने हो । भाइ बहिनीहरू संसारमा नाम कहलाएकाहरू मार्क्स,ऐगेल्स लेनिल,स्टालिन,माआेले परिवार र देशको निम्ति अगाडि बढेर काम गरेकै ले संसारमा नाम कमाएको हो । संसारको निम्ति मार्ग निर्देशन गर्ने दार्शनिकहरूको जिवनी बेला मै अध्ययन गर्ने कोसिस हामीले गर्नुपर्छ। मनलाई लोभि पापी बनाउन नहुने कुराहरू र नैतिकता के हो ? भन्ने कुराहरू नै दार्शनिक र वैज्ञानिकहरूको उतारचढाव को काहानी जिवनी पढेर हामीले सिक्ने हुनुपर्छ है । पाठ्य पुस्तक मात्र पढ्ने होईन् संसारमा के के भएर र के के हुन लाग्या छ इतिहास अध्ययन गर्ने गर्नुपर्छ । जेन्जी-z ले देश कता लग्न लागेको हो गुहेको विषयमा पनि चिन्तन गर्नुपर्छ । लाै त भाइ बहिनीहरू ति दार्शनिकहरू किताब छन् खोज मुलक गरेर यु टुव्व र अन्य संञ्जालहरूमा भित्र गएर पढाईको यात्रा गर्न अनुरोध गर्दै विदा हुन्छु । आगामि दिन फेरि नयाँ विषय लिएर उपस्थिति हुने छु । धन्यवाद , २०८२/०८/०३
