सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन तथा १५ दिने छ्वाली कला विधा प्रशिक्षणको शुभारम्भ


मंसिर २, २०८२, मङ्गलबार | साँझ ०४:३२ बजे | 365


सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन तथा १५ दिने छ्वाली कला विधा प्रशिक्षणको शुभारम्भ

काठमाडौं । सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन र छ्वाली कलामा सीप एवं दक्षता अभिबृद्धि गरी स्वरोजगार एवं आय आर्जनको अवसर प्रदान गर्नुका साथै नेपालको मौलिक कला, सम्पदा तथा संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन समेत गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ९ग्ल्म्ए० को दीगो पर्यटन परियोजना ९क्गकतबष्लबदभि त्यगचष्कm एचयवभअत० अन्तर्गत नेपाल हस्तकला महसंघले २०८२ मंसिर १ गते महिलबार, लुम्विनी साँस्कृतिक नगरपालिका १० लुम्विनीमा ३० दिने सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन तथा १५ दिने छ्वाली कला विधा प्रशिक्षणको शुभारम्भ गरिएको छ ।
नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं कला तथा शिल्प परिषदका सभापति श्री नविन शाक्यको सभापतित्व एवं लुम्विनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख श्री कल्पना हरिजनको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त शुभारम्भ कार्यक्रममा लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरी ध्वज राई, लुम्विनी होटल एसोशियसन नेपालका अध्यक्ष श्री गोविन्द प्रसाद ज्ञवाली महासचिव श्री पुरुषोत्तम अर्याल, लुम्बिनी साँस्कृतिक नगरपालिका पर्यटन समन्वय शाखा प्रमुख श्री फणिन्द्र कुमार पाल, सामाजिक विकास शाखा प्रमुख श्री शेषराम यादव ,उद्यम विकास सहजकर्ता श्री नीरमा थारु अतिथि रहनु भएको थियो ।
सो शुभारम्भ कार्यक्रममा महासंघका महानिर्देशक श्री उत्तम प्रसाद देवकोटा, प्रशिक्षकहरु लगायत प्रशिक्षार्थीहरु एवं स्थानीय व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
२०८२ मसिर १ गते संचालन भएको ३० दिने सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन सम्वन्धी प्रशिक्षणका  प्रशिक्षकहरु श्री सुमित्रा बराल र श्री डेनियल तुलाधर रहनु भएको थियो । त्यसैगरी २०८२ मसिर १५ गते लुम्विनी साँस्कृतिक नगरपालिका १० महिलबार, लुम्विनीमानै संचालन हुने १५ दिने छ्वाली कला विधाको प्रशिक्षणका प्रशिक्षक श्री सीताराम गोसाईं र बिष्णु केशरी देशेमरु हुनु हुन्छ ।
 

Comments