भक्तपुरकै अहिलेसम्मकै लक्जरिअस् पार्टी प्लासेसको गरियो उदघाटन


मंसिर १, २०८२, सोमबार | राति ०७:१८ बजे | 315


भक्तपुरकै अहिलेसम्मकै लक्जरिअस् पार्टी प्लासेसको गरियो उदघाटन

भक्तपुर । भक्तपुर जिल्लाभरिकै अहिलेसम्मकै सुविधा सम्पन्न (लक्जरिअस्) पार्टी प्यालेस सोमबारदेखि सञ्चालनमा आएको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं ९ निकोसेराबाट नीलबाराही मन्दिर जाने बाटोको उकालोमा गोल्डेन प्यालेस नामक अत्याधुनिक पार्टी प्यालेस सञ्चालनमा ल्याइएको हो । 
पार्टी प्यालेसमा गोल्डेन प्यालेस बैक्वेट एण्ड इभेन्ट सेरोमनी कार्यक्रम गरी पार्टी प्यालेसको उदघाटन गरियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ कलाकार निशा शर्माले पार्टी प्यालेसको उदघाटन गरेकी हुन् । 
पार्टी प्यालेस उदघाटनमा राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रिय सहमहामन्त्री रवीन्द्रप्रताप शाह लगायतका विशिष्ट व्यक्तित्वहरु अतिथिका रुपमा रहेका थिए । पार्टी प्यालेस रहेको मध्यपुर थिमि नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सानुकाजी राजबाहकलगायतका विशिष्ट व्यक्ति पनि अतिथि रहेका थिए । 
पार्टी प्यालेस उदघाटन समारोहमा पूर्वमन्त्रीदेखि, पूर्व सांसद्, वडा अध्यक्षहरुको भीड लागेको थियो । पूर्वमन्त्री कृष्णलाल भँडेल, पूर्व सांसद माधव सापकोटालगायतका विशिष्ट व्यक्तित्वहरु कार्यक्रम उदघाटनमा आएका थिए । साथै विशेष गरेर भक्तपुरको चाँंगुनारायण नगरपालिकाका विभिन्न वडाहरुका वडा अध्यक्ष तथा सदस्यहरु पनि कार्यक्रमस्थलमा सहभागी रहेका थिए । चाँंगुनारायण नगरपालिका वडा नं १ का अध्यक्ष सिजन कार्की, वडा नं ६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामा, ७ बागीश्वरीका वडा अध्यक्ष श्यामकृष्ण नाँयजू श्रेष्ठलगायतका वडा अध्यक्षहरु पनि कार्यक्रमस्थल पुगेका थिए । साथै अन्य विशिष्ट व्यक्तिहरु पनि कार्यक्रम उदघाटनस्थल पुगेका थिए । 
उदघाटन समारोहमा भीड लागेकै कारण दिउँंसोदेखि रातिसम्म पनि त्यो बाटोमा जामले अस्तव्यस्त पारेको थियो । कार्यक्रमस्थलमा दिनभर हजारौं मानिसहरु आएका थिए । साथै सयौं गाडी तथा मोटरसाइकलको घइँचो लागेको थियो । 
कार्यक्रम उदघाटनपछि सांगेतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । रातिसम्म पनि साँगितिक कार्यक्रममा दर्शक झुण्डिएका थिए । यही कारण पनि कार्यक्रममा आउनेहरुको संख्या अत्याधिक रहेको अनुमान गरिएको छ । कार्यक्रममा उपस्थिति सवैजनालाई दिनभरि नै खाजाको व्यवस्था थियो ।  
पार्टी प्यालेसको संरक्षक तथा सञ्चालक बुद्ध गिरी रहेका छन् । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरकै अहिलेसम्मकै लक्जरिअस् पार्टी प्लासेसको गरियो उदघाटन

Comments