आईईईई नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थी शाखा स्थापना


कार्तिक ३०, २०८२, आइतबार | राति १०:२६ बजे | 110


आईईईई नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थी शाखा स्थापना

काठमाडाैं । नेपाल इन्जिनियरिङ कलेजमा विश्वकै सबैभन्दा ठूलाे प्राविधिक तथा इन्जिनियरहरूको संस्था Institute of Electrical and Electronics Engineers (IEEE) काे शाखा स्थापना गरिएकाे छ । आइतबार कलेजमा एक कार्यक्रम आयाेजना गरि IEEE काे स्थापना गरिएकाे हाे । कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा IEEE का डा. अरूण कुमार तिमल्सिनाले शाखाकाे उद्घाटन गर्नुभयाे ।

IEEE नेपाल इन्जिनियरिङ कलेज (NEC) विद्यार्थी शाखा विश्वकै सबैभन्दा ठूला प्राविधिक तथा इन्जिनियरहरूको संस्था Institute of Electrical and Electronics Engineers (IEEE) अन्तर्गत गठन गरिएको आधिकारिक विद्यार्थी शाखा हो । प्राविधिक नवप्रवर्तन, अनुसन्धान तथा व्यावसायिक विकासलाई प्रवर्द्धन गर्न, कार्यशाला, सेमिनार, प्रतियोगिता तथा प्राविधिक कार्यक्रमहरू सञ्चालन गर्न,

विद्यार्थीहरूलाई विश्वव्यापी स्रोत, मार्गदर्शन तथा नेटवर्कसँग जोड्न,

IEEE ले सञ्चालन गर्ने सम्मेलन, प्रकाशन तथा समाजहरूसँग विद्यार्थी सहभागिता बढाउन कलेजमा IEEE काे स्थापना गरिएकाे कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताउनु भयाे । कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक सीप, नेतृत्व क्षमता र उद्योगसँगको सम्पर्क विकास गर्न IEEE ले टेवा दिने विस्वास लिइएकाे प्राचार्य भण्डारीले बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै डा. अरूण कुमार तिमल्सिनाले IEEE ले विश्वभरका अनुसन्धानकर्ता, शैक्षिक विज्ञ, विश्वविद्यालय, उद्योग तथा सरकारी संस्थानका प्राविधिक–विशेषज्ञहरूलाई एउटै प्लेटफर्ममा ल्याई विद्युत शक्ति तथा ऊर्जा क्षेत्रमा अनुभव, ज्ञान र अनुसन्धान परिणामहरू आदान–प्रदान गर्ने अवसर प्रदान गर्ने भएकाेले त्यसबाट नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूले पनि ठूलाे फाइदा लिन सक्ने बताउनु भयाे ।

यसले विद्युत शक्ति प्रणाली, इलेक्ट्रोनिक्स तथा सञ्चारका आधारभूत सिद्धान्तहरू, नवीकरणीय तथा दिगो ऊर्जा प्रणालीहरू, औद्योगिक स्वचालन तथा नियन्त्रण तथा विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङका क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक र सैद्धान्तिक दुवै ज्ञान प्रदान गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा परिचित गराउन अवसर प्रदान गर्दछ ।

Comments