एभरेस्टका विद्यार्थी खालीसिसीमा
कार्तिक २९, २०८२, शनिबार | राति ०८:३३ बजे | 95
काठमाडौं । खेर जाने वस्तुहरुलाई जथाभाबी फाल्ने बानी हटोस् भन्ने उद्देश्यका साथ भक्तपुरको एभरेस्ट इगलिश स्कुलले विद्यार्थीहरुलाई खालीसिसी म्यानेजमेन्ट कम्पनी काठमाडौंमा अवलोकन भ्रमणमा लगेको छ । खेर जाने वस्तुहरुबाट पनि विभिन्न सामानहरु बनाउन सकिन्छ र यही कारण यसलाई पनि जथाभाबी नफाली जोगाएर राख्नुपर्छ भन्ने सन्देश दिन विद्यार्थीलाई अवलोकन भ्रमणमा लगेको स्कुलले जनाएको छ ।
स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्रछात्राहरुलाई काठमाडौंको बुढानिलकण्ठस्थित कारखानामा लगेको हो । विद्यार्थीहरुलाई तीन टिपमा तीन वटा छुटाछुटै बसमा कारखानामा लगिएको थियो ।
कारखानामा पुगेपछि विद्यार्थीलाई खेर जाने वस्तुको पुनः प्रयोग कसरी हुन्छ भन्नेबारे स्थलगत अवलोकन गराइएको थियो । कम्पनीका निर्देशक विनिता श्रेष्ठले विद्यार्थीलाई यसबारे जानकारी दिएकी थिइन् ।
स्कुलले जनाए अनुसार कम्पनीका निर्देशक श्रेष्ठले यसअघि नै स्कुलकै कक्षाकोठामा विद्यार्थीलाई यसबारे पहिला नै जानकारी गराइसकेकी थिइन् । कक्षाकोठामा जानकारी दिइएको विषयबार प्रत्यक्ष अवलोकन गराउन विद्यार्थीलाई भक्तपुरबाट काठमाडौंसम्मको कारखानामा लगेको स्कुलले जनाएको छ ।
विद्यार्थीसँंगै स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारीलगायतका शिक्षक कर्मचारीको समूह पनि त्यहांँ पुगेको थियो ।
अध्ययन भ्रमणबाट विद्यार्थीले खेर जाने वस्तुहरु जथाभावी नफाली जोगाएर राख्नुपर्छ भन्ने भावनाको विकास हुने विश्वास गरिएको छ । यसल वातावरण प्रदूषणमा पनि सहयोग पुग्ने विश्वास स्कुलको छ । साथै सुन्दर सहर बनाउन यसले थोरै मात्रै भए पनि योगदान पुग्ने विश्वास स्कुलले व्यक्त गरेको छ ।
फाेटाेमा हेर्नुहाेस्...
