सकियो बेखाल बचतको १८ औं वार्षिक साधारणसभा 


कार्तिक २९, २०८२, शनिबार | साँझ ०६:४५ बजे | 90


सकियो बेखाल बचतको १८ औं वार्षिक साधारणसभा 

भक्तपुर । बेखाल बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं वार्षिक साधारणसभा संस्थाका संस्थापक अध्यक्ष श्री रामभक्त अवालको प्रमुख आतिथ्यतामा कमलविनायक बैक्वेट कमलविनायक भक्तपुर नगरपालिका वडानं १० मा शनिबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि रामभक्त अवालले कार्यक्रमको उद्घाटन पानसमा दिप प्रज्वलित गरि एक समारोहका बीच गर्नुभयो । उहाँले समुदाय आधारित संस्थाले समुदायको उत्थानका लागि र उत्पादनमूलक कार्यमा लगानि गर्दा राम्रो हुन्छ,  बेखाल बचतले बर्तमान सहकारी ऐन नियमलाई सिरोधार्य गरि अगाडि बढ्न अनुरोध गर्नभयो ।
संस्थाका अध्यक्ष कृष्णगोपाल अवालले सभापतित्वको आसनबाट बोल्दै  सबैको सहकार्य र इमानदारीले एक आपसमा सहकार्य
 गरि अघि बढेको खण्डमा जस्तोसुकै विषम परिस्थितिको सामना सहकारीले गर्न सकिन्छ भन्नुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष देवकुमार अवालले स्वागत भाषण गर्दै संस्थाले पारदर्शिता र आर्थिक अनुशासनलाई जोड दिएको बताउनुभयोे ।  
कार्यक्रममा संस्थाका सल्लाहकार राम अवालले संस्थाले समुदायको उत्थानका लागि कार्य गरिहेको बताउनु भयो । लेखा सुपरिवेक्षण समितिका संयोजक संजय शाक्यले आ.व. २०८१ ।२०८२ को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गर्नभयो । संस्थाका सचिव  सुरेन्द्र राजचलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र संस्थाका कोषाध्यक्ष सजना चित्रकारले संस्थाको आव २०८१।०८२ को आर्थिक प्रतिबेदन र आव. २०८२। ०८३ को अनुमानित बजेट प्रस्तुत गरि सभाबाट पारित गरियो ।  
कार्यक्रममा प्रमुख अतिथि रामभक्त अवालले संस्थाका असल ऋणी शिवराम साँयजु र असल बचतकर्ताहरु सत्यलक्ष्मी अवाल, हरिकृष्ण अवाल, कृष्णदेवी मूलगुठी, लक्ष्मण अवाल र पूणवीर गैडालाई मायाको चिनो दिइ सम्मान गरिएको थियो ।          
संस्थाका ७० बर्ष नाघेका जेष्ठ सदस्यहरु मंगल माया मुलगठी, विष्णुकेशरी बैद्य, लक्ष्मी अवाल, कृष्णदेवि शिल्पकारलाई दोसल्लाह ओढाई सम्मान  गर्नकोे साथै एसईई २०८१मा उतीर्ण  शेयर सदस्य तथा शेयर सदस्यका  छोराछोरीहरुलार्ई सम्मान गरिएको थियो । 
कार्यक्रममा भक्तपुर महोत्सव २०८२ मा बेखाल साकोसद्धारा प्रदर्शित जंको कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकी सत्यलक्ष्मी अवाललाई दोसला ओढाई  प्रमुख अतिथिले सम्मान गर्नुभयो ।  कार्यक्रम संस्थाका ब्यवस्थापक रमेश प्रजापतिले  सञ्चालन गर्नु भएको थियो । आजै  संस्थाको १८औं स्थापना दिवसको सुखद अवसरमा संस्थाको प्रांङ्गण बेखाल टोलमा दीपावलि गरियो । 
 

फाेटाेमा हेर्नुहाेस्...

सकियो बेखाल बचतको १८ औं वार्षिक साधारणसभा 

Comments