सहकारी ऐन नियमभित्र रही काम गरे कहिले सहकारी नविग्रने
कार्तिक २९, २०८२, शनिबार | साँझ ०६:१४ बजे | 785
भक्तपुर, २९ कार्तिक । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को ते¥हौं साधारण सभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष श्री उकेश कवाँको प्रमुख आतिथ्यतामा थापा पार्टी प्यालेस सूर्यविनायकमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि कवांले ते¥ह बर्षमा धेरै टिठामिठा अनुभव संगालेको बताउँदै सहकारी ऐन नियम भित्र रहि काम गरे कहिले सहकारी नविग्रने बताउनुभयो । उहाँले सत्र हजार सहकरी जोखिममा रहेको बताउँदै बचत तथा ऋणमा मात्र सिमित नरहि समुदायमा आधारित सहकारी भएकोले सामाजिक कृयाकलापहरु गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी तल्लो वर्गको पहुच भएको संस्था भएकोले धनीहरुलाई सदस्य बनाउन नहुने बताउँदै उनीहरुको लागि बैंक रहेको बताउनुभयो । उहाँले सहकारीले पैसा खर्च गरेर दिएको तालिम सदुपयोग गरी व्यवसाय संचालन गरे स्वरोजगार बन्ने बताउनुभयो । उहाँले नौ करोड रुपैंया बैंकमा डिपोजित गरी तरलता कायम गर्दा सदस्यहरुलाई उचित प्रतिफल दिन नसक्ने बताउँदै निक्षेप संकलन कम गर्ने र करोडभन्दा बढी ऋण नदिन अनुरोध गर्नुभयो । उहाँले ५२ करोड भन्दा माथि कारोबार भएकोले आर्थिक विशेषज्ञहरुको सल्लाहमा काम गर्न र आत्मविश्वासका साथ सिकेर काम गर्न अनुरोध गर्नुभयो । उहाँले खराब ऋण हुन नदिन ऋण अनुगमन गर्नुपर्ने बताउँदै नियम कडा गरे जोखिम कम हुन्छ भन्नुभयो । उहाँले चीनमा सहकारीहरु मिलेर कृषि क्षेत्र लगानी गरेको सफलताहरु सुनाउँदै यहाँ पनि आदर निकेटन लगायत स्थानमा लगानी गर्न सुझाउनुभयो । उहाँले आलोचनादेखि नडराई सदस्यहरुको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार एवम् भक्तपुर जिल्ला बक्सिङ्गका रामकृष्ण प्रजापतिले २०७२को महाभुकम्प, कोरोना, आर्थिक संकट र त्यसपछि भाद्र २३ र २४ गतेको नयाँ पुस्ताको आन्दोलनले सबैको व्यापार व्यवसाय चौपत पारेको बेला ४१ लाख भन्दा बढी नाफा बनाउन सक्नु व्यवस्थापक र संचालकको मिहनेतले भएको बताउँदै समुदायमा आधारित सहकारीले सामाजिक कार्यहरु भक्तपुर महोत्सबमा लाखौं खर्च गरी जगातिमा ध्वाका बनाउनु र स्टल राख्नु, जगातिदेखि हनुमानघाटसम्म बृक्षारोपण गर्नु, जनगायक एवम् बरिष्ठ संगितकार रामेशको पुस्तक परिसंबाद कार्यक्रम, सरसफाई, डेँगु रोकथाम, तालिम, बाल, जेष्ठ सम्मान, आलोक कृषि सहकारीसंग संस्थागत सहकार्य जस्ता महत्वपूर्ण कार्यहरु भएको बताउनुभयो । उहाँले सहकारीलाई समिक्षा गर्ने महत्वपूर्ण मापन भएको पल्र्स विश्लेषण भएकोले त्यस अनुसार सदस्यता, बृद्धि, तरलता र ऋणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ऋण दिँदा ऋणीको चरित्र, तिर्नसक्ने क्षमता, धितो, पूँजी र अवस्थाको विश्लेषण गरीमात्र ऋण दिँदा खराब नहुने बताउनुभयो । उहाँले साधारण सभा भनेको विगतको समिक्षा गरेर सदस्यहरुको उत्सब भएको बताउँदै सदस्यहरुको हितमा बार्षिक योजना, नीति तथा कार्यक्रम र बजेत बनेको छ छैन छलफल गर्ने भएकोले लाभांश र उपस्थिति भत्ता लिएर जानु भन्दा कार्यक्रममा छलफलमा सहभागी हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार एवम् मोर्डन स्कूलका संस्थापक फाउण्डर बाबुकाजि कसपालले समाजमा उपयुक्त कार्यक्रमहरु ल्याई बचत कर्ता उचित प्रतिफल दिनुपर्ने र सहि सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ भक्तपुरका सुलोचना दुवालले यो सहकारी ते¥ह बर्षको युवा भएकोले सम्हालिनुपर्ने बताउँदै कला संस्कृतिको उत्थानमा केदारनाथ सकोसको योगदान स¥हानीय भएको बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी नारालाई सार्थक बनाउन सामुदायिक सहकारीहरुमा शुद्धिकरण गर्दै जानुपर्ने र निजि स्वार्थमा खोलिएको सहकारीमा देखिएको समस्या र शासक दलका ठूला राजनीतिक दलका नेताका कारण सहकारीलाई हेर्ने दृष्टिकोणमा नकारात्मक सोच पलाएको छ भन्नुभयो ।
कार्यक्रमा कोषाध्यक्ष साजन कसपालले आर्थिक प्रगतिको पक्षमा बोल्नु भयो भने व्यवस्थापक दयाराम तजलेले स्वागत मन्तव्य दिनुभयो ।
छलफल सत्रबाट सचिव कृष्णराम चौगुठीको प्रगति प्रतिवेदन, कोषाध्यक्ष साजन कसपालको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका सृजना श्रेष्ठको बार्षिक प्रतिवेदन सर्वसम्मतले पास गरियो भने राजभाई तजलेको नेतृत्वमा सात सदस्यीय संचालक समिति र लेखा सुपेरिवेक्षण समिति सृजना श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति निर्वाचित गरी निर्वाचत समितिका संयोजक सबनम अधिकारीले सपथ गराउनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...
