‘नानीहरुलाई पनि तपाई भनी सम्वोधन गरौं’
कार्तिक २८, २०८२, शुक्रबार | राति १०:०८ बजे | 100
भक्तपुर । एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले ससाना नानीबाबुहरुलाई पनि तपाई भनी सम्वोधन गर्न सवैसँंग आग्रह गरेका छन् । शुक्रबार स्कुलमा कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुसँंग भएको छलफलमा प्रिन्सिपल राजभण्डारीले अहिले नानीबाबुहरुले पनि आफनो आत्मसम्मान खोज्ने भएकाले बराबरी हैसियत दिनुपर्ने आवश्यकता औंल्याए । अहिलेका नानीबाबुहरुलाई कक्षामा पढाउँंदा एकछिन घुरेर पनि हेर्न नहुने भएको छ, उनले भने, उनीहरुको आत्मसम्मानमा थोरै मात्रै पनि ठोस पुग्ने काम गरयो कि उनीहरु प्रतिवादनमा आउने गर्दछन् । अभिभावकलाई सानो लागे पनि नानीबाबुहरुलाई त्यो ठूलो विषय हुन सक्नेतर्फ पनि ध्यान दिनुपर्ने उनको कठन थियो ।
कार्यक्रमका स्कुलका एकेडेमिक कोअर्डिनेटर संगीता किवाछें बनेपालीले आफनो स्कुलले विद्यार्थीको पढाईका अलावा संस्कारलाई पनि विशेष ध्यान दिएको जानकारी गराइन् । पढाईसँंगै संस्कारयुक्त शिक्षा दिनु आजको आवश्यकता रहेको र यही आवश्यकतालाई मध्यनजर गरी स्कुल विद्यार्थीको सर्वांगिन विकासमा लागिपरेको उनले सुनाइन् ।
उनले भनिन्, अहिले आमाबुबालाई आफनो घरमा कोही पाहुना आउँंदा ससाना छोराछोरीलाई नमस्कार गर भनेर नमस्कार गर्न लगाउनुपर्ने आवश्यकता पर्न थालेको छ । यो विषय सानो भए पनि भोलि बजारमा यसैका विषयमा चर्चा हुने भएकाले विद्यार्थीलाई संस्कारयुक्त शिक्षा दिनुपर्ने भएको उनको भनाई थियो । कार्यक्रममा संस्कारयुक्त शिक्षाका लागि स्कुलले गरिरहेको विभिन्न कार्यक्रमहरुबारे उनले जानकारी गराएकी थिइन् । साथै यसमा साथ दिन अभिभावकहरुले खेल्नुपर्ने भूमिकाबारे पनि जानकारी दिंदै उनले हातेमालोका लागि अपिल गरिन् ।
फाेटाेमा हेर्नुहाेस्...
