तामाङ चलचित्र ‘काख्रे’को ‘ङाला जोवन’ गीतको भिडियो सार्वजनिक


माघ २६, २०७७, सोमबार | दिउँसो ०२:०५ बजे | 15


काठमाडौं । तामाङ चलचित्र ‘काख्रे’को ‘ङाला जोवन’ गीतको भिडियो विशेष पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।
अहिलेका युवापुस्ता के चाहान्छन ? उनीहरुको रहनसहन, उनीहरुको लवाइ खुबाइ, उनीहरुको चाल चलन र उनीहरुको मुख्य समस्या के हो त ? यसै विषयलाई मध्यनजर गर्दै अहिलेका युवा पुस्ताले रोजेको, खोजेको र चाहेको कथालाई पर्दामा उतार्न खोजिएको छ चलचित्र ‘काख्रे’मा ।
विशेषगरी नारीलाई बजारको हतियार बनाएर आफु धनको राजा हुने सपना बोक्ने स्वार्थी पुरुषहरुको भण्डाफोर गर्दै त्यहि नारी शक्तिबाट पुरुषहरुको त्यो स्वार्थ र घमण्ड नस्ट हुन्छ भन्ने सन्देश बोकेको कथाकार रितुराज पाख्रिन बताउँछन् ।
त्यस्तै चलचित्रका निर्देशक रोशन फ्युवा तामाङले– ‘तामाङ चलचित्र निर्माण तथा प्रदर्शन गरेको २५ औ बर्ष मनाईसक्यो । यो अवधिमा १५० भन्दा बढी तामाङ चलचित्र निर्माण गरिसकेको छ । चलचित्र निर्माण आफैमा कठिन कार्य हो । मैले चलचित्र निर्माण गर्न लागेको धेरै भएको छैन । २०६९ सालमा ल्हाप्साङकार्पो निर्माण गरी दोस्रो तामाङ चलचित्र तथा म्युजिक अवार्ड मा जुरी एवार्ड जिते पछि अन्य चलचित्र निर्माण गर्न हौसिएको हुँ उनी बताउँछन् ।’ निर्देशक तामाङले तामाङ चलचित्र श्ह्याल्गर, सेम्की ताम, हिमालकी रानी, श्होङ र टु मा निर्देशन गर्नुका साथै नेपाली चलचित्र नीरफूलमा सह–निर्देशकको रुपमा काम गरिसकेका छन् ।
तामाङ चलचित्र काख्रेलाई प्रबल थिङ र आईसिङ घलानको निर्माण गर्नुको साथै नविन पुरी, शंकर पुडासैंनी र शेखर थापाको सह–निर्माण रहेको छ ।
चलचित्रमा कलाकारहरु रितुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, सिंग ब. तामाङ , प्रबल थिङ, प्रभा घिसिङ, सपना वाइृबा र कोपिला घिसिङ लगायत अन्य कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

Comments