काम चोर र कुजात नेताहरू


कार्तिक २३, २०८२, आइतबार | विहान १०:५९ बजे | 140


काम चोर र कुजात नेताहरू

कुमार लघु,ख्वप

नेताहरूले जनताहरूको सुख सुविस्ता सबै अपहरण गरे । नेताहरू कति राम्रा छन् त कोही कुजात सरकारमा गएका नेताहरू परेर जनताको सुख सुविस्ताहरू मार्ताल गरेर अपहरण गरे । नेताले आफूमात्र सोखिनमा बसेर सुख सयल उपभोग गरे । जनताले शिर उठाउन पाएन् । जहिले काम काम एक छाक खान लाउन नि समय पाउन कठिन छ । चाडपर्वमा न खानाको भोक मेटाउन सक्या छैन् छोराछोरीहरूको चाहना र युग अनुसार र पढाइ लेखाइ गर्न अझै कठिन न त यहाँ व्यक्ति स्वतन्त्रता ,व्यक्तिगत विकास, नि:शुल्क शिक्षा ,नि:शुल्क उपचार आदि लठ्ठालिङ्ग छन् । कहिले वन्दोवस्त गर्ने ? नेता चोरहरू बेमानीहरू केही हुन्दा विदेशमा उपचार गर्न जान्छन् । उपचार गर्न जहाज ,रेल सुविधाहरू लिएर उपचार गरि फर्कन्छन् । जनतालाई सुक्या रोतीको वन्दोवस्त छैन् । कसरी नेपाली समाजलाई आधुनिक समाजमा ताचि गर्न मुश्किल छ । संविधानको परिपालना खाली तल्लो जनतालाई मात्र लागू हुन्छ । माथिल्लो जनतालाई कुनै कानूनले घेरेको छैन । यता कानून तल्लो वर्गमात्र शासना गर्नलाई पालना गर्ने निकाय चोर डाँका र नियम तोड्नेहरू मात्र अगाडि छन्। अब जेन्जीहरूले यस्ता अत्याचारलाई च्यात्नु पर्छ । अपराधीहरूलाई हाकाहाकी पक्राउ गर्न लगाउने निकाय सक्रिए गर्नपर्छ । यस्ता परम्परालाई तोड्न नसकेसम्म त देश लठ्ठालिङ्ग हुनेछ । जनताले सत्कर्ममा हिड्न सिक्ने कहिले होला ? जनताले सज्जन चिन्न सकेन । चोर डाँका लुच्चा फटाहाहरूलाई मात्र चिप्लो वचन र अविश्र्वासमा विश्र्वासमा गरे आँखा चिम्लेर मत दिएकाले १००० ले मत वेचेर अयोग्य र अदूरदर्शी नेता चोर फटाहा डाँका,ज्यानमाराहरू , गुण्डा र अराजकतावादीहरूलाई मत दिएकाले जनताले दु:खमा जीवन विताउन परेको अहिले सच्चा देशभक्त र विध्यार्थीहरूको विश्लेषण छ , कुजात स्वार्थीहरूलाई जिताएकाले नै नेपालीहरूको भाग्यमा चिरा परेर अशुभ दिनहरू जनताको समय बितेकाछन् । दर्शनशास्त्रलाई र आफूले दिएको वचनलाई लगाैतीलाएर थोत्रो वचनको फर्केर पूरा नगेकाले नै वर्तमानमा जेन्जी-z ले सबै कुलाङ्गारहरूलाई पाखा लगाउन नयाँ महिला प्रधानमन्त्री , जेन्जी समर्थक मन्त्रीहरूको मन्त्री परिषद वनाएर फागुण २१ गते चुनाव घोषणा गरेको छ । जनताले पुराना अपराधी र चोर फटाहा,डाँका नक्कलि भूटानी नेपालीलाई बनाई अमेरिकामा शरणार्थी वनाई भागवण्डा खानेहरूलाई जेलमा थन्क्याउन सक्या छैन् । खोइ कसरी होला चुनाव ! यस्तै हो भन्ने त चुनाव हुन पनि शंका लाग्छ त । अहिले सरकारले अहिले देखि नै देशमा भएका जति गुण्डा गुण्डा ग्याङ्गलाई नै जेलमा बन्दी वनाउनु पर्छ । अनि नेताहरूले टहल्का मचाउन पाउने छैन् । जेलवाट भाग्यका अपराधीहरूलाई तुरून्त पक्राउ गर्न पहल गर्न पर्छ । नेताहरूलाई दिएको सेवा सुविधा सवै वन्द खारेज गर्नपर्छ । नयाँ नोट छापेर पुराना नोट क्यान्शिल गर्नु पर्ने देखिन्छ अनि मात्र उम्मेदवारहरूले पैसाको विट्टो प्रयोग गर्न पाईने छैन् । सम्पत्तिको सिमा तोक्नु पर्छ। सम्पत्ति विवरण चुनावमा उठ्नेले निर्वाचन अफिसमा बुझाउन पर्ने र सबैको वैक एकाउन्ट सिज गर्नुपर्छ । चुनावको ४ महिना अगाडि देखि नै सापती लिन नपाउने र नोटको काराेवार नै वन्देज गर्न पर्छ । यदि यसो नगरे चुनावमा भोट किनेर चुनावमा जितेर पुरानादलहरू नै संसदमा आउने निश्चित छ। २०८२/०७/२२

Comments