ख्वप बचतमा दही बनाउने तालिम सम्पन्न


कार्तिक २२, २०८२, शनिबार | राति ०७:५० बजे | 400


ख्वप बचतमा दही बनाउने तालिम सम्पन्न

भक्तपुर । बचत गरौं भविष्य बनाऔं भन्ने उद्घोषका साथ २०६४ सालमा स्थापित ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा शनिबार ब्यासीमा दही बनाउने तालिम सम्पन भयो । कार्यक्रममा  नेमकिपा २ वडा ब्यासी एकाई  समिति इन्चार्ज गणेशप्रसाद सुवालले भक्तपुरमा दही उत्पादन ब्यवसायिक रुपमा अगाडि बढीरहेको बताउदै तालिम लिइसकेपछि समूह समुह बनाई उत्पादन शुरु गर्न अनुरोध गर्नुभयो । उहाँले नेमकिपाले शिक्षाको साथै शिपमुलक आयमूलक तालिमलाई जोड दिएको र सारा जनतालाई बुद्धिजिबिकरण गर्न प्रथमत शिक्षामा जोड दिएको बताउनुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले भक्तपुरको जुजु धौले ख्याति पाउनुको तीन कारणहरु दही बनाउने प्रयोग गरिने माटोको भाडो उच्चगुणस्तरको भएको,  दहीका लागि उचित हावापानी भुसको प्रयोग हुनु, भक्तपुरको दही उत्पादन परम्परागत रुपमा हुनु र दही बनाउन चाहिने सामान  स्थानियस्तरमा उत्पादन र उपलब्ध हुनु हो भन्नुभयो । उहाँले ख्वप साकोस समुदाय आधारित संस्था भएको शेयर सदस्यहरुलाई आत्मनिर्भर र स्व रोजगार बनाउन विभिन्न प्रकारका तालिम आयोजना निरन्तर गरिरहेको बताउनुभयो ।
कार्यक्रममा महिला उपसमितिका संयोजक चण्डेश्वरी याकामी, सदस्य सुलोचना सुवाल, गंगा लाखा र प्रशिक्षार्थीकोतर्फबाट रीता  मैंया सुवालले तालिमको महत्व माथि प्रकाश पार्नुभयो । तालिम प्रशिक्षक कमला बज्राचार्यले दिनुभएको थियो । दही बनाउने तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । 
 

फाेटाेमा हेर्नुहाेस्...

ख्वप बचतमा दही बनाउने तालिम सम्पन्न
ख्वप बचतमा दही बनाउने तालिम सम्पन्न

Comments

ताजा खबर