दोङको नयाँ गीत तामाङ दोङह्राप सार्वजनिक


माघ २६, २०७७, सोमबार | दिउँसो ०१:४५ बजे | 25


काठमाडौं । तामाङ तथा सेलो गीत संगीत क्षेत्रका स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत तामाङ दोङह्राप सार्वजनिक भएको छ। ह्रिन्जेन दोर्जेको जीवनीमा आधारित उक्त गीत तिनकुनेमा एक कार्यक्रमको आयोजना गरि निर्माण पक्षले सार्वजनिक गरेका हुन।हिराकाजी लामाले लेखेका यस गीतमा स्वरसम्राट चन्द्र कुमार दोङकै संगीत रहेको छ भने स्वरसम्राट चन्द्रकुमार दोङ,वरिष्ठ गायिका ईन्दिरा गोले तामाङ,सोनिया लामा र रश्मि दोङले स्वर भरेका छन।
उक्त गीतको निर्माण सि वी लामाले गरेका हुन भने प्रयोजन रमेश खनाल र कृष्ण विजय श्रेष्ठले गरेका हुन।सम्पादनको काम जिल्ला दोर्जे लामाले गरेका छन भने सल्लाह दिनेमा मीन काजी लामा रहेका छन।

Comments