यस्तो छ राष्ट्रिय गानको विश्व इतिहास


कार्तिक २१, २०८२, शुक्रबार | साँझ ०५:५५ बजे | 280


यस्तो छ राष्ट्रिय गानको विश्व इतिहास

रत्नकुमार श्रेष्ठ र डा इन्दुल केसी
भूमिका
राष्ट्रिय गान कुनै पनि देशको गौरव, सम्मान र एकताको प्रतीक हो । राष्ट्रप्रेम, देशभक्ति र नागरिकहरुको साझा पहिचानलाई अभिव्यक्त गर्ने माध्यमका रुपमा राष्ट्रिय गानको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसले देशका नागरिकहरुमा राष्ट्रप्रेम, आत्मगौरव र देशको लागि समर्पणको भावना समेत जागृत गराउँछ । नेपालमा पनि राष्ट्रिय गानले नेपालीपन, विविधतामा एकता र स्वतन्त्रताको प्रतीकका रुपमा विशेष स्थान ओगटेको छ । 
ऐतिहासिक पृष्ठभूमि
राष्ट्रिय गानको परम्पराको शुरुवात युरोपीयन देशहरुबाट, त्यसमा पनि विशेष गरी ब्रिटेन÷इङ्ग्ल्याण्डबाट भएको मानिन्छ । तत्कालिन अवस्थामा राष्ट्रिय गानको उद्देश्य जनतामा राजा वा देशप्रति निष्ठा, एकता र देशभक्तिको भावना जागृत गराउनुको साथसाथै अभिव्यक्त गर्नु पनि थियो । वर्तमान परिवेशमा विभिन्न राष्ट्रहरुले आ–आफ्नो देश, काल, परिस्थितिअनुसार राष्ट्रिय गीत÷गान प्रयोगमा ल्याएको देखिन्छ ।
सर्वप्रथम सन् १७४५ तिर बेलायतमा राष्टिय गान गीत पहिलो पटक राजाको सम्मानमा सार्वजनिक रुपमा गाइएको थियो । यही गीतलाई बेलायतले मान्यता दिएर राष्ट्रिय गान बनेको थियो । यसै परम्पराले निरन्तरता पाएपछि अन्य देशहरुले पनि आफ्ना राजा, देश, र राष्ट्रिय एकताको प्रतीकको रुपमा राष्ट्रिय गान निर्माण गर्न थाले । बेलायतपछि फ्रान्स, स्पेन, र अन्य युरोपीयन देशहरुले पनि आफ्ना राष्ट्रिय गीत÷गान तयार गरे । समयक्रममा संसारभरका देशहरुले आफ्नो राष्ट्रिय गौरव, स्वतन्त्रता र पहिचान प्रकट गर्न राष्ट्रिय गीत÷गानलाई अँगीकार गरेको देखिन्छ । अब अन्य देशहरुको राष्ट्रिय गानको चर्चा गर्नु भन्दा हाम्रो निकटतम छिमेकी मुलुक उत्तरतिरको चीन र दक्षिणतिरको भारतको चर्चा गर्न उपर्युक्त  हुन्छ । किनकि यी दुवै देशहरुसँग हाम्रो परापूर्वकाल देखि नै अत्यन्त घनिष्ट सम्बन्ध रही आएकोे छ । अझ यी दुई देशमध्ये पनि भारतसँग खुला सिमाना भएको कारण साथै धार्मिक, साँस्कृतिक, आर्थिक, र रहनसहन समेत धेरै मेल खाने र रोटी बेटीको सम्बन्ध भएकोले भारतको राष्ट्रिय गीत÷गानको विषयमा शुरुमा चर्चा गर्न उपयूक्त देखिन्छ ।
भारतको राष्ट्रिय गान
भारतको पहिलो राष्ट्रिय गान “जन गण मन....” हो, जसलाई रवीन्द्रनाथ टैगोरले रचना गरेका थिए । भारतले आफ्नो संविधान स्वीकृत गरेको दिन सन् १९५० जनवरी २४ मा यो राष्ट्रिय गीतलाई राष्ट्रिय गानको रुपमा औपचारिक मान्यता दिई प्रयोगमा ल्याएको थियो । 
राष्ट्रिय गीतको रचना र पहिलो प्रस्तुति
“जन गण मन” पहिलो पटक १९११ डिसेम्बर २७ मा कलकत्तामा भएको भारतीय राष्ट्रिय कांग्रेसको अधिवेशनमा गाइयो । त्यस समयमा भारत ब्रिटिश शासनमा थियो, र यो गीतले सम्पूर्ण भारतीय जनता, उनका विविध धर्म, संस्कृति र भाषाको एकताको प्रतीक व्यक्त गरेको थियो । सर्वप्रथम यो गीत रवीन्द्रनाथ टैगोरले बंगाली भाषामा लेखेका थिए । यसको शीर्षक थियो–“भारतो भाग्य बिधाता” र यो गीतको अभिव्यक्ति वा मर्म यस प्रकारको छः “भारतको विशाल भूगोल–पूर्वमा बंगालदेखि पश्चिममा गुजरात, उत्तरमा हिमालयदेखि दक्षिणमा समुद्रसम्म– र त्यहाँ बस्ने जनताको ऐक्यवद्धता, गौरव र एकताको भावना व्यक्त गरिएको छ ।” यसले देशप्रेम र भारतको विविधतामा एकता ९ग्लष्तथ ष्ल म्ष्खभचकष्तथ० को सन्देश दिन्छ । 
स्वतन्त्र भारतले आफ्नो संविधान तयार पार्ने क्रममा विभिन्न गीतहरुमध्ये “जन गण मन” लाई राष्ट्रिय गानको रुपमा २४ जनवरी १९५० मा स्वीकृत गर्यो र त्यसैवेला  बंकिमचन्द्र चट्टोपाध्यायको अर्को गीत “वन्दे मातरम....्”लाई पनि राष्ट्रिय गीतको सम्मान दिइयो । यो गीत उनको सन् १८८२ मा प्रकाशित उपन्यास कृति “आनन्दमठ”बाट लिइएको थियो । “जन गण मन” लाई सम्पूर्ण रुपमा गाउन लगभग ५२ सेकेण्ड लाग्छ । यसलाई औपचारिक समारोह, राष्ट्रिय पर्वहरु जस्तै गणतन्त्र दिवस, स्वतन्त्रता दिवसको अवसरमा सम्मानका साथ गाइन्छ । “जन गण मन...” को देवनागरीमा मूल पाठ यस प्रकारको छः
जन गण मन अधिनायक जय हे,
भारत भाग्य विधाता ।
.....................
जय हे, जय हे, जय हे,
जय जय जय जय हे ।।

त्यसरी नै भारतको राष्ट्रिय गीत “वन्दे मातरम...”को बोल यसप्रकारको छः–
वन्दे मातरम् !
सुजलां सुफतां मलयजशीतलाम्,
...............
सुखदां वरदां मातरम् ।
वन्दे मातरम् ।।
यी माथि उल्लेखित भारतको राष्ट्रिय गान र राष्ट्रिय गीतको आ–आफ्नै महत्व र विशेषता छ । जसअनुसार राष्ट्रिय गानले राष्ट्रको एकतालाई झल्काउँछ भने राष्ट्रिय गीतले मातृभूमिप्रतिको अगाध माया, ममता र भक्तिभाव दर्शाउँछ । 
चीनको राष्ट्रिय गानको पृष्ठभूमिः
चीनको राष्ट्रिय गान अंग्रेजीमा “ःबचअज या तजभ खयगिलतभभचक” हो भने नेपालीमा अर्थ लगाउँदा  “स्वयमसेवक सैनिकको मार्च” भन्न सकिन्छ । यसका गीतकार तियान हान ९त्ष्बल ज्बल० हुन । यो गीत सन ्१९३५ मा बनेको हो, जब चीनमा जापानी आक्रमणको खतरा बढदै थियो । तर सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना हुँदा यो गीतलाई अस्थाई राष्ट्रिय गान बनाइयो । यो गीत मूलरुपमा “ऋजष्मिचभल या त्चयगदभिम त्ष्mभक” भन्ने देशभक्तिपूर्ण चलचित्रका लागि लेखिएको थियो । त्यस समयमा चीनमा जापानी साम्राज्यवाद विरुद्धको प्रतिरोध आन्दोलन बलियो बन्दै गईरहेको थियो । र यो गीतले राष्ट्रिय एकता, साहस र स्वतन्त्रताको भावना जगाएको थियो । गीतका शब्दहरु देशभक्ति र प्रतिरोधको प्रतिक बने, जसको नेपालीमा अनुवादित भावार्थ यसप्रकार छः
उठ, जो दास बन्न अस्वीकार गर्छौ !
हाम्रो रगतले नयाँ पर्खाल निर्माण गरौँ !
सन् १९६६–१९७६ को साँस्कृतिक क्रान्ति कालमा गीतका लेखक तियान हानलाई “दक्षिणपन्थी” भनेर जेलमा राखिएको कारण यो गीत केहीबर्षको लागि प्रतिबन्धित पनि भयो । सन् १९८२ मा औपचारिक रुपमा संविधानमा समावेश गरी चीनको स्थाई राष्ट्रिय गान घोषित गरियो । यो गीतको प्रतीकात्मक अर्थ– स्वतन्त्रता, देशप्रेम, र अत्याचारविरुद्धको विद्रोहको प्रतीक । जनताको ऐक्यबद्धता र देशको रक्षा गर्ने अटुट संकल्पको झल्को । आज पनि चीनमा विद्यालय, खेलकुद, तथा राष्ट्रिय समारोहमा यो गीत गाइन्छ ।
चिनियाँ राष्ट्रिय गानको नेपालीमा अनुवाद 
उठ ! जो दास बन्न चाहँदैनौ, ती मानिसहरु !
हाम्रो रगतले नयाँ पर्खाल निर्माण गरौं ’

चिनियाँ जाति अहिले सबैभन्दा खतराको घडीमा पुगेको छ,
हरेक जनले अन्तिम गर्जन निकाल्नुपर्छ !
उठ !  उठ !   उठ !
हामी लाखौँ जन एकचित्त भएर,
शत्रुको तोपगोला र आगो पार गर्दै अगाडि बढ्छौँ !
शत्रुको तोपगोला र आगो पार गर्दै अगाडि बढ्छौँ !
अगाडि बढ ! अगाडि बढ ! अगाडि बढ !

यो गीतले चिनियाँ जनताको एकता, साहस र स्वतन्त्रताको भावना अभिव्यक्त गर्छ । सन् १९८२ देखि यो स्थायी राष्ट्रिय गानका रुपमा चीनको संविधानमा समावेश गरिएको छ ।
राष्ट्रिय गान–राष्ट्रको ह्रदयको स्पन्दन हो । यो केवल एउटा गीत मात्र होइन, त्यो इतिहासको साक्षी हो । जहाँ राष्ट्रले आफ्नो आत्मा पाएको हुन्छ ।
भारत र चीन–यी दुई देशका राष्ट्रिय गानहरुले संसारलाई सिकाउँछन् कि साँचो देशभक्ति केवल शब्दमा मात्र होइन, त्यस्तो भावना हो जसले जनतालाई उठन्, एक हुन्, र अघि बढ्न अभिप्रेरित र प्रोत्साहित गर्छ ।
नेपालको राष्ट्रिय गीत÷गान 
अब राष्ट्रिय गान सन्दर्भमा हाम्रो देशको राष्ट्रिय गीत÷गानको चर्चा गर्न सान्दर्भिक होला । “हटि हैन डटि लड्ने नेपालीको बानी हुन्छ” भन्ने गीत नेपालको पुरानो देशभक्तिपूर्ण गीतहरुमध्ये नेपाली जनताले बढी रुचाएको देशभक्तिपूण गीत हो । यो गीतले नेपालीहरुको वीरता, अदम्य साहस र अडानको भावना व्यक्त गर्दछ । यसले राष्ट्रिय गीतको रुपमा मान्यता प्राप्त गरेको छैन । तर देशभक्तिको प्रतिकात्मक गीतको रुपमा विद्यालयदेखि सैनिक कार्यक्रमहरुमा गाइने चलन भने थियो । यसका रचनाकार गोपालप्रसाद रिमाल हुनुहुन्थ्यो । 
सन्देश र अर्थः
यो गीतको मुख्य सन्देश यो हो कि नेपालीहरु कहिल्यै पनि डराएर वा पछि हटेर होइन डटेर लडने जात हुन् । “हटि हैन डटि लडने नेपालीको बानी हुन्छ” भन्ने वाक्याँशले साहस, दृढता र वीरताको चरित्र प्रकट गर्दछ । साच्चै भन्ने हो भने यो गीतले नेपालको इतिहासमा युद्धभूमिमा देखिएको गोर्खाली वीरता र राष्ट्रिय गौरवको स्मरण गराउँछ । सैनिक तालिम, राष्ट्रिय समारोह र विद्यालय कार्यक्रममा यो गीतले युवाहरुमा देशप्रेम र देशप्रतिको समर्पणको भावना जगाउँछ ।
 “गाउँछ गीत नेपाली ज्योतिको पँख उचाली, जय जय हे नेपाल सुन्दर शान्त विशाल” यो गीतलाई पुरानो राष्ट्रिय गीतको रुपमा पाउछौँ । राजतन्त्रको समयदेखि नै यो गीत अर्ध–आधिकारिक राष्ट्रिय गीत ९त्तगबकष् ल्बतष्यलब िक्यलन० का रुपमा प्रयोग हुँदै आएको थियो । यसका गीतकार÷रचनाकार चक्रपाणी चालिसे हुनुहुन्थ्यो भने संगीतकार बृन्दाबहादुर मल्ल हुनुहुन्थ्यो । यो गीत सन् १९५० (वि.सं. २००७ पछि) प्रचलनका आएको मानिन्छ ।
राष्ट्रिय गीतको सन्देश र अर्थः
“गाउँछ गीत नेपाली ज्यातिको पँख उचाली, जय जय हे नेपाल सुन्दर शान्त विशाल”  भन्ने पङ्क्तिले नेपाली नागरिकहरु गौरवका साथ आफ्नो पहिचान र संस्कृति उजागर गर्दै अघि बढने भाव व्यक्त गर्दछ । यो गीतले नेपालको साँस्कृतिक एकता, स्वतन्त्रता, साहस र सम्मानको भावना अभिव्यक्त गर्नुको साथसाथै नेपालको वीर योद्धा, सुन्दर प्रकृति, सुसंस्कृत समाजको चित्रण पनि गर्दछ ।
यो गीतले नेपालको राष्ट्रिय भावना र पहिचान उजागर गरेको छ । राजसंस्थाको प्रत्यक्ष प्रशंसा नगरी,  सम्पूर्ण नेपालीहरुको गौरव र सभ्यतालाई उचो स्थान दिएको छ । त्यसैले,  लामो समयसम्म “राष्ट्रिय भावना बोकेको गीत” भनेर सबैले आदरपूर्वक गाइँदै आएको छ ।
निष्कर्ष
माथि उल्लेखित दुवै गीतले नेपालीहरुको वीरता, देशभक्ति र राष्ट्रिय पहिचानलाई उजागर गर्छन् । पहिलो गीतले साहस र वीरताको आत्मा व्यक्त गर्छ भने दोस्रो गीतले संस्कृति, एकता र राष्ट्रिय गौरवको प्रतिक हो । यी दुवै गीतहरुले नेपाल र नेपालीको आत्मगौरव, इतिहास र पहिचानलाई उजागर गर्ने अमूल्य राष्ट्रिय सम्पदाका रुपमा स्थान पाएका छन् ।
नेपालको राष्ट्रिय गानको पृष्ठभूमि अत्यन्तै रोचक र ऐतिहारिक रुपमा महत्वपूर्ण छ, किनभने यसले राजतन्त्रबाट गणतन्त्रमा रुपान्तरण भएको नेपालको राष्ट्रिय चेतनालाई प्रतिनिधित्व गर्छ । नेपालको पुरानो राष्ट्रिय गान “श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापि भूपति” हो । यसका रचयीता चक्रपाणी चालिसे हुन् । संगीतकार बृन्दाबन्धु आले हुन । यो गान वि.स.२०१९ मा राजा महेन्द्रको शासनकालमा आएको हो । यसले राजालाई स्तुति गर्ने भाव बोकेको थियो । गानको बोलबाट नै देशको प्रतीक राजा हुन् भन्ने धारणा प्रस्ट देखिन्छ । किनकि त्यसबेला नेपालमा राजतन्त्र थियो, त्यसैले गान पनि राजा केन्द्रित थियो ।
वि.सं. २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन पछि नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भयो । त्यसपछि पुरानो गान “श्रीमान् गम्भीर नेपाली” राजसंस्थासँग जोडिएको कारण, नयाँ गणतान्त्रिक नेपालको भावना प्रतिबिम्बित गर्न सक्ने नयाँ राष्ट्रिय गान आवश्यक ठहरियो । अनि सरकारद्वारा २०६३ सालमा नयाँ राष्ट्रिय गानका लागि खुल्ला प्रतियोगिता घोषणा गरियो । देशभरबाट सयौंँ गीतहरु सङ्कलन गरिए । तिनमध्ये प्रदीपकुमार राई (ब्याँस राई) द्धारा  लेखिएको “सयौँ थुँगा फूलका हामी” छनोट भयो । यसको संगीत प्रख्यात संगीतकार अम्बर गुरुङ्गले दिए । यो नयाँ राष्ट्रिय गान नेपाल सराकार, मन्त्रिपरिषद्ले मिति वि.सं. २०६३ असार २१ गते् स्वीकृत भएको घोषणा गर्यो । त्यसपछि यो गीत नेपालको आधिकारिक राष्ट्रिय गान भयो ।
सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची–महाकाली।
प्रकृतिका कोटी–कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
यो नयाँ राष्ट्रिय गानले नेपालको विविधता, स्वतन्त्रता, राष्ट्रिय एकता र समृद्धिको प्रतीकात्मक अभिव्यक्ति गर्छ । नयाँ गानमा राजा वा कुनै व्यक्ति होइन, सम्पूर्ण नेपाली जनताको पहिचान केन्द्रमा राखिएको छ । यसले नेपालको पहिचानलाई लोकतान्त्रिक र समावेशी भावनामा बाँधेको छ ।
गानाको भावार्थ यसप्रकारको छ ः–
१. “सयौँ थुँगा फूलका” भन्ने शब्दले नेपालमा रहेका विविध जात, भाषा, धर्म, संस्कृति, भौगोलिक क्षेत्र र परम्पराहरुलाई जनाउँछ । यहाँका मानिसहरु विविध रङ्का फूलहरुजस्तै फरक–फरक रुप, संस्कृति र सोचका धनी छन् । ती सबै फूलहरु एउटै माला (राष्ट्र) मा गुथिएका छन् भन्ने अर्थमा प्रयोग गरिएको हो ।
२. “हामी एउटै माला नेपाली” एकताको प्रतीक हो । गीतको दोस्रो पङ्क्ति “एउटै माला नेपाली” ले स्पष्ट पार्छ किः हामी फरक थुँगा (व्यक्तिहरु) भए पनि एउटै मालामा गुथिएका नेपालीहरु हौँ । यो एकता कुनै एक जात, धर्म वा वर्गको होइन–सम्पूर्ण नेपाली जनताको साझा पहिचान हो ।
३. विविधतामा एकता ९ग्लष्तथ ष्क म्ष्खभचकष्तथ०ः नेपालमा हिमाल, पहाड र तराईका मानिसहरु, विभिन्न भाषा र धर्मका समुदायहरु छन् । तर ती सबै मिलेर “ एक सम्पूर्ण राष्ट्र–नेपाल” बनाउँछन् । त्यसैले “सयौँ थुँगा फूलका हामी” शीर्षकले विविधतालाई स्वीकार गर्दै एकताको सौन्दर्य देखाएको छ ।
४. राष्ट्रिय भावना र आत्मगौरवको अभिव्यक्तिः यो शीर्षकले देशभक्ति र आत्मगौरवको भावना पनि जगाउँछ । यसले नेपालीहरुलाई सम्झाउँछ कि हामी सबै मिलेर बनेको राष्ट्र स्वतन्त्र र सार्वभौम छ । कुनै एक फूल (व्यक्ति÷समुदाय) मात्र नभई सबैको सहभागिताले देश सुन्दर र सशक्त बन्छ ।
५. “फूल” सौन्दर्य, शान्ति र प्रेमको प्रतिक हो । “माला” एकता, बन्धन र साझा पहिचानको प्रतीक हो । त्यसैले “सयौँ थुँगा फूलका हामी” शीर्षकले भन्न खोजेको हो ः “ हामी सबै नेपालीहरु फरक–फरक भएर पनि एउटै देशको माला हौँ–नेपाल”
(यो लेख तयार गर्नको लागि सन्दर्भ सामाग्रीको रुपमा नेपालको संविधान, गुगल सर्च, र चाट जिपिटिको आधार लिइएको छ ।)
थप सुझवको लागि ः ९८४१३३४११३, ९८४१३४९३१९ 
 

फाेटाेमा हेर्नुहाेस्...

यस्तो छ राष्ट्रिय गानको विश्व इतिहास

Comments