जो चाेर उसैको ठूलो स्वर


कार्तिक २१, २०८२, शुक्रबार | विहान ०९:३४ बजे | 115


जो चाेर उसैको ठूलो स्वर

कुमार लघु,ख्वप

यहाँ जो जोगि अरआए पनि कानै चिरेका भन्नेमात्र ने जस्तै भैरहेकाछन् । हात मुख नभए कोही छैन् भनाईको अर्थ सबैले नि खर्चेर खाने ढिल्ला सुस्ती गर्ने गर्नु पर्नेकाम नगर्नु ,नगर्ने अपराधीहरू लुक्ने र विदेश भाग्ने गरिरहेछन् त कुनै स्वास्थको उपचार र अन्य कारणले बिस्तारै बिस्तारै समस्या होलो गरेर जन आक्रोश स्थिल पार्ने जुक्ति जताततै खोजिरहेकाछन् । मानाै सुदन गुरूङ्गले नै हालको गृहमन्त्री को राजीनामा मागिरहेको कुरा फेसबु्कमा यत्रतत्र देखिन थालेकाछन् । यो के करणले राजिनामा मागे होला विचारणिय छ । पार्टीहरू खासै भन्ने नै हो भन्ने पार्टी नियम नीति,सिध्दान्तमा र वादको घेरा भित्र बसेर चल्नु पर्छ र चलाउन पर्छ । व्यक्तिगत मत्वाकाँक्षीले पार्टी चलाउनेहरूको पार्टीले व्यक्तिगत ,परिवारको र समूहको थोरै हितमा चल्ने पार्टीमा नलाग्दा हुन्छ । यी एकता भनाउँदाको एक पटक फर्केर ती त्यस्ताहरूको इतिहास हेर्नुस् क्षणिक र सानो हितको फाईदा खोजेर स सानो ढल नाधेर आएर बनेका नेताहरू हुन् । अहिले नै हेर्नुस् । कति दु:ख जनताले खाई आएको पार्टीलाई परित्याग गरेर र अरूलाई लातहानेर आएको पार्टीका गद्दार ,डाँका र चोर आरोपको खण्डण गर्न नसकेर उम्किएकाहरूको डफा हो । यी डफाका वुढो वाघ जहिले अध्यक्ष,संयोजक र पार्टीकाे उच्चपदको लोभिहरू हुन् । कुनै पनि पार्टी भनेको सिध्दान्त र रावनीतिले निर्देशनले र दर्शनले पथ प्रदर्शन गरेर अनुसार चल्ने हुनुपर्छ । पार्टीको नियम,नीति,सिध्दान्त र दर्शनको विपरित जाने र हिडेको अध्यक्ष,सल्लाहाकार र संयोजकहरूलाई पार्टीको सदस्यता मानेर बस्नु हुन्दैन् । अहिले जति पनि नयाँ पार्टी खोलेर आएकाछन् । जनताको रगत मासु र देशको सम्पत्ति चुस्न र लुटपाट गर्नलाई पुराना पार्टीहरूको जस्तै सिको गरेर आएका हुन कि जस्तो लाग्या छ । नगर्नेहरू भए त पार्टी सिष्टममा आएकाहरूलाई स्वागत छ । नयाँ पार्टीहरू जन मानसमा पहिले जनताको निम्ति काम गर्नु प-र्यो र जनतासित घुलमिल गरेर जन सेवाको कामहरू गर्नु प-र्यो नि अहिले त विचैमा आएर माझामा आएर तातो लिने भन्या जस्तै गरेर चुनावमा मत लिन र स्वार्थ पहिले पूर्ति गर्ने भयो । ल हो होईन् तपाईहरूले नै विचारहरू दिनु लिनुस् । जनताहरू एकदम सिपालु हुनुपर्छ । चुनावमा आउनेहरू सबै विच्छि स्वभावका हुनेछन् । अहिले कति अराजकतावादीहरू निर्वाचनमा आउने छन् जनताहरूले घुस खाएका, भ्रष्टाचार गरेका पार्टीमा र सिध्दान्त हिन पार्टीका नेता कार्यकर्ता र उम्मेदवारहरूलाई जिताएमा फेरि अराजकतावादीहरूले नै चुनाव जित्नेछन् । चुनावमा मतहौ किन्नलाई प्रसस्त पैसा खर्च गर्ने छन् ।पैसाले मत भोट दिनु हुन्दैन् मत किनेर चुनावमा जनताको काम भनणदा नि व्यक्तिगत रूपले नै पैसा कमाउने वाटोमा लाग्नेछन् अहिले नै सोच्नु होला । त्यस्ता उम्मेदवारहरूलाई कहिले मत दिनु हुन्दैन् । समाज सेवी ,देशभक्त पार्टीले समर्थन गरेका पार्टीका र जनताको निम्ति काम गरेकोहरूलाई जिताएमा अराजकतावादीहरूले माैका पाउने छैन् । सिध्दनन्त हिनहरूलाई मत दिनु बेकार हुनेछ । वर्तमानमा आठ बूढो बाघहरू अब हामी देशको सिँगो नम्वर वान पार्टी हुने भयो भनी हुँकार गर्न थाल्यो । यही हो जो चोर उसैको ठूलो स्वर भनेको है । चोर र सिध्दान्त हिनहरूलाई हराउने अबको चुनाव हुनुपर्छ । अन्तमा भेडातिर र पूँजिवादीहरू एकातिर हुन्छ । देशको सच्चा कम्युनिष्ट देशभक्तहरूलाई चुनावमा जिताउने काम सच्चा जनताको हुन्छ । देशलाई सत्तमार्गमा हिडाउने अभिभारा पनि जनताको हो । यही कामना गरि लेख टुङ्ग्याउँछु । धन्यवाद , २०८२/०७/२१ गते

Comments