भेडा भेडातिर ....


कार्तिक १९, २०८२, बुधबार | साँझ ०५:४४ बजे | 75


भेडा भेडातिर ....

कुमार लघु,ख्वप

थाहा पाउनु भयो ? भेडा भेडातिर बाख्रा बाख्रातिरको उखान ...

,हालै जङ्गलवाट निस्केर नेता कार्यकर्ता वनेको नेता कार्यकर्ता भनाउँदाहरू न्कक्लि नागका शाखिनहरू पटन र जनतालाई छलछाम गरेर सत्तामा पुगेर सत्ता र भत्ता खाई हृष्ट पुष्ट वनेका ५ हजार जनता र निर्दोष्हरू मारेको जिम्मा लिएका नेता आफुले १० वर्ष जन युध्द गरेको र शश्त्र युध्द गरेर जोगाएक‍ पार्टी परित्याग गरि समाजवादी पार्टी न्याँ नामाकरण गरि आठ वटा पार्टी एक भएको स्वाङ्ग रचेर सफलताको ध्वाझ्ग फुकेर जनतालाई फेरि छलछाम गर्न मैदान जनाई अगाडि वढेकाछन् । हेर्नुस घुर्तहरू आफू सुरक्षित भएपछि भविष्य कसैको हेर्दैन् । त्यसैले नै स्वार्थी भनेको हो ।

जहिले आफ्ना, आफ्ना पार्टी र सानो स्वार्थको पछि लाग्छ । यी जुन एकता भएर अगाडि आएकाहरू छन् गासेगुसे एकै नासेका नेता र कार्यकर्ताहरू हुन् । यिनीहरूलाई मत भोट ज्यान गए लिनु हुन्दैन् । जनताले यस्ता खुखार भ्रष्टाचार र देशलाई वेच्ने सार्वजानिक सम्पत्ति ध्वस्ट वनाउन हुनेलाई कुनै पनि उच्च पद र ठाउँमा पठाउनु बेकार हुन्छ । जीवन र समयको वर्वाद हो । यिनीहरू खान लाउन त सबै विदेशी सवादको पा,खीहरू हुन् । खादा खानाहरू जिब्रोले नछुनेगरी खान पल्किसकेका जन्तुहौ हुन् है निकै होशियारी गर्नु पर्ने टाठाबाठा जङ्गलको शेर शहरमा पसेर सर्वसाधारणलाई थान्को लगाउन अझै एक भएका हुन् है । नक्कली कम्युनिष्टहरू र अराजकतावादीहरूले जनताको मन मात्र चोर्न जानेको हुन्छ जनताको हितको कुनै मतलव राख्ने छैन् । यिनीहरूको विचार डुङ्गा खियाउन्दै अगाडि वढ्ने भन्या जस्तै मात्र हो ।

यिनीहरूको इतिहास र पाईला मेट्दै गरे पनि कुनै मतलव राख्ने नेता र कार्यकर्ताहरू होईन् । अब क्रान्ती गराैला समाजवाद ल्याउँलाहरूको के छाट भयो होला आ आफै सोच्नु होला । उवेला त्यो नेता र कमाण्डरको आदेश र निर्देशन पालना गरेर युध्दमा खटेर अंङ्गभंङ्ग र ज्यान अर्पण गरेकाको स्थितिलाई नजर अन्दाज लगाउनुस् । कस्तो छातीमा असर प-र्यो होला । यो हो क्या कुरा कुनै देशमा एक पुस्ताले आन्दोलनले समाजवाद आउने छैन् जुगाैजुग लाग्ने छ है सच्चा क्रान्तिकाहरू कहिले पनि ठूलो कुरा सजिलोसित प्राप्त हुने छैन् । त्यसैले नेताहौरूलाई १००% झुठ बोल्ने भनेर भनेका छन् । कति साँचिकै आन्दोलन गरेर जनताको हितको निम्ति दु:खकष्ट गर्ने नेताहरूले जठाभावि बोल्ने छैन् ।

सोच विचार र धेरै नै अभ्यास गरि जनतालाई परिपक्को वनाएपछि मात्र परिणामको अड्कलवाजी गर्ने छन् । जनताहरू र जनताका आँखा दूरविनसरि भनेको अनुसार हेरेर अध्ययन गरेर मात्र आफ्ना काम काज र मत वा भोट दिने निर्णय गर्नु पर्ने छ अझै खुखारहरूलाई हाम्रो मत दिनु हुन्दैन् । अधिकार दिनु गलत हुन्छ । यिनीहरू खोल्ला त-र्यो लाैरो बिर्सीने हुन् । निकै झुठको खेती गर्ने निपूण कर्ताहरू हुन् । झुठ बोल्न १०००% पक्का छन् है । कुनै नेता र कार्यकर्तालाई जनताले साथ समर्थन नगर्ने छाट छ है नेपाली दाजु भाइ दिदी बहिनीहरू सतर्क रहनु होला । नयाँ एकीकरण, नयाँ भनेर आउनेहरू र पुराना पार्टीलाई अब जनताले चिनेर आ आफ्नो मतको सदुपयोग कुनले जनताको हित र सेवा गर्छन् ताैलेर मत राख्नुस् । २०८२/०७/१९ गते ,भक्तपुर

 

Comments