सुरभिको १७८ औ शृङ्खला


कार्तिक १५, २०८२, शनिबार | राति ०८:५२ बजे | 120


सुरभिको १७८ औ शृङ्खला

कार्तिक १५, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको १७८ औँ शृङ्खलाको आख्यान वाचन कार्यक्रम समापन भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यो कार्यक्रमको प्रमुख अतिथि कथाकार तथा नियात्राकार महेन्द्र चालिसे हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा कथाकार दिवाकर न्यौपाने र उद्धव रायमाझी हुनुहुन्थ्यो । गोकर्णेश्वर नगरपालिका वडा नं. ८, बेँसीगाउँको ढोल्खाधारो कुटीमा हरेक महिनाको तेस्रो शनिबार दिउँसो १ बजे नियमित सञ्चालन हुने यो कार्यक्रममा स्वागत मन्तव्य आलोक चालिसेले गर्नुभएको थियो । यस १७८ औँ शृङखलामा सरिता दुलाल घिमिरे, सुशील आचार्य, रञ्जना पराजुली लम्साल, शारदा पराजुली, दिवाकर न्यौपाने, महेन्द्र चालिसे र परशुराम पराशरले कथा तथा लघुकथा वाचन गर्नुभएको थियो । प्रतिष्ठानका कार्यसमिति सदस्य आलोक चालिसेले मधुसूदनप्रसाद घिमिरेको प्रकाशित पुस्तकबाट लघुकथा वाचन गर्नुभएको थियो । यस कार्यक्रममा बोल्दै प्रमुख अतिथि चालिसेले कार्यक्रममा कार्यसमिति सदस्याहरूको नै पूर्ण उपस्थिति नभएको देखिन्छ । यसका लागि विशेष पहल गर्नुपर्ने बताउनुभयो । वहाँले कुनै कुनै कार्यक्रम २÷४ घण्टाको दुरीमा गएर गर्ने, त्यसका लागि बसको व्यवस्था मिलाउनुपर्ने हुन्छ । यसो गरेमा उपस्थिति देखिने थियो कि भन्नुभयो । साथै वहाँले नियमित कार्यक्रममा अतिथि, प्रमुख अतिथि राखिरहनु नपर्ने कुरा पनि उठउनुभएको थियो । प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गरेको यस कार्यक्रममा वाचित रचनाहरूको समीक्षात्मक टिप्पणी उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो । बिस जनाभन्दा बढीको उपस्थिति भएको यो कार्यक्रम उत्कृष्ट रहेको थियो ।

Comments