देशमा राजनीति गर्नेले ....
कार्तिक १५, २०८२, शनिबार | विहान ०९:४६ बजे | 120
कुमार लघु
ख्वप
देशमा शुसासन चाहानेले अराजकतावादी राजनीति गर्नु हुन्दैन् । शुध्द राजनीति गरेर जनतालाई आ आफ्नो राजनीतिक उद्देश्य स्पष्ट दिनुपर्छ । जनता र जनताका सपरिवारले मनन र अध्ययन गर्छन् र गर्न पाउँनु पर्छ । व्यक्तिगत राजनैतिक अधिकार सुरक्षित छ र उपयोग गर्न दिने आयाम राख्नु नै राजनैतिक पार्टीको कर्तव्य हो । राजनीतिमा अधिकार सबै सुरक्षित भए असल समाज बन्छ । छोटकरीमा असल समाजले नै असल देशबासी हुन्छ। नेपाली जनताले थुप्रै हाम्रो शिखर सगरमाथा चढिसके ,थुप्रै हिउँ पग्लेर हिउँ हिमनदीमा बग्दा बग्दै पानी नदीनालामा थुप्रै कसिङ्गरहरू बगाई सके । विश्र्वमा थुप्रै तानाशाहहरूलाई जनताले टाउको काटेर र फुटबल खेलेर राज्य सम्हालेर जनताले दु:ख सुख गरि जीवन अगाडि बढाएको परिस्थिती उपभोग गरि भुक्तमान गरेको इतिहास तपाईं हामीले अध्ययन गरेकाछाै । राजनैतिक नेता गुरु शिष्य र समर्थकहरूमा नीति नियम उत्पादन गर्ने र सिध्दान्त अंङ्गिकार गर्ने हुनुपर्छ । सिध्दान्तमा वस्ने र पालनकर्ता भएर जनतालाई हेर्ने सुअबसर दिनु पर्छ । नियम नीति बनाई भएको पालन नगर्ने के को नेता गुरु शिष्य समाज सेवी हो ? जनताले त्यस्ता नेता गुरु शिष्यहरूलाई भोट दिने मान्य र सम्मान गर्नु हुन्दैन् । देश र जनताको भलो नगर्ने के को नेता ! जनताको हित नगर्ने र जनतालाई दु: ख दिने नेता गुरु शिष्य र समाज सेवी भनाउँदाहरूलाई गुण्डा स्तरको व्यवहार गर्ने जनता पनि हुनुपर्छ । जनता सबै मिले गुण्डा व्यवहार गर्नेहरूलाई नेता गुरू शिष्य र समाज सेवीहरूलाई आजिवन सुधार गर्न जेलको गोलघरमा राखेर पश्चाताप गर्न दिने गर्दा समाजले शिक्षित हुने अवसर पाईन्छ । सरकारले जनताको मनको कुरा बुझेर तत्काल भाद्र २३ र २४ लाई वा आन्दोलन दबाउने नेता गुरु शिष्य मन्त्री प्रधानमन्त्री सिडिआे सुरक्षा गुप्तचर सेनापती राजदूत एसएसपि, पार्टीका आउरे बाउरेहरूलाई नियम संगत स्तर र अभियोग अनुसार श्रम कारावासको वन्दोवस्त गर्न पर्छ । विगत वर्षहरूमा नेपाली जनतालाई खसी वेचे जस्तै पैसा र भेटी लिई वेच्ने र अनागरिकलाई नेपाली नागरिकता दिने भ्रष्टाचार गर्ने नेता गुरु शिष्यहरू र समाज सेवी भनी देशलाई अधिनायकवादीहरूको पोल्टामा दिने र दिन खोज्नेहरूलाई जन कार्यवार्ही गर्नै पर्छ । देशमा बेनियम नेता र गूरूले गरेकाहरू छन् त्यस्ता जस्तो सुकै मान्छेलाई पनि कार्यवाही विना अरूले तेर्ने छैन् । अबको मुलुकको कानूनमा घुस खाने ख्वाउने र भ्रष्टाचार गर्नेहरूलाई काम र गल्टी मुताविक ज्यानको सजाय हुने गर्ने कानूनको आवश्यकता जनताले चाहाना गरेकाछन् । देशमा जनताको चाहना अनुरूप शासकहरूले मुलुक चलाउनु अनिवार्य छ । अनि मात्र देश सुव्यवस्थित रूपले अगाडि बढ्छ। जनता नेता गुरु शिष्य र अन्य जनताले देशको कानूनको पालना नगरेसम्म देश बन्ने छैन् । देशको कानून मान्न लगाउन स्कूलको पाठ्य पुस्तककाे अध्ययनको सुरूवाट गर्न दिनुपर्छ । कानून र युवाहरूलाई सैनिक तालिम र सीप अनुसार राेजगार दिई देश छोडर जान्न नपर्ने अवस्था दिनुपर्छ । यो विषयमा वुध्दिजिविहरूले सरकारलाई सुझाव दिनु नै देशको नियम पालन कर्ताहरूको कर्तव्य हो ।
