मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सभा सदस्यमा घलान मनोनित
माघ २३, २०७७, शुक्रबार | विहान ०९:४८ बजे | 45
हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभाले मकवानपुरगढी गाउँपालिका वडा नंबर ६ की रमिला घलानलाई सभाको सदस्यमा मनोनित गरेको छ । आदिवासी, जनजाति, सिमान्तकृत, अल्पसंख्यक, दलित मध्येबाट एकजना महिलासहित दुईजना सभाको सदस्यमा मनोनित गर्नुपर्ने व्यवस्थाअनुसार मकवानपुरको मकवानपुरगढी घलानलाई सभाको सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । घलान विगत एक दशक भन्दा लामो समयबाट स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहदै आएकी छिन् ।
सभाको सदस्यमा मनोनित भएपछि घलानले खबरब्रेकलाई प्रतिक्रिया दिँदै प्रतिष्ठानले दिएको जिम्मेवारीलाई महत्वको साथमा निर्वाह गर्ने बताईन् । बागमती प्रदेशको राजधानीमा स्थापना भएको प्रतिष्ठानको गरिमा बढाउने, यहा हुने शैक्षिक क्रियाकलापको गुणस्तरियतामा ध्यान दिने र स्वास्थ्य क्षेलाई अगाढी बढाउने हरेक कदममा आफु सक्रिय रहने उनले बताईन् । प्रदेशको राजधानीमा रहेको स्वास्थ्य समस्यालाई समेत प्रतिष्ठानले समाधान गर्ने बाटोमा विभिन्न कार्यहरु सञ्चालन गर्नुपर्ने आफ्नो मान्यता भएको भन्दै सोहि कदममा आफु लागिपर्ने उनको धारणा रहेको छ ।
बिहीबार बसेको सभाले ३ वटा नियमावली पारित गरेको छ भने ऐनमा संशोधनको प्रस्ताव पारित गर्नुका साथै प्रतिष्ठानको तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, सर्त र सुविधासम्बन्धी नियमावली, अस्पताल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नियमावली पारित गरेको रजिष्ट्रार प्रसाईले बताए प्रतिष्ठानले चालु आर्थिक वर्षबाटै तिनवटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।