मुुटु र मधुमेह सम्वन्धी समस्याको लागि एकमात्रै गन्तव्यस्थल भक्तपुर हर्ट एण्ड डायवेटिक सेन्टर प्रालि


माघ २२, २०७७, बिहीबार | दिउँसो ०१:५८ बजे | 35


विरेन्द्र काजी प्रधानांग
अध्यक्ष तथा प्रबन्ध सञ्चालक
भक्तपुर हर्ट एण्ड डायवेटिक सेन्टर प्रालि


भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टर प्रालि के हो ?

भक्तपुर हर्ट एण्ड डायवेटिक सेन्टर प्रालि विक्रम संबत् २०६९ साल मंसिर ६ गते भक्तपुरको तुलाछें टोलमा स्थापना भएको हो । यसमा विशेष गरेर मुटु रोग, उच्च रक्तचाप, मधुमेह तथा थाइराइडका विरामीहरुको जाँंच, निदान र उपचारको उद्देश्य लिएर खोलिएको हो । यो संस्था सुरु गर्दाखेरी भक्तपुर जिल्लाका तत्कालिन अवस्थाका नगरका १७ वटै वडाहरुमा घरघरमा गएर मानिसहरुसँंग होम सर्वे गरेर सुरु गरकोे हो । होम सर्वेको मुख्य उद्देश्य उक्त समयमा भक्तपुरमा मुटु रोग तथा मधुमेहका विरामीहरुको अवस्था उहाँंहरुले उपचार गरिराखेको अस्पतालहरु, रोगकोबारेमा जानकारी, उपचारको लागि परेको कठिनाई र उक्त सेवा प्राप्त गर्नको लागि भक्तपुरमा सम्वन्धित क्लिनिक अथवा हस्पिटलको आवश्यकता सम्वन्धी जानकारी प्राप्त गरिएको थियो । झण्डै आठ सय ५० घरहरुमा गरिएको सर्वेबाट प्राप्त भएको जानकारी तथा सुझाब अनुसार हालको तुलाछेंमा यस संस्थाको स्थापना गरिएको थियो ।
भक्तपुरमा जिल्लामा मुटु रोग तथा मधुमेह सम्वन्धी विशेषज्ञ सेवा उपलव्ध हुने स्वास्थ्य संस्थाको अभाबमा सम्वन्धित रोगका विरामीहरु रोगको उपचार गर्न काठमाडौंलगायत बनेपा, धुलिखेलसम्म जाुनपर्ने अवस्था थियो । सोही कारणले गर्दा विरामीहरु आकस्मिक अवस्था नपुगेसम्म घरमै वसेर उपचार नगर्ने या नियमित रुपमा जाँंच तथा निदानहरु गर्ने चलन थिएन । जसको कारणले गर्दा उक्त रोगहरुबाट पीडित भएर कतिको हृदयघात, मधुमेहको कारणले गर्दा आँंखा तथा मृर्गाैलामा असर गर्ने र सोही कारणबाट असमायिक मृत्यु भएका उदाहरणहरु प्रसस्त थिए । यसैलाई मध्यनजर गरेर भक्तपुरका केही साथीहरु मिलेर यस संस्थाको सुरुवात भएको हो ।


यसले के कस्ता सेवाहरु उपलव्ध गराउँंदै आएको छ ?
यसले विशेष गरेर मुटु रोग तथा मधुमेह सम्वन्धी विरामीहरुको जाँंच, निदान तथा उपचार गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य जाँंचहरु जस्तै इ सी जी, इको (मुटुको भिडियो एक्स रे), टि एम टी, पेटको भिडियो एक्स रे, डिजिटल एक्स रे, फिजियोथेरापी, फार्मेसी तथा अत्याधुनिक प्याथोलोजी ल्याब सञ्चालन गरेका छन् । यसको अतिरिक्त शरीरको विभिन्न रोगका विशेषज्ञ सेवा प्रदान गर्ने डाक्टरहरुको पनि नियमित सेवाहरु उपलव्ध छन् । जस्तै हाडजोर्नी, आँंखा रोग, मुत्र तथा पत्थरी रोग, स्नायु तथा मानसिक रोग, स्त्री तथा प्रसुति रोग, नाक, कान, घाँंटी सम्वन्धी आदि रोगका विशेषज्ञ डाक्टरहरु उपलव्ध छन् ।

तपाईहरुको सेवाहरु कताकताबाट उपलव्ध छन् ?
हाम्रा सेवाहरु सञ्चालन गर्न भक्तपुरको सल्लाघारीमा २०७१ सालदेखि तथा पाण्डुबजार सूर्यविनायकमा २०७३ सालदेखि उपरोक्त सेवाहरु प्रदान गर्दै आएका छौं ।

अरु अस्पताल र क्लिनिकहरु भन्दा यो संस्थाको विशेषता के छ ?
हुन त हामीले प्रदान गर्दै आएका सेवाहरु अरु अस्पतालहरु तथा क्लिनिकहरुले पनि दिंदै आएका छन् । तर यस संस्थामा विशेष गरी रोग अनुसारको विशेषज्ञ डाक्टर उपलव्ध छन् । सामान्यतया कुनै पनि विरामीले कुनै स्वास्थ्य संस्थामा सेवा लिन जाँंदा स्वास्थ्यमा छुट अवस्था थिएन । तर हामीले संस्थाको स्थापनाकालदेखि नै संस्थागत सदस्यता प्रदान गरेका छौं । संस्थागत सदस्यता प्राप्त विरामीहरुले मासिक रुपमा निशुल्क सुगर जाँंच तथा पिशाव जाँंचसँंगै अन्य स्वास्थ्य सेवाहरुमा बिभिन्न छुट सेवाहरु प्राप्त गर्न सक्छन् । यो सुविधा विरामीले मात्रै होइन, विरामीको परिवारका सदस्यहरुले लिन सकिन्छ ।
यो सदस्यताको अर्काे उद्देश्य सुगर तथा मुटुका विरामीहरुको एउटा छुटै संस्थाको रुपमा यस भक्तपुर हर्ट एण्ड डायवेटिक सेन्टरलाई चिनाउनु रहेको छ । सामान्यतयाः स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुमा विरामीहरुको स्वास्थ्य सम्वन्धी समस्याहरुलाई वुझने र बुझाउने चलन त्यति देखिंदैन । जसको कारण आफनो समस्याको जाँंच, निदान तथा उपचार कसरी भइरहेको छ, किन भइरहेको छ, भन्ने कुरामा विरामीहरु अनभिज्ञ छन् र बेलाबखतमा यसको कारण विरामी तथा स्वास्थ्य संस्था र सेवा प्रदान गर्ने डाक्टरहरुकोवीचमा अनावश्यक मतमुताव तथा झैझगडा पनि भइराखेको सुन्दै आएका छौं । यसैको लागि हामीले हाम्रो संस्थामा आउने विरामीहरुको सर्वप्रथम प्रिकाउन्सिलिग (पूर्व परामर्श) गरिसकेपछि मात्रै आवश्यक स्वास्थ्य जाँंच गराउने साथै स्वास्थ्य जाँंच गरिसकेपछि पनि उक्त विरामीलाई गरिएको जांँच, निदान तथा उपचारकोबारेमा विस्तृत रुपमा बुझाएर पठाउने गरिन्छ । जसले गर्दा यहा आउने विरामीहर आफनो रोगप्रति र उपचारप्रति सजग छन् ।

Comments