घुमीफिरी रूम्जाटार होला कि ?


कार्तिक ३, २०८२, सोमबार | दिउँसो ०२:०१ बजे | 150


घुमीफिरी रूम्जाटार होला कि ?

कुमार लघु,

व्यासी

मलाई खुसीको सट्टा नमिठो कल्पनाहरूले रातदिन दु:खले जीवन झेल्नु पर्ने समय आउन के बेर होला कि भन्ने जस्तो आभास भैरहेकाछन् । आर्को जेन्जी z ले कहिले नसुनेको सस्थाको नामले भाद्र २३- २४ गतेको आन्दोलनले थोरै समयमा नयाँ क्रान्ति गरेर नयाँ प्रधानमन्त्री ल्याएर देशमा उथल पुथल ल्याएका छन् । ठिकै हो देशलाई नयाँ नेतृत्व ल्याएर देश बनाउने योजना अनुसार अगाडिको वाटोमा हिड्न कठिन भैरहेको छ । यहाँ जेन्जीको स्पष्ट कार्य नीति प्रधानमन्त्रीलाई थाहा छैन् र जेन्जीले कार्यनीति सरकारलाई दिएन् कि के हो ? यसरी अस्ष्टता अगाडि छ । जेन्जीहरू मै बेमेल भएको यसले सष्ट देखाइ रहेको छ । सरकारसित कसरी अगाडि वढ्ने कार्य नीति नभएसम्म यस्तै हुन्छ । नयाँ समय ल्याउन त सबै एकता हुनुपर्छ । नेपालीलाई TOB कहाँवाट हाम्रो देश फिर्ता लेऊ भनेर नेपाल पसे । Tabatiyan ho भन्ने पास हेरेर भिसा खोज्नु पर्छ । नेपाली हो भन्ने किन देश फिर्ता लेऊ ? देशमै बसिरहेका छाै । नेपाल पसेर नेपालको भवनहरू जलाउन उत्पात, उपद्र मचाउन आएको भए त देश नेपालको कानून अनुसार कार्यवाही गर्न छोड्न हुन्दैन् । कता कहाँवाट नेपाल पसे ? विदेशी हो भन्ने तु TOB लेखेको र अलिखित हामी TOB भन्नेहरूलाई के उपद्र गरे कार्यवाही गर्नुपर्छ । नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने कुरा बाहिर आएकाछन् । कति चलाख हेर । हाम्रा जेन्जी भनेर फकाउन थालेका छन् । कसैले फकाए पनि सक्कलि जेन्जीहरू फकिनु हुन्दैन् देशलाई भ्रष्टाचारको मुक्त देश वनाउनु पर्छ । भ्रष्टाचारको काम गरेका जतिलाई र अर्काको ज्यान मार्ने र गोलि हान्ने अपराधी र कलंङकितहरूलाई जेलको गोलघरमा आजिवन थन्क्याउनु पर्छ। अहिले प्रशासन हाक्नेहरू,मन्त्री र प्रधानमन्त्रीले नविराउनु नडरानु नीति लिनु पर्छ । जति पनि पटके गुण्डा र अपराधीहरूलाई तत्काल २० वर्ष जेलमा हुल्याउनु पर्छ । छोड्नु हुन्दैन् । आन्दोलनको क्रममा देशको सम्पत्ति जलाउनेहरूलाई छानिछानि कार्यवाही गर्न नछोड् । आन्दोलनको क्रममा नेपाली जेन्जी व्यक्ति सुदन गूरूङ हो भन्ने त्यसलाई मान्नु पर्छ । उसले त्यो वेलाको समय र आन्दोलनको भूमिकामा आँटिलो मान्नै पर्छ । खतराको समयमा पनि सबैसित प्रतिबाद गर्ने र सरकार गठन गर्न ठाउँठाउँमा पुगेर सरकार गठन गर्न र प्रधानसेना राष्ट्पितसित भेटघाट गर्नु पनि आफ्नै निडरताको आत्मा गुणलाई सह्रना गर्ने ठाउँको व्यक्तित्व हो । युध्द मैदानमा, अस्पतालमा,दरवारमा, सैनिक मूख्यालयमा र मसानघाटमा समस्यासंग समस्या हल गर्न लाग्नु जनताले सुदन गुरूङ्गलाई अन्तकाल सम्म सच्चा नेपालीले मनमा सजाउने छ । सरकारले आन्दोलनमा घाईते भएकाहरूले हेरचाह र कुनै कलकारखानामा, सस्थामा रोजगार दिलाउनु पर्छ । त्यो समाजले अपेक्षा गरेको हुनेछ। के अब देशले शान्तिको वाटोमा अवतरण गरेको हो ? अब जसरी भए पनि परिवर्तनले आएको सरकारले नेपाली जनताहरूलाई भ्रष्टाचार र घुसखोरी मुक्त वनाई नेपाललाई स्वर्ग समान पाराै । एउँटा गायककारले भन्ने जस्तै घुमिफिरी रूम्जाटार नहोस् । नेपालमा सक्कलि जेन्जीहरूले दुष्ट र मानव तस्कार गर्नेहरूलाई समाप्त पारेर नेपाली जनताले विना डर,त्राश र भयले जीवन गुजारा गर्न पर्ने समयको उथल पुथलको वातावरण ल्याउनु पर्छ । नेपाली सेना र शसस्त्र प्रहरी बललाई नेपाल सरकारको बोली वचन सिरोधार गराई राख्नु पर्छ । जेन्जीको आए ,सत्तामा जो हो त्यसको अन्डरमा सेना प्रहरी राखेको कानून वनाउनु पर्छ । भ्रष्टाचारहरूले चलाएको सरकारमा पसेकाले तत्काल भ्रष्टाचारीहरूको मान्छेहरू परिवर्तन नगरि हुन्दैन् । सोचेको जस्तो कुनै काम गर्न सकिने छैन् । त्यसैले जनतालाई सुख दिने दु:ख अन्त गर्ने सोच ल्याउनु पर्छ । अन्तमा आन्दोलनले सकारात्मक सोच राखेर अगाडि वढोस् । नेपालीहरूको दोश्रो चाँड तिहारको शुभकामना नेपालीहरू सबैलाई समयले ठिक ठाउँमा देशलाई ल्याउन साथ सहयोग गर्ने मनले सोचोस् । घुमी फेरि रूम्जाटार नहोस् । नेपालीको जय होस् । २०८२/०७/३ गते

Comments