विमा सम्झौता गरियो


कार्तिक ३, २०८२, सोमबार | विहान ०७:०० बजे | 25


विमा सम्झौता गरियो

भक्तपुर रहेका लघु घरेलु तथा साना उद्योगमा उद्यमी स्वयम प्रतक्ष्य रुपमा कामदारको रुपमा समावेश हुने हुन्दा भवितव्य केही भएमा संघले सदस्यहरुको जिवन जोखिम बहन गर्ने उद्देश्यले भक्तपुर घरेलु तथा साना उद्योग संघमा सदस्य भई नविकरण गरेका उद्यमी सदस्यहरुको रु २५००० बराबरको निःशुल्क म्यादी जिवन विमा गरिदिने भएको छ ।भक्तपुर घरेलु तथा साना उद्योग संघले प्रभु महालक्ष्मी लाईभ ईन्सुरेन्स सँग सहकार्य गरी सो विमा सेवा आफ्ना सदस्यहरुलाई दिने उद्देश्यले भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा प्रभु महालक्ष्मी लाईभ ईन्सुरेन्स बिच सम्झौता गरियो ।

सो विमाले यदि विमालेखको अवधि भित्र बीमित व्यक्ति कालगति वा दुर्घटनाबाट मृत्यु भएमा स्थायी वा पुर्ण वा आंशिक अपागंता भएमा विमा रकम पाउने जानकारी प्रभु महालक्ष्मी लाईभ ईन्सुरेन्सका रिलेशनसिप मेनेजर निना श्रेष्ठले जानकारी गराउनु भयो ।

सो अवसरमा संघमा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले लघु घरेलु तथा साना उद्यमी स्वयमले कामदार भरिया ड्राईभर तथा लेखापालको पनि भुमिका निभाउनु पर्ने हुन्दा भवितव्य केहि भएमा यो थौरै रकमले पनि राहत पुग्ने भएकोले यो विमा लागु गरेको जानकारी गराउनु भयो ।साथै उहाँले भक्तपुर घरेलु तथा साना उद्योग संघमा सदस्य भई नविकरण गरेका १८ देखि ६४ बर्षका उद्यमीको निःशुल्क रुपमा संघले नै विमा गरिदिने बताउनु भयो । साथै उद्यमी १८ बर्ष नपुगेको वा ६४ बर्ष नाघेको भए उद्यमीले ईच्छाएका व्यक्तिको नाममा विमा गरिदिने जानकारी गराउनु भयो ।

यो म्यादि विमानको अवधि १ बर्षको मात्र हुने भएकोले सम्पुर्ण सदस्यहरुले प्रत्येक बर्ष नविकरण गर्न अनुरोध गर्दै नविकरण भएका उद्यमीको संघले यसरी नै प्रत्येक बर्ष निःशुल्क विमा गरिदिने जानकरी गराउँदै विमित व्यक्त विमा अवधि भित्र मृत्यु भएमा वा आपाङ्ग भएकमा संघलाई जानकारी गराउनु हुन पनि अनुरोध गरियो ।  

Comments