अन्तर–अरुणिमा स्तरीय नाटक लेखन तथा मञ्चन प्रतियोगिता सम्पन्न


कार्तिक २, २०८२, आइतबार | राति ०७:१४ बजे | 165


अन्तर–अरुणिमा स्तरीय नाटक लेखन तथा मञ्चन प्रतियोगिता सम्पन्न

कात्तिक ०२, काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठानको आयोजनामा अरुणिमा माध्यमिक विद्यालय, बौद्धमा अन्तर–अरुणिमा स्तरीय नाटक लेखन तथा मञ्चन प्रतियोगिता सम्पन्न भएको छ । प्रतिष्ठान सञ्चालक समिति अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामा भएको प्रतियोगिताामा प्रतिष्ठानअन्तर्गतका विद्यालयहरू अरुणिमा शिक्षा सदन मा.वि, महाङ्काल, नव अरुणिमा मा.वि., आरुबारी र अरुणिमा मा.वि. बौद्धबाट कक्षा ४ देखि ९ सम्मका ६ समूहबाट ६० जना छात्र–छात्राहरू सहभागी थिए । अरुणिमा मा.विका सहायक प्रिन्सिपल दिपेन्द्र श्रेष्ठले कार्यव्रmममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो भने नृत्याङ्गना तथा गीति नाट्य कलाकार सुधा गुरुङ, हास्यव्यङ्ग्य कलाकार कुमारमणि गजुरेल गीति नाट्य कलाकार प्रनेश श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा कक्षा ४ देखि ६ समूहबाट अरुणिमा शिक्षा सदन मा.वि. अरुणिमा मा.वि. र नव अरुणिमा मा.वि. क््रmमशः प्रथम, द्वितीय र तृतीय भए भने कक्षा ७ देखि ९ समूहबाट अरुणिमा मा.वि., अरुणिमा शिक्षा सदन मा.वि र नव अरुणिमा मा.वि. ले क््रmमशः प्रथम, द्वितीय र तृतीय भए । प्रथम र द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रतिष्ठान सञ्चालक समिति सदस्य शम्भुप्रसाद बडाल, गोपालप्रसाद बराल र वसन्त रिजालले नाटकले समाजमा सचेतना जगाउन खेल्ने महत्वपूर्ण भूमिकाका बारेमा चर्चा गर्दै विद्यार्थीहरूको हौसला बढाउनु भएको थियो । कार्यव्रmमका अध्यक्ष भीमानन्द ढुङ्गानाले नाट्य मञ्चन प्रतियोगिताबाट नव कलाकारहरूले भविष्यमा प्रतिष्ठानलाई विश्वमै परिचित गराउने शुभेच्छा व्यक्त गर्नुभयो ।

Comments