विनायकमा मण्डला तथा सांस्कृतिक कार्यक्रम


कार्तिक २, २०८२, आइतबार | साँझ ०४:०४ बजे | 80


विनायकमा मण्डला तथा सांस्कृतिक कार्यक्रम

मध्यपुर ठिमी भक्तपुर 
शिक्षा साथै संस्कृति र संस्कारमा जोड दिँदै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा यही २०८२ कार्तिक २ गते मण्डला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। समस्त नेपालीहरूको महान पर्व शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले तिहारको स्वागत तथा सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनका लागि  कार्यक्रम आयोजना गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले हामीलाई दिनुभयो। विद्यार्थीहरूलाई बाल्यकालबाट नै आफ्नो संस्कृति, परम्परा स्थानीय कला लगायत ज्ञान र विज्ञानले अब्बल बनाउने उद्देश्य राखी उक्त कार्यक्रम आयोजना गरिएको समेत उहाँले हामीलाई बताउनुभयो । सो कार्यक्रममा विद्यार्थीहरूले मण्डला बनाउनुका साथै तिहार सम्बन्धी देउसी भैलो गीत र नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रम विनायक अतिरिक्त क्रियाकलाप विभाग तथा विद्यालयका १६ वटा बाल क्लबहरूको संयुक्त संयोजनमा आयोजना गरिएको थियो।

Comments