तिहार कार्यक्रम होली गार्डेनमा
कार्तिक २, २०८२, आइतबार | दिउँसो ०२:३२ बजे | 205
कुमार लघु,भक्तपुर
होली गार्डेन इ. सेकाेण्डरी स्कूलमा तिहारको कार्यक्रम सभ्य भव्य समुध्दघाटन पानसमा दिप प्रज्ज्वलन गरि सस्थापक अध्यक्ष प्रेमजङ् थापाले कार्यक्रम सुरूआट गर्नुभयो । सभाकाे सभापतित्व स्कूलको प्रिन्सिपल श्रीकृष्ण सुवालले आजको सभाको सभापतित्व ग्रहण गर्नुभयो ।
विचविचमा डान्स गित नाटक म्युजिक नाटक कविता प्रस्तुत गर्नु भएको थियो । वार्षिक उत्सवमा प्रथम व्दितिय र तृतिय भएका विध्यार्थी भाइ वहिनीहरूलाई स्कूलका प्रिन्सीपल र सस्थापक अध्यक्ष प्रेम जङ थापाले पुरस्कार वितरण मेडल र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
सभ्य भव्य तवरले तिहारको कार्यक्रम सु-सम्पन गरेको छ । खेलकूडमा प्रथम व्दितिय र तृतिय भएकालाई पुरस्कार वितरण प्रेमजङ् थापाले सर गरेको थियो । शिक्षिकाहरूले माईतीघर गितमा डान्स गर्नु भएको छ। धेरैदिन २५६,२५७ दिन स्कूल आउनेहरूमा आएकोमा रेडिकस खाताखो, निसिक सुवाल र लोट्स दुवाललाई विशेष पुरस्कार वितरण गरेको थियो । कक्षा नर्सरीदेखि १० सम्मकाले विभिन्न गतिविधी गरेर आफ्नो खुवी देखाएको थियो । प्रेमजङ थापाले तिहारको महत्व दर्शाउनु भएको कुरा बक्तव्य दिनु भएको थियो। सुजल श्रेष्ठले स्वागत गरेको थियो । आजको कार्यक्रममा करिव अन्दाजी १०० जना विध्यार्थीले भाग लिएको हुनुपर्छ ।
साना नानीहरूले आ आफ्ना नाच नाचेर खुवी प्रर्दशन गरेको देखियो । गितार बजाई कक्षा ८ ले गाएको गितमा साथ दिएको पाईयो । शिक्षकहरू २२ जना कार्यरत्त हुनु हुन्छ । होली गार्डेन इ.सेकेण्डरी स्कूल ३३ वर्षको हिडाईमा निरन्तर पाईला चाल्दै अगाडि वढेको छ । धेरै विध्यार्थीहरूले आजको कार्यक्रम मा सहभागी जनाएकोमा धन्यवाद भन्नू भएको छ । कार्यक्रममा उद्घोषण शिक्षक व्दय सरिता तामाङ र शिक्षक यूके राईले गर्नु भएको थियो ।
