गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा कारोबारले उकालो चढ्दै 


कार्तिक १, २०८२, शनिबार | राति ०८:५७ बजे | 31


गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा कारोबारले उकालो चढ्दै 

संगम लामा 
ललितपुर । ललितपुरको जावलाखेल मैदानमा जारी १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा चौथो दिनसम्म १ करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा असोज २९ गतेदेखि सुरु भएको मेलामा चार दिनको अवधिमा ३४ हजार ८ सयभन्दा बढीले अवलोकन गरेको एसोसिएसनले जनाएको छ। चौथो दिन शनिबार मात्र ११ हजार ५ सय दर्शकको उपस्थिति रहेको थियो।
शनिबार बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल र पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि मेला अवलोकन गरे।
पाँच दिनसम्म चल्ने मेलामा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन तथा १ करोड ३० लाखभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अनुमान छ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको यस मेलामा व्यावसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १ सहित जम्मा ९० वटा प्रदर्शनी कक्ष छन्। मेलामा गोदावरी फूलको चार विधामा प्रतिस्पर्धा गराइएको थियो।

Comments