देवकोटा जयन्ती र तिहारको उपलक्ष्यमा कविता वाचन
कार्तिक १, २०८२, शनिबार | साँझ ०६:२१ बजे | 355
महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती र तिहारको शुभ उपलक्ष्यमा ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा महाकवि देवकोटालाई सम्झिएर कविहरुद्वारा कविता वाचन सम्पन्न भयो। ललितपुर जिल्ला स्थित महालक्ष्मी नगरपालिकाको बोझेपोखरीमा रहेको बीबर्गर कफि हाउसमा कार्यक्रम भएको थियो।उक्त कार्यक्रममा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतिमा कल्पना मरासिनी, रचिता दाहाल , जाँयस जोया, सुनिता अधिकारी आदिले आफ्ना दुई- दुई वटा कविता वाचन गरे। उक्त अवसरमा उतकृष्ट कविता वाचन गर्ने कल्पना मरासिनी र रचिता दाहाललाई कवि मणिराज सिंहले आफ्नो पुस्तक "शब्दको चौतारीतिर फर्किएर" उपहार दिदै कविताको गहनता र मौलिकताको बारेमा प्रकाश पार्नुभयो ।
