निक्षेप बढ्न जादा व्याज घटेको हो
कार्तिक १, २०८२, शनिबार | साँझ ०५:१५ बजे | 31
भक्तपुर, १ कार्तिक । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १८ औं साधारणसभा संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले पानसमा दीप प्रज्वलित गरी उद्घाटन एक समारोहबीच शनिवार कमलबिनायकमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि भनपा वडा नं ९ का वडा सदस्य एवम् सल्लाहकार इन्द्र बहादुर प्याथले अहिलेको अवस्थामा निक्षप बढ्न गई बैंकमा व्याज घटेको बताउ“दै अरु क्षेत्र सुरक्षित ऋण लगानी गर्न नसक्ने अवस्था आएको बताउनुभयो । उहा“ले सहकारी पनि पूजिवादी र समाजवादी भएको बताउ“दै समुदायमा आधारित सहकारी नै समाजवाद उन्मुख सहकारी भएको बताउनुभयो । उहा“ले सदस्यहरुले सहकारीमा लाभांश र व्याज मात्र नहेरी सदस्यहरुको हितमा काम गरेको छ छैन हेर्नलाई उपस्थिति भत्तामात्र लिएर फर्किने होइन बरु साधारसभामा बसी सहकारी सहि मार्गमा लान छलफलमा बस्नु पर्ने बताउनुभयो । उहा“ले भाद्र २३ र २४ गतेको उपद्रोहले अपराधिक गतिविधि बढेको र खर्बौको सम्पत्ति नास हु“दा संघ र प्रदेशको बजेत कटौति हु“दा स्थानीय विकास कार्यक्रम लथालिड्ड हुन गएको छ भने चुनाव गराउन बनेको सरकारले शान्ति सुरक्षाको कारण चुनाव होला जस्तो परिस्थित नभएको बताउनुभयो ।
कार्यक्रममा अतिथि सल्लाहकार रामकृष्ण प्रजापतिले मानब उत्पतिको इतिहास बर्ग संघर्षबाट गुज्रेको बताउ“दै आदिम साम्यवाद पछि उचनिचको विकास भई गरिबले पैसा सापति र पैचोमा समस्या आएपछि सहकारी स्थापना भएको देखिन्छ भन्नुभयो । उहा“ले सहकारी भनेको सहकार्य हो । सहकार्य गरे स्वर्ग बन्ने कथा सुनाउ“दै साधारण सभा भनेको सदस्यहरु बर्ष भरिमा सहकारीले गरेको कमि कमजोरी बारे आवाज उठान पाउने समय र प्रगति प्रतिवेद र आर्थिक प्रतिवेदन ठिक छ छैन् त्यसबारे बोल्न पाउने र आगामि बर्षको लागि बनाएको बार्षिक योजना, नीति तथा कार्यक्रम सदस्यहरुको हितमा छ छैन् हेरी संशोधन गर्न पाउने अवसरको रुपमा उपयोग गर्नुपर्ने बताउनु भयो । उहा“ले सहकारीको मूल नारा ‘सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकासी आर्दश समाज बनाउने’ भएकोले सोहि अनुसार देशको राजनीति राम्रो भए सम्भव हुने बताउनुभयो । उहा“ अहिले नेपालमा सहकारी क्षेत्रमा देखिएको अनियमिताले सरकारी तवरले बनेको सहकारी छानविन आयोगबाट ८७ अर्व सहकारीको रकम जोखिममा रहेको प्रतिवदेनले देखाएको साथै बजारु सहकारीमा भ्रष्ट्राचार र अनियमितताले गाजिएको छ भने समुदायमा आधारित सहकारीमा भाखा नाघेको ऋणले जोखिम बढाएको बताउनुभयो । उहा“ले ऋण संस्थाको मेरुदण्ड भएकोले ऋण लागानी गर्दा ऋणीका ५ वटा कुरा चरित्र, तिर्न सक्ने क्षमता, धितो, पूंजी र अवस्था आदि बारे बुझ्नु पर्छ भन्नुभयो । उहा“ले योजना भनेको भविष्यमा लक्ष्य पूर्ति गर्ने भावि कार्यक्रमको मार्गचित्र हो भन्नुहु“दै यसले संस्थाको कार्यदिशा निर्देश गर्दछ साथै भविष्यमा प्राप्त गरिने नतिजाको आंकलन गर्दछ भन्नुभयो ।
कार्यक्रममा सहल्लाहकार काशिलाल प्रजापतिले गुरु गणेश सकोस राम्रै तरिकाले संचालन भएको बताउ“दै जेन्जी आन्दोलनले अस्थितर सरकार र असुरक्षित लगानीका कारण बैंकमा व्याजदर घट्दा सुन मंहगो भएको बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले आ.व. २०८१÷०८२ को आर्थिक प्रतिवेदन तथा २०८२÷०८३ को प्रस्ताबित योजना, नीति तथा कार्यक्रम र बजेत पेश गर्नुभयो भने सचिव सत्यराम ज्ञामरुले बार्षिक प्रगति प्रतिवेदन, संयोजक हरिकृष्ण प्रजापतिले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश भई सर्वसम्मतिले पारित गरियो ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत गौतम कुटुव, सल्लाहकार न्हुन्छेभक्त कोजू, चम्पा ज्ञामरु, राजु सिं बजिको, सितालक्ष्मी कोजूले पनि बोल्नु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक २६ जना, असल बचत, असल ऋणी, एस.ई.ई., प्लस टु, डिप्लोमा उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गर्नुभयो भने झोल र गिलास साबुन तालिमका प्रशिक्षार्थीहरुलाई पनि प्रमाणपत्र वितरण अध्यक्ष कृष्णराम कासिछ्वाले गर्नुभयो ।
.png)