ठगमाण्डू ! काठमाण्डू !!


माघ २२, २०७७, बिहीबार | विहान ०८:२१ बजे | 45


कुमार लघु

हिजोको काठमाण्डु कति जाती
आजको ठगमाण्डु कति लाछी
हिजो कति चितिक  र सुन्दर
आज त सवै ठगहरू ठगमाण्डुमा पसे
जुनमा पनि असत्य ठग्ने भएछ
सत्य वोल्ने र सत्य व्यापार गर्ने उस्तैछन्
ठग्नेहरू ठगमाण्डुमा भराभर भएछ
चपल लाएर सिंहदरवार छिर्नेहरू
ठगमाण्डुमा ठगेर नै महलमा टाँस्ने
ठक्कर खान्दै  ठगमाण्डुमा निवास जोरेछ
हिजो काठमाण्डु वाजेको व्यापार सम्हाल्नेहरू
त्यही पसलमा थच्चक वस्दावस्दै
ढाँड सिधापार्न नसकेर
बाङ्गो र  कुप्रो वनेको देखेछ
साचि आज काठमाण्डूमा वस्न
 ठग्ने सीप नै ठगमाण्डू भएकाले
सतर्क र होसियार बनु पर्ने भएछ
सामानमा जुत्ता ,लुगार कितावमा ठग्यो
हिजो त्यो लुगा जुत्ता र किताब सस्तो
आज ठगहरूको बिगिगीले
जुत्ता ,लुगा र किवात नै कति महँगो भयो
गाउँमा एक केजीको काउलीको रू दुई
गोलभेडा केजीको रू पाँचको रू चालीस रे
यो सव ठगमाण्डुमा ठगहरूको
 विगविगीको वसाईले हो
गाउँ ठाउँमा खाने छोराछोरीको कमी
सवैलाई थाहा छ ठगमाण्डुमा ठगीरहेको
ठगहरूलाई हेर्ने कसले
हेर्ने निकाय ठगहरूको सरदार भएछ
तिमीले ठग ठगे वापतको कमिसन देऊ
सक्नेले ठग्नु ठग,ठगेर हामीलाई पनि देऊ
न्यायालयमा ठग,प्रशासनमा ठग,सरकारमा ठग
मालपोतमा ठगहरू जगजगी र राजै उस्तैको
बाबू कस्तो छोरा उस्तै ठ ग ठ ग ग .........
हाकिम ठग,कर्मचारी ठग र खलासी उस्तै
कस्तो वन्या पुराना वासिन्दा लातो ....
कस्तो वेलामा सज्जन वन्ने ?
नेपाली ठग भएकाले विदेसमा
नेपालीलाई ठग भनी
 हरेक नेपाली अमेरीकामा ठग जगजाहेर छ !
त्यसैले गाउँको आमा र वुवाले
काठमाण्डू जानेलाई ठगला है
बाबू जोगेर रहनु र रहला भनी सन्देस छोड्छन ।

Comments