अन्तर्राष्ट्रिय एनोभोटिभ स्कुल अवार्ड २०२५ भक्तपुरको इडेन गार्डेनलाई


असोज २९, २०८२, बुधबार | विहान ०८:३६ बजे | 225


अन्तर्राष्ट्रिय एनोभोटिभ स्कुल अवार्ड २०२५ भक्तपुरको इडेन गार्डेनलाई

भक्तपुर/असोज२८; एक्जितो इभेन्ट्स् अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्ड-२०२५ मा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा ३, बालकोटमा अवस्थित इडेन गार्डेन इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय एनोभोटिभ स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ। मलेसियाको राजधानी क्वालालम्पुरको लिंकन युनिभर्सिटीमा १४ अक्टोबर २०२५ मा आयोजित अवार्ड कार्यक्रममा नेपाल, फिलिपिन्स, मलेसिया, इण्डिया, युके लगायत विभिन्न देशहरुका उत्कृष्ट विद्यालय, संस्था र व्यक्तिलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको थियो। इडेन गार्डेनले शैक्षिक क्षेत्रमा पुर्याउदै आएको उत्कृष्ट योगदानको कदर स्वरुप यो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो। एस.ई.ई. २०८१ मा ४.० जि.पि.ए. सहित शतप्रतिशत उत्कृष्ट नतिजा, बि.एल.ई. मा शतप्रतिशत उत्कृष्ट नतिजा साथै सधैं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट उपलब्धि हासिल गर्दै आइरहेको र अभिभावक तथा समुदायको मन जित्न सफल भई भक्तपुर जिल्लामा एक उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित हुन सफल इडेन गार्डेनले “वेस्ट अन्तर्राष्ट्रिय एनोभोटिभ स्कुल अवार्ड” प्राप्त गर्न सफल भएको हो । स्कुलका संस्थापक सह-प्रिन्सिपल अनिश राई अक्टोबर ५ देखि विभिन्न विकसित राष्ट्रहरु सिंगापुर, थाइल्याणड र मलेसियाको प्रतिष्ठित स्कुल, कलेज तथा युनिभर्सिटीको अवलोकन भ्रमण गर्दै अवार्ड कार्यक्रममा पुगेका हुन् । उक्त अवलोकन भ्रमणको क्रममा विभिन्न देशका शैक्षिक क्षेत्रका ख्याती प्राप्त व्यक्तित्वहरुसँग अन्तरक्रिया गर्ने अबसर मिलेको र यसले भोलिको दिनमा अझ सशक्त र प्रभावकारी कार्यक्रम सन्चालन गर्न मदत पुग्ने कुरा व्यक्त गर्नु भयो। इडेन गार्डेन इंग्लिस स्कुलले प्राप्त गरेको यस अन्तर्राष्ट्रिय अवार्डले विद्यालयको गौरव बढाएको छ। यस अबसरमा सम्पुर्ण शिक्षक कर्मचारी, अभिभावक, विद्यार्थी र शुभेच्छुकहरु प्रति सह प्रिन्सिपल अनिश राईले आभार व्यक्त गर्नु भएको छ। साथै उहाँले यस प्रकारको अवार्डले ईडेन गार्डेन स्कुलले शैक्षिक क्षेत्रको विकास एवं सामाजिक उत्तरदायित्वमा अझ अग्रसर भइ लाग्न प्रेरित गरेको बताउनु भयो

Comments