आन्दोलन जनताको हितमा


असोज २९, २०८२, बुधबार | विहान ०८:३२ बजे | 80


आन्दोलन जनताको हितमा

कुमार लघु,भक्तपुर

हो जसले गरे नी आन्दोलन जाताको हितमा हुनुप-र्यो । ल तपाईहरू भन्नुस् जनताको हितमा छ ? होला धेरै भन्दा थोरै तर जनताको हित सयमा ९०% हुनु पर्ने हो । यो आन्दोलनले जनताको मनमा भय डर त्राश र प्रेसर वढेको छ । के आन्दोलनले खोजेको जुन रूपले उद्देश्य राखेर गरेको आन्दोलन हो त्यो पूरा नहुने भए आन्दोलन चर्काउन पुगेको हो ? होईन् , नचाहिने माग हटाउनुस् , चाहिने माग राखे जनताहरूले साथ दिन्छ । नचाहिने माग राखेर आन्दोनल राखे गरे आन्दोलनलाई जनताले साथ दिने छैन् । आन्दोलन गर्नेहरूको बल तुहिन्छ । मेरो हिसावमा आन्दोलन जनताको हितमा हुनु पर्छ । देशको धेरै अमूल्य सम्पत्ति खर्चेको देखिन्छन् । खोइ जनतालाई मार्ने गोली हान्न लगाउने , घुस खाने , जणयान मारूवाहरू र भ्रष्टाचारीहरूलाई जृलमा कोच्न नसेकेको देखिन्छ । आफ्नै सरकनर र गृहमन्त्री हुन्दा पनि अपराधीहरूलाई समातेर जेल हालेर शहिदको,घाईतेहरू,सहिद परिवार र घाईतेहरूको मनमा मलम लाएको जस्तो अलि घाऊमा अलिक संञ्चो हुन्छ कि ? जनताको साथ सहयोग लिन ठाउँको आवश्यकता महसूस गरेर अप्सन राख्नुपर्छ । पुरानो म्याद सकेको आैषधीले रोगको उपचार हुन्दैन झन त्यसले घाऊ बल्झिन्छन् । त्यसैले प्रसा शनिक निकायमा आफूले भन्या जस्तो काम गर्न र गराउन म्याद सकेको आैषधी फाल्नु पर्छ । जसरी नयाँ आैषधिले काम दिए जस्तै नयाँ प्रसाशन प्रमुख राखेर नियुक्ति राखेर अपराधिहरूलाई पक्राउ गर्न सकिने हुन्छ नत्र योजना फेल हुन्छ । यो कुरामा ख्याल राख्दा के हुन्छ विचार गरेको हो ? हाकाहाकी संवैधानिक नियमले भने अनुसार यो क्रान्ति गरेको होईन् भन्ने विचार दिनु पर्ने हो खोइ यो सबै निकायहरूलाई अवगत गराएको ? जनताको मूख्य मूख्य सम्पत्ति जलेको छ । जस्तो :- प्रहरी निकाय ईकाईहरू , वडा अफिसहरू, सिँहदरवार, सर्वच्चो अड्डालत, अख्तियार कार्यालय जल्यो। २३-२४ भाद्र देशको विभिन्न भागमा जलेर कालो वादलले आकाश ढाक्यो , ढाकेको सबैको आँखाको दृश्यले र मनले मेट्न सकेको छैन् । के अब जनमानसमा पुग्नु भयो ? जनतासित आन्दोलनको विचार विमर्श लिनु दिनु पर्ने होईन्? हो नि । नेपालमा थुप्रै जेलको ढोका खोले अपराधीहरू भागेका छन् । त्यसले जनताहरू त्रसित छन् । प्रहरीहरूवाट हातहतियारहरू लगेको छ । त्यसले अपराधि गतिविधी नवढ्ला भन्ने भन्न सकिन्दैन् । क्रान्तिले आएको सरकारले जनताको उपभोग्य दैनिक सामग्रीहरू सस्तो हुनु पर्ने ,तेल,खाध्य वस्तु लत्ता कपडा ,आदी यता तर्फ पनि किन विचार फैलाउन सकेन् ? क्रान्तिले झनै जनताको दैनिक उपभोग्य वस्तुहरूको भाऊ आकासिएको छ । प्रसाशनमा झनै समयको सदुपयोग भएको छ । आन्दोलनमा TOB देखियो । नेपालमा TOB ले के माग गरे ? कस्को हितको निम्ति जनताहरू थाहा लिन चाहान्छन् । दलाई लामा गुरूपहरू पनि सक्रिय छन् किन ? के जेन्जी लिडर भनेर आएकाहरूले यावत समस्याहरूको वारेमा जनतालाई सम्झेर पत्रकार सम्मेलन आवश्यक होला नि ? के जनताले राष्टपति र प्रधानमन्त्रीको सितवार्ताको वारेमा जनताले वुझ्ने मोेैका भएकोले कहिले दिने ? हेर मित्रहरू वा आन्दोनल कर्ताहरू अर्काको भरमा आन्दोलन गर्नु त मूर्खता हो । नेपाल र नेपालीको हितको निम्ति नेपालीहरूको साथ र समर्थनमा आन्दोलन गरे आन्दोलन तिक्छ । नत्र अर्काको भरमा गरे आन्दोलन गर्नेहरू बोका जस्तै हुन्छ जहिले सिक्री बाधेको हुनेछ । जनताले जान चाहेको आर्को कुरा कुन दर्शन लिएर आन्दोलनमा उर्लिएको हो । सुरूमा त आन्दोलन कर्ताहरू कोठा भित्र लुकेर बसेको हल्ला कतिको साँचो हो ? आन्दोलनले गति लिएपछि मात्र धन जन र मानविय क्षति भएपछि मात्र बाहिरिएर भएको कुरा छ नि ? आन्दोलन लाै सफल भयो भनेर कुन निकायलाई श्रेय दिनु हुन्छ। अबका दिनमा आन्दोलन वा जेन्जी कसरी अगाडिको वाटोमा हिड्ने छ? यी आसा कसरी समाधान होला । युवाहरूलाई के यो आन्दोलनले राहट महसूस भयो ? हसत् तृष्णा जनताको मेटोस् सवन्धित निकायको ध्यान पुगोस्। धन्यवाद , २०८२/०६/२९ गते

Comments