आन्दोलनलाई अमेरिकाको सस्थाले पचास हजार अमेरिकी डलर?
असोज २६, २०८२, आइतबार | विहान ०८:२३ बजे | 80
कुमार लघु ,ख्वप
भाद्र २३र २४ आन्दोलनलाई अमेरिकाको एउँटा सस्थाले पचास हजार अमेरिकी डलर खर्च गरेको बाहिर आएको छ । नेपाली राजनीतिज्ञहरूले अनुमान गरेको केही मिल्न आएको दिखियो । अमेरिकालाई पनि नेपाल देशमा शासन गरेको शासकहरू मन नपरेको देखिन्छन् । कुनै पनि शासन शत्ता पल्टाउन विदेशी छिमेकीका अन्य मुलुकको समर्थन र विरोध हुन्छ भने राजनीतिज्ञहरूलाई थाहा छ । त्यसैले जेन्जी z ले गरेको २३-२४ मा गरेको आन्दोलनले हेर्दा सिम्पल मागले हो तत्कालिन सरकारले माग पूरा गरेको भए नेपालमा शासन शत्ता पहिलेकै स्थिती हुन्थो । तर अहिले TOB पनि देखियो । टिवेटिएयन अर्गनाईज व्वलड देखियो । भारत र चिनका विरोधीहरू को जमात देखिन्छ । नेपाली शासकहरूको असंख्य अहंकारले यही अवस्था ल्याउन सहयोग पु-र्यायो । सर्वसाधारण नेपाली जनताहरूले पनि दु:ख भोग्य बाध्यहरूले पनि आन्दोलनलाई साथ दिएको देखिन्छ। अहिले पनि यो आन्दोलनले शासकहरूलाई हुत्याएको ९९% लाई ठिकै लागेको हुन्छ। किन कि शासकहरूले हथ वढि प्रयोग गरेको देखियो जस्तो कि प्रधानमन्त्री देखि मन्त्री र अन्य कर्मचारीहरू लागेर देशमा भागवन्दा गरेर लुट्ने पालैपालो शासन गरिरहेको र भ्रष्टाचार गरेर नेताहरूमात्र धनी र धन लुट आफ्नो घरमा अर्व डलर लुकाएको सर्वसाधारण जनतालाई थाहा भयो । त्यो अर्व डलर र नेतालाई नलखेटि भएन भन्ने सोच जनताको मनमा उठे यो आन्दोलन गरेको जनताले लिएकाछन्। जे होस नेपालीले गरेको २३र२४ ले कुलाङ्गारहरूको दम्भ झारेको देखेर जनताले थोरै शुध्द हावामा सास फेर्ने अवसर लिएको महसूस गरेको छ । नेपाली जनताले अनुमान मनमा गरेकै छन् । यो आन्दोलन ४०-५० वर्ष राजनैतिक प्रशिक्षण दिएकाहरूले गर्न नसकेको आन्दोलन २७ घण्टाको पछि सरकार नै परिवर्तन भयो । सरकारमा अहिले बसिरहेकाहरू पनि अमेरिकन आईएनजिअो र एनजिअोको पैसाले चलेकाहरू हुन् त्यसैले त यता भारतिय विस्तारवादको र अमेरिकी साम्राज्यवादको सिन्के धुपको मगमग बास्ना आएको त थाहा छदैछ नी त । दम्भले एक दिन खाल्डोमा खसाल्छ त थाहा छ तर दम्भले दवाएर छाडाैला लागेको हालतहरू चाखेछ त । क्रान्ति के हो ? अनाहकमा नचाहिने ठाउँमा दम्भ र अन्याय अत्याचार जनतालाई गर्न हुन्दैन् है भनेर हाम्रा पुरेखाहरूले सिएकाएकै थियो । आँधिवेरीमा झुक्नु पर्छ नझुकेर नै त हो नेपालको हालत शासकहरूको अहंकारको छट्टाछुल भएको हाम्रै सामु छरलंङ्गछन् । यो जेन्जी z को आन्दोलन नाम नै अमेरिकन छ , नेपाली नाम हुनु पर्ने र कहिले सतहमा नसुनेको नामको संस्थाले एक्कासि आन्दोलन घोषणा गरेर नयाँ क्रान्तिले नयाँ मन्त्री मण्डल नै गठन गर्न सक्षम देखेर नेता, कार्यकर्ता ,कूटनीतिज्ञहरू र सर्वसाधारण जनता टोलाएकाछन् । जेन्जी z वाट आएका कुनै खारिका नेता र लिडर त पक्कै होईन् । फेरि जेन्जी z दुई तिनवटा रहेछन् । उसले उसलाई नक्कलि र सक्कलि कुन हो भन्ने जनतालाई पनि थाहा छैन् । यो आन्दोलनलाई जनताले र जनताको छोराछोरीले ठूलो साथ दिएकाछन् । ७४ जनाले ज्यान दिएका ,सयाैले घाईते भएर अस्पतालको खातमा छट्पटि जीवन जिउन व्यस्तछन् । आन्दोलनकारीहरूलाई आशिका तामाङले आर्थिक सहयोग गरेर चामल, तेल दाल कपडा दिएर धर्म गरेर अलिक राहट पुगेर हो नत्र अझै थप कतिले ज्यान त्याग्ने हुन्न । रातदिन आशिका तामाङले सहयोग गरेकोमा तारिफ गर्न पर्छ । त्यसको पछाडि सहयोगहरूलाई शुभकामना धन्यवाद , आन्दोलन गरेको एक महिना पूरा गरेको छ । हिजो मात्र राष्ट्पति र प्रधानमन्त्री सित राष्ट्पति निबासमा वार्ता गरेको छ । वार्तामा जानेहरू पनि माग प्रस्तुत गरेर वार्ता सफल वनाउन नजानेहरू प-र्यो कि भन्ने अड्कल छ । वार्तामा जानेहरू अडानमा वस्नु पर्ने काकाकुल विचारका , राजनीति के हो ? राजनीति कहाँ कहिले कसरी चल्ने भन्ने कुराको अनुमान नभएका कलिलो परेकी भन्ने आशंका गरेकाछन् । आन्दोलन भरी लुकेका र आन्दोलनको मोहडामा कहिले नदेखिएका नयाँ पुस्ता भएर अभ्यास नपुगेको हो । मिराजले सुदनले एक आपसमा अपरिचित संयोजकहरू देखियो। सुदनले धेरै गरे तर उ पनि तिवतियन देखिन्छन् । खोइ देश कता पुग्ने हो ? नेपाली जनता वार्ता सफल होस् भन्ने चाहन्छन् । अझै जेन्जी z ले ठूल्लो आन्दोलनको आबश्यकता महसूस गरेकाछन् । नेपाल र नेपाली जनता भएर जीवन अगाडि वढोस् भन्ने कामना छ ।