योगदान सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न
असोज २५, २०८२, शनिबार | राति ०७:१३ बजे | 185
भक्तपुर । २५ असोज ।` एकको लागि सबै सबैको लागि योगदान ´´ भन्ने उद्द्घोषका साथ २०५७ सालमा स्थापित योगदान बचत तथा ऋण सहकारी संस्था लि तौलाछें ९ भक्तपुरको संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुको सभापतित्वमा आज २४ औं बार्षिक साधारणसभा सम्पन्न भयो।
कार्यक्रममा संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले योगदान सहकारी संस्थाले समुदायमा सहकारी संस्थाको माध्यमले आर्थिक सामाजिक सास्कृतिक रुपमा समाज बिकासमा अग्रनी भुमिका महत्वपूर्ण खेलेको बताउनु भएको छ। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष,सल्लाहकार राम चन्द्र प्रजापतिले संस्था स्थापाना गरेका बखत भएका दु:खद सुखद विभिन्न अवरोध समस्याबारे अवगत गराउनु भयो।अहिले विभिन्न सहकारी संस्थामा समस्या आएको सिमित निहित स्वार्थका लागि चलाइएको संस्थाको ठुलो समस्या देखिन्छ समुदायमा प्रत्यक्ष सहभागी भएका सहकारीमा त्यस्तो खास विश्वासको संकट आइ नपरेको पनि प्रष्ट पार्नु भयो। संस्थाका सचिव कान्छिविति प्रजापति कोषाध्यक्ष आरती बासी र लेखा सुपरिवेक्षण समिति संयोजक प्रविन प्रजापतिले प्रस्तुत गर्नु भएको प्रतिवेदन सभाले पारित गर्नु भयो।
२४ औं साधारणसभाले राधे लक्ष्मी लाखाजुको अध्यक्षतामा सात सदस्य संचालक समिति र प्रविन प्रजापतिको संयोजकत्वमा तीन सदस्य लेखा सुपरिवेक्षण समिति सर्वसहमती निर्वाचित भयो।उपाध्यक्षमा राम प्रजापति सचिवमा राम चन्द्र प्रजापति कोषाध्यक्षमा आरती बासी संचालक सदस्यहरु राज्यश्वरी प्रजापति,कान्छिविति प्रजापति,लक्ष्मीश्वरी खाइतु लेखा सुपरिवेक्षण समिति सदस्य तुल्सी नारां सुवाल र शर्मिला प्रजापति निर्वाचित हुनु भयो।