हेर जेन्जी z हो चिप्लो ....


असोज २५, २०८२, शनिबार | साँझ ०५:२२ बजे | 55


हेर जेन्जी z हो चिप्लो ....

कुमार लघु,ख्वप

तिमी तिम्रो साथमा धेरै साथीहरू दिग्ज दाइ सर र आमा बाबाहरूको साथ पायाै । तर कति अब आउनेहरूले चिप्लो घसेर फाईदा लिनेहरूले ध्यूले अनुहार धुलाउँछु भनेर आउन ताती लाग्ने छन् र लागिरहेकाछन् । त्यो जङ्गलमा कमाण्डर बनेकाले कति तिमी जस्ता युवाहरूलाई उकालो आेरालो गराएर शहिद र अकालमा मिठा मीठ्ठा सपना बाँडेर स्कूल जीवन छुटाई विचमा अलपत्र पारेका छन् । नेताले अहिले तिमीहरूलाई पनि चिप्लो घसेर मलाई बुबाभने त हुन्थो नि भनेर उसले नि गरेर मात्र त्यो जेन्जीहरूले आन्दोलन गरेर अब यहाँ पुगेको तरिकाले कुरा संचार माध्यममा बोलेका छन्। उसक‌ो एज्न्डा रे त्यो कार्यकारी राष्ट्पति निर्वाचमा जाने कुरा रे हो ? अरू कसैसित मद्त लिन पर्दैन हेर जुन अहिले मन्त्री परिषद वनेको छ नि तिनीहरूसित मात्र विचार विमर्श गरेर अब कसरी अगाडिको वाटो हिड्नु पर्ला र साथीहरूसित मितिङ्गमा बसी छलफल गरे पुग्छ । छलफलले जे थहरियो त्यही विचार गरेर शहिदको सपना सफल पार्ने र नयाँ क्रान्तिले सोचेको जनताको सुखको निम्ति नै त होला उद्देश्य होईन ? अहिलेलाई विध्यार्थीको ज्यान लिन हुकुम र अडर गर्ने र ज्यान मार्ने अपराधीहरूलाई जेलमा थुन लगाउने पहिलो काम हो । जनताको छोराछोरीको आमा बुबाको काख रितिएकाहरू र जेन्जीहरूलाई देशमै रोजगार दिलाउने हो । भ्रष्टाचार अन्त गराउने र सुशासनको वन्दोस्त गराउने कहिले हो ? बेलाबेलामा सरकारमा बसेकाहरूलाई मितिङ्गमा राख्न लगाई बिस्तारै पूरा गराउने प्रयास गर। नछोड है अपराधीहरू र ज्यान मार्नेहरूलाई ल । चुनावले जे जस्तो गरेनी पुराना दलहरू आउने छन् त्यो त चुनावले देखाउने छन् । तिमीहरूको भविष्य उज्जल गर्न त धेरै लामो बाटोको राजनीतिवाटोमा हिड्नु पर्छ । भ्रष्टाचारीहरूलाई मालामा उनेको खोइ ? २०४६ सालदेखी मन्त्री,नेता,कर्मचारीहरू र पदाधिकारीहरूको सम्पत्ति छानविन गर्ने कुरा त आकाशको फल आँखा तरी मर भन्या जस्तो मात्र हुन्छ कि ? देशमा पुराना उद्योग कलकारखानहरू धमाधम्म खोल्न लगाउनु त्यसैले नेपाली जाताका छोराछोरीहरूलाई रोजागार पाउनेछन् । जीवन चल्ने हेतुले तलवको वन्दोवस्त गर्न लगाउन जोड् गर्नु अनि जेन्जीको जय जयकार गर्नेछन् । अहिले कसै कसैसित मुठभेडको सम्भावनाको संकेत आएको छ । अहिले निहुँ खोज्ने बेला होईन् काम नेपाली जनताको निम्ति गर्ने वेला हो । ल है कसरी हुन्छ आन्दोलनको महत्व धुलोमा मिल्काउने काम होला । यस्ता कुराहरूमा ध्यान दिएर जाने विचार गर । किसानको खेत जग्गाहरू किन वेच्नेहरू गर्दागर्दै सकायो भएसम्म खाला नभए पछि जनताहरू उठेर आउने छन् । ६ महिनाको सरकारले पनि जनताको निम्ति गर्न, जेन्जी र सम्पूर्ण नेपालीहरू वचाउदै अगाडि वढ्नु छ । मेरो यो सल्लाह आफ्नो देशमा विस्तारवादी र अमेरिकी साम्राज्य वादीहरूको हितको काम नर्ग छोड् । नेपाल र नेपाली जनताको हितमा राखेर काम सफल वनाउनु यो नै वर्तमानमा सरकारको कर्तव्य हो । चिप्लो धस्नेहरूदेखि होसियार होऊ । धन्यवाद छ, २०८२/०६/२५

Comments